कर्तव्य निर्वाहको सिलसिलामा जर्मनीको बर्लिन सहरमा पुगेको थिएँ । १५ वर्षअघिको कुरा हो । एकबिहानै मेरा अत्यन्त प्रिय मित्र तत्कालीन जर्मनका लागि नेपालका राजदूत डाक्टर मदन भट्टराईले मलाई बिहान घुम्दैजाँदा त्यस सहरमा वृद्धहरू बस्ने एरिया देखाए । एक जोडी वा एकल वृद्धवृद्धा सरकारी रेखदेखमा आफ्नो आयुको उत्तरार्धमा यो धर्ती छाड्ने प्रतीक्षारत रहेको पाएँ । उनीहरूका सन्तानहरू सबै आआफ्ना पेसामा रमाइरहेका थिए । जन्मदिनका दिन र क्रिसमसका दिन आफ्ना सन्ततिको फोन आउँदा ती वृद्धवृद्धाहरू गौरव मान्दा रहेछन् । प्रत्येक दिन चिकित्सकहरूको टोलीले उनीहरूको स्वास्थ्य परीक्षण गर्दा रहेछन् । अपर्झट उपचारबिना ती वृद्धको मृत्यु पनि हुँदो रहेछ । त्यति समृद्ध देशहरूमा वृद्धहरूको अवस्था देख्दा निकै नरमाइलो लाग्यो ।
दोस्रो हो, लाओसमा एक कार्यक्रममा सहभागिता दिन पुगेको थिएँ । कार्यक्रम सकिएपछि आयोजकहरूले जर्मनकै एक नागरिक र मलाई विमानस्थलमा पु¥याएर बिदा भए । ती मित्र आफ्नी श्रीमतीका साथ बैंककमा काम गर्दा रहेछन् । उनी र मैले त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ४ घण्टा प्रतीक्षा गर्नुपर्ने भयो । यो प्रतीक्षाको समय जर्मनका साथीले दुवै देशको संस्कृति र रहनसहनका ’boutमा छलफल गर्ने निधो गरे । हामी दुवैजना केही समय यही छलफलमा व्यस्त रह्यौं । उनका बुबासँग सम्बन्ध विच्छेद गरेर बसेकी एक आमा जर्मनीमा रहिछन् । जर्मनमै जन्मिएकी उनकी अर्की एक दिदी विवाह गरेर संयुक्त अधिराज्यमा स्थायी बसोबास गरिराखेकी रहिछन् । आमा र छोरीको सम्बन्ध अत्यन्त तिक्त रहेछ ।
उनले क्रिसमस र जन्मदिनका दिन आफ्नै आमालाई सम्झदा रहेछन् । आमालाई अत्यन्त माया गर्ने इच्छा रहेछ । तर, श्रीमान–श्रीमतीको सल्लाह र मतैक्यता यस विषयमा नहुने भएका कारणले उनी असहज अवस्थामा रहेछन् । त्यो नै उनको जिन्दगीको सबैभन्दा ठूलो पीडा रहेछ । तत्पश्चात मैले हाम्रो देशको संयुक्त परिवार प्रणाली र संस्कृतिको जाने बुझेसम्म व्याख्या गरिदिएँ । उनी भावुक बन्दै गए । ती मित्रको भनाइमा नेपालको संस्कृति विश्वले अनुकरण गर्नलायक रहेछ । उनी नेपाल एकपटक आएर यहाँको पारिवारिक प्रणालीका ’boutमा अध्ययन गर्छु भन्ने प्रतिबद्धता दिँदै थिए । निष्कर्षमा विकसित देशहरूका वृद्धवृद्धाको अवस्था अत्यन्त नाजुक छ । यसमा दुईमत छैन ।
वृद्धवृद्धाहरूको अवस्था’boutमा केही चलचित्र बनेका छन् । स्तम्भकार चलचित्र अत्यन्त कम हेर्ने वर्गमा पर्छ । तर, हेमा मालिनी र अमिताभ बच्चनद्वारा खेलिएको एक चलचित्र ‘बाघबान’ अत्यन्त मार्मिक लाग्यो । मैले यो चलचित्र तीनपटक हेरें, अझै हेर्ने इच्छा छ । यसमा हिरो र हिरोइनका रूपमा भूमिका निर्वाह गरेका यी जोडीले आफ्ना सन्ततिबाट कुनै पनि प्रकारको माया ममता पाएनछन् । अनुत्पादक वृद्धवृद्धालाई प्रायः उनीहरूले थप बोझका रूपमा लिएका थिए । छोरा बुहारीहरूको व्यवहार यस्तै थियो । यस अवस्थाबाट गुज्रिँदै गर्दा यस जोडीले आफ्नो एक साथीको सहारा पाए । साथीकै आश्रयमा रहेर उनले एउटा उपन्यास लेखे । त्यही