ज्ञानेन्द्रीय, ईएनटी र डाक्टर : RajdhaniDaily.com

ज्ञानेन्द्रीय, ईएनटी र डाक्टर : RajdhaniDaily.com



नाक र कान शरीरका दुई प्रमुख ज्ञानेन्द्रिय हुन् भने घाँटी शरीरको एक प्रमुख अंग हो र घाँटीको सम्बन्ध नाक र कानसँग पनि हुन्छ । त्यसैले नाकमा कुनै समस्या आयो भने कानमा पनि समस्या आउँछ, घाँटीतिर पनि त्यसले असर गरिरहेको हुन्छ । जस्तो कि रुघा लागिराख्यो भने नाक र कानबिचको नली बन्द हुन सक्छ, जसले गर्दा कान र घाँटीमा इन्फेक्सन हुन सक्छ । नाक, कान र घाँटीको यही सम्बन्धका कारण चिकित्सा शास्त्रमा नाक, कान तथा घाँटी (ईएनटी)को विशेषज्ञ शिक्षाको पढाइ हुन्छ, जुन शिक्षा उत्तीर्ण गरेका चिकित्सकलाई ईएनटी विशेषज्ञ भनिन्छ, जसको काम भनेको नाक, कान र घाँटीसँग सम्बन्धित रोग तथा समस्याको पहिचान, निदान तथा उपचार, आवश्यक परे शल्यक्रिया गर्नु हो ।

नाक, कान तथा घाँटी रोगका यस्तै एक विशेषज्ञ हुन्, डा. रमेश पराजुली । तिलोत्तमा १, ड्राइभर टोल, रूपन्देहीमा स्थायी बसोबास गर्ने पराजुली अहिले नारायणी सामुदायिक अस्पताल भरतपुर, चितवनमा कार्यरत छन् । २०५४ सालमा आफ्नै जन्मथलो तिलोत्तमा १ स्थित शंकरनगर माविबाट एसएलसी गरेका डा. पराजुलीले २०५६ सालमा तिलोत्तमा कलेजबाट १२ कक्षा उत्र्तीण गरी आफ्नो चिकित्सक बन्ने बाल्यकालदेखिको सपना पूरा गर्न एमबीबीएस पढे र पाटन अस्पतालमा केही वर्ष कार्य गरे अनि २०६९ सालमा त्रिविवि शिक्षण हस्पिटल (आईओएम), महाजगन्जबाट ईएनटी उत्तीर्ण गरे । त्यसपछि उनले चितवन मेडिकल कलेजमा पनि एक विशेषज्ञ चिकित्सकका रूपमा कार्य गरे ।

नाक, कान तथा घाँटी रोगको चिकित्सामा १२ वर्ष बढीको अनुभव बटुलेका शालिन, मृदुभाषी, मेधावी तथा दक्ष विशेषज्ञ डा. पराजुलीले नाक, कान तथा घाँटीका रोगहरूको कारण, उपचार तथा रोकथाम’bout यस स्तम्भकारसँग निकै उपयोगी जानकारी व्यक्त गरेका छन् ।

डा. रमेश भन्छन्, कानलाई बाहिरी कान, मध्य कान र भित्री कान गरी तीन भागमा बाँडिएको हुन्छ । बाहिरी कानको रोगमा– कानमा पिलो आउने, कान दुख्ने, कानमा घाउ आउने, कानमा पिप आउने तथा कानमा ढुसी लाग्ने रोग हुन्छन् । मध्य कानको रोगहरूमा–कानको जाली फुट्ने, हड्डी खिइने तथा सड्ने रोग हुन्छन् । भित्री कानको रोगहरूमा नसा कमजोर हुने, चक्कर लाग्ने तथा बुढेसकाल लागेपछि कान नसुन्ने हुने रोग हुन सक्छन् ।

यसैगरी, नाकको रोगमा नाक बन्द हुने, पटकपटक हाच्छ्युँ आउने, नाथ्री फुट्ने, नाकबाट रगत आउने, नाकमा मासु पलाउने, सास फेर्न समस्या हुने, पिनास तथा गन्ध थाहा नपाउने रोग हुन्छन् । घाँटीका रोगमा टन्सिलाइटिस आम रोग हो । टन्सिलाइटिस भयो भने घाँटी दुख्ने, निल्न गाह्रो हुने साथै ज्वरोसमेत आउन सक्छ । कहिले काहीँ बोल्ने नलीमा सानातिना फोका आउन सक्छन् । यसलाई मेडिकल भाषामा भोकल नोडुल भनिन्छ । यस्तो समस्या आएमा स्वर धोद्रो हुन्छ । घाँटीमा रहेको थाइरोड ग्रन्थीले ठिक मात्रामा हार्मोन उत्पादन गर्न नसक्दा हुने रोग हो, थाइरोडिज्म । नाक र कानको तुलनामा घाँटीको क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।

नेपाली जनमानसमा