उपन्यास यति धेरै बिक्री भयो कि उनी ठूलो धनीमानी व्यक्तिका रूपमा परिणत भए । आफ्ना मातापितालाई परित्याग गर्ने छोरा बुहारीहरू धनको लोभले माता पितासँग नजिक हुन लागे । तर, उनीहरूले आफ्नो सन्ततिका रूपमा स्वीकार गरेनन् । आफ्नै हिसाबले जिन्दगी बिताउँदै गए । यस चलचित्रको सार यही नै हो । तर, यसले छिमेकी राष्ट्र भारतको सामाजिक रहनसहन र संस्कृतिको अवस्थाको अत्यन्त राम्रोसँग चित्रण गरेको छ । विकसित, विकासशील र कम विकसित सबै प्रकारका मुलुकको यो समस्या साझा बन्दै गएको छ ।
अब नेपालको अवस्था’boutमा विश्लेषण गरौं । मेरा एक मित्रले वृद्ध केयर सेन्टर खोलेका रहेछन् । मैले सो सेन्टर हेर्ने निमन्त्रणा पाएँ । काठमाडौं महानगरपालिका–३ अवस्थित सो केन्द्रको अवलोकन गर्दैगर्दा एक जना पूर्वपरिचितजस्तो लाग्ने वृद्ध हार्मोनियम बजाएर बसिरहेका रहेछन् । उनले मेरो नाम लिए । परिचय माग्दा उनी डाक्टर तुलसीनारायण श्रेष्ठ रहेछन् । नेपालको समृद्ध परिवारभित्रका ज्येष्ठ सदस्य डाक्टर साहेब यसरी बसेको देख्दा धेरै कुरा सोध्ने जिज्ञासा थियो । तर, सो साहस मसँग भएन किनकि यो नितान्त व्यक्तिगत मामिला थियो । संक्षेपमा उनलाई सबैभन्दा प्यारो र आरामदायी जीवन त्यही केन्द्रमा बस्दा लाग्दो रहेछ । त्यसले नेपालका ज्येष्ठ नागरिकहरूको अवस्था कस्तो हुँदै गएको छ ? यसतर्फ सरकारको ध्यान जानुपर्ने देखें । र, यस्ता केन्द्र यस देशका विकसित सहरमा बढ्दै जाने निष्कर्ष मैले लिन पुगे ।
असहज बन्दै गएको ज्येष्ठ नागरिकको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । वृद्धलाई सम्भार गर्न खोलिएका वृद्धाश्रम व्यापारिक प्रयोजनका केन्द्र भएकाले गरिब परिवारका ज्येष्ठ नागरिकको त्यहाँ पहुँच छैन
नेपालमा पनि विगत केही दशकदेखि आफ्ना सन्ततिलाई विकसित देशहरूमा पठाउने ठूलो प्रतिस्पर्धा हामी नेपालीमा भइराखेको छ । यी सन्तति विकसित देशहरूमै स्थायी रूपले बस्दैगर्दा आफ्नै सन्ततिबाट वृद्ध बुबा–आमाहरू परित्याग हुँदै गएका छन् । नेपालीहरूमा आफ्ना सन्ततिहरूलाई सम्पूर्ण सम्पत्ति बिक्री गरेर भए पनि उच्च शिक्षा प्रदान गर्न विदेशका महँगा विश्वविद्यालयहरूमा पठाउने प्रतिस्पर्धा चलिराखेको छ । आफ्ना सन्ततिहरू विभिन्न देशमा भएको सुनाउन पाउँदा ज्येष्ठ नागरिकहरू गौरव मान्ने गर्छन् र जसले आफ्ना सन्ततिलाई देशभित्रै गुजारा गराइराखेका छन् ।
उनीहरूले लघुताभाष पालेर बस्नुपर्ने अवस्था अहिले नेपालमा पनि वृद्धि भइराखेको छ । तर, उमेर बढ्दैजाँदा ती वृद्धवृद्धा आफ्ना सन्ततिहरूलाई सम्पत्ति सकेर विदेश पठाउँदा अत्यन्त ठूलो पीडाबोध र पछुतो गरिराखेका छन् । किनकि, उनीहरू अत्यन्त एक्लो महसुस गरिराखेका छन् । वृद्ध अवस्थामा श्रीमान वा श्रीमतीमध्ये एक स्वर्गीय भइसकेपछिको पीडा त अत्यन्त दर्दनाक छ । बिरामी पर्दा उपचार गरिदिने, नजिक बसेर तातोपानी खुवाउने मानिससम्म पनि यस्ता ज्येष्ठ नागरिकले पाउन नसक्ने अवस्था छ । यस्ता समाचार र सूचना नेपालमा बेलाबखत सम्प्रेषित हुँदै पनि आएका छन् । समाजमा आफ्नो जिन्दगीको लामो अवधिमा घुलमिल हुन नसकेकाहरूको अवस्था थप जटिल छ । बिरामी पर्दा उनीहरूको हेरचाह गर्ने नजिकको मानिसको अभाव छ ।
यस्तो दयनीय अवस्था विकसित देशहरूको तुलनामा कम विकसित देशहरूमा अत्यन्त ज्यादा बढिराखेको छ । किनकि, उनीहरूलाई राज्यले विकसित देशहरूमा जस्तो संरक्षण र सम्भार गर्न सकेको छैन । धनीमानी परिवारका मानिसहरूलाई पनि नेपालमा वृद्ध उमेर व्यतित गर्न अत्यन्त कठिन छ । किनकि, सरकार यी ज्येष्ठ नागरिकका ’boutमा खासै जवाफदेही बन्न सकेको छैन र उनीहरूको एउटै आधार भनेको वृद्धहरूलाई सम्भार गर्न खोलिएका व्यापारिक प्रयोजनका केन्द्रहरू मात्र हुन् । एक गरिब परिवारका ज्येष्ठ नागरिकको अवस्था कल्पनाभन्दा धेरै टाढा छ । एक्लोपन निरीहपन सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको छ । यो स्वास्थ्यका लागि अत्यन्त खतराको अवस्था हो । एक्लोपनका कारणले ज्येष्ठ नागरिकहरूको आयु छोटो हुँदै गएको छ । उनीहरू चिन्ताग्रस्त हुँदै यो धर्ती छाड्न बाध्य बनिराखेका छन् । यो समस्या विकसित देशहरूमा पनि बढिराखेको स्थिति छ । नेपालमा यो पीडादायी अवस्था ज्येष्ठ नागरिकहरू सबैले सामना गर्नुपर्ने स्थिति छ । विदेशमा रहेका आफ्ना सन्ततिहरूले मातापितालाई हवाई टिकट पठाई झिकाउने गर्छन् । बडो उत्साहका साथ ती ज्येष्ठ नागरिकहरू आफ्ना सन्ततिसमक्ष पुग्छन् ।
तर, आमाबुबाहरूलाई मायाले त्यहाँसम्म डो-याएको होइन । उनीहरूका बाल बच्चाहरू हुर्काउन धेरै खर्च लाग्ने भएकाले आफ्ना वृद्ध बुबाआमालाई झिकाई जीवनको उत्तरार्धमा काम लगाउने गर्छन् । यही कारणले गर्दा समेत धेरै संख्यामा विदेश पुगेका वृद्धवृद्धा अत्यन्त ठूलो पीडाबोध गर्दै नेपाल फर्किरहेका छन् र कतिपयले पुनः आफ्ना सन्ततिहरूको निमन्त्रणा पाउँदा, टिकट पाउँदा पनि नजाने तीतो यथार्थता व्यक्त गरिरहेको अवस्था पनि देखिन्छ । कतिपय परिवारमा विवाहपश्चात छोराछोरीहरू बुबाआमासँग छुट्टिएर बस्ने र आफ्नो पेसा अवलम्बन गरी विलासी जीवन बिताउने गर्छन् ।
तर, सबैलाई यो सुविधा प्राप्त हुँदैन । काम नपाएका सन्ततिहरू ज्येष्ठ नागरिकहरूको थप जिम्मेवारीका रूपमा रहने अपेक्षा गर्दै फर्किन्छन् । उनीहरूलाई आर्थिकलगायतका सहयोग वृद्धवृद्धाहरूले गर्नुपर्ने यथार्थतासमेत हाम्रो समाजमा देखिएको छ । यही कारणले परिवारहरू आफ्नै सन्ततिका कारण चरम द्वन्द्वमा फस्दै गएको स्थिति छ । यस अवस्थामा वृद्धवृद्धाहरू थप पीडाबोध गर्न पुग्छन् । अपवादबाहेक यस अवस्थामा छोराहरूले भन्दा विवाह भएर गएका छोरीहरूले सम्भार स्याहार गरेको देखिँदै छ । वृद्ध अवस्थामा यो एक्लोपनको पीडाले धेरै प्रकारका समस्या सिर्जना हुने गरेका छन् । शारीरिक मानसिक र सामाजिक अवस्था अत्यन्त दयनीय हुन्छ । दैनिकी अत्यन्त पीडादायी बन्दै गएको हुन्छ । विशेषगरी औषधि उपचारको समस्या अत्यन्त ज्यादा हुन्छ । यस्ता मानिसमा डिप्रेसनको समस्या धेरै देखिँदै आएको छ ।
यस अवस्थामा अत्यन्त कमजोर निराश हुने, आत्मसम्मानमा ठेस पुग्ने, मानिसहरूसँग सम्बन्ध पनि बिग्रिँदै जाने, समाज अनि नातागोता, इष्टमित्र, साथीभाइ सबैका लागि बोझ बन्दै गएको अनुभूति गर्ने अवस्था बन्छ । यो समस्या सबै प्रकारका देशमा अत्यन्त ज्यादा बढ्दै गएको छ । एक्लोपनाका कारण अन्ततः ज्येष्ठ नागरिकहरू आफ्नो अमूल्य जीवन आत्महत्या गरी विसर्जन गर्न बाध्य बनिराखेको स्थितिसमेत छ । विश्वभरका यी समस्याको अध्ययन गर्दा यस प्रकारका ज्येष्ठ नागरिकहरूमा पनि अविवाहित व्यक्तिहरू ठूलो पीडामा देखिन्छन् । उनीहरू वृद्ध अवस्थामा टुहुरा असहाय बन्दै धेरै प्रकारका कठिनाइको सामना गरिराखेका छन् । यस अवस्थाबाट नेपाल पनि अछुतो रहेको छैन । विकसित देशहरूको भन्दा नेपालको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको स्थिति छ ।
आजको यस आलेखमा सत्य घटनामा आधारित पुनः एक मार्मिक उदाहरण प्रस्तुत गर्नु उपयुक्त देख्छु । न्युजिल्यान्डजस्तो विकसित देशका असल अभ्यासहरू हेरेर नेपालका सन्दर्भमा लागू गर्नसके नेपाली नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा केही सहुलियत हुने, राहत हुने निर्णयसहित सोही अपेक्षा गर्दै न्युजिल्यान्डको राजधानी सहर वेलिङटन पुगियो । हाम्रो पाँच दिनको कार्यक्रम थियो । त्यही कार्यक्रमका बीच दुईजना नेपाली साथीहरू आएर डिनरका लागि आफ्नो घरमा लिएर गए । उनका पिताजीसँग मेरो सामान्य परिचय थियो । उनका पिताजी निजामती सेवाको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त थिए । उनका ’boutमा मैले जिज्ञासा राखें । आफ्ना पिताजीका ’boutमा ती युवा पुत्र भन्दै थिए, ‘पिताजीलाई यहाँ ल्याएँ, केही समय राखें तर उहाँको मन र मस्तिष्क सधैं नेपालमै रह्यो, यहाँ रहँदा बिस्तारै उहाँलाई पीडाबोध हुन थाल्यो, मैले नेपालमै पु¥याइदिएँ ।’
पूर्वसचिव एक्लै नेपालमा बसेको खबर पाएँ । नेपाल फर्किसकेपछि उनलाई भेट्न जाने सोचमा थिएँ । तर उनको देहावसान भएछ । धेरैपछि थाहा पाएँ । मृत्यु पनि अत्यन्त पीडादायी बनेछ । घरमा एक्लै रहेका वृद्धले पार्थिव शरीर परित्याग गरेको खबरसम्म पनि कसैलाई भएनछ । तीन दिनपश्चात छिमेकीहरूले निज वृद्धको क्रियाकलाप केही नदेखेपछि प्रहरीलाई खबर गरेछन् । घरका ढोका बन्द थिए । प्रहरीले ढोका खोली भित्र पस्दा मृत शरीर देखेछन् र कानुनी प्रक्रिया पूरा गरी वेलिङटनबाट छोरा झिकाई उनको अन्तिम संस्कार सम्पन्न भएछ । सो समाचार मैले १ वर्षपछि मात्र थाहा पाएँ ।
यो प्रतिनिधि उदाहरण हो । यस्ता घटना देशका कुना काप्चामा उजागर नभई बसेका थुप्रै छन् । यो बढ्दै जाने सुनिश्चित छ । तर, सरकारमा रहनेहरूलाई यति गम्भीर विषयमा आफूले जिम्मेवारी लिनुपर्ने बोधसम्म हुन सकेको छैन । एक दिनको गुजारा मुस्किलले चल्ने भत्ता मासिक रूपमा उपलब्ध गराएर आफ्नो जवाफदेहिता बहन गरेका ठूलाठूला वक्तव्य बाजीहरू सरकारमा बस्नेहरू गरिराखेका छन् । यसभन्दा ठूलो विडम्बना अरू के नै हुनसक्छ ? यो विकराल समस्याको अनुपात आउँदा दिनहरूमा बढ्दै जाने सुनिश्चित छ । त्यसैले, सम्बन्धित निकाय यस सन्दर्भमा गम्भीर बन्नु जरुरी देख्छु ।
The post ज्येष्ठप्रतिको गाम्भीर्यता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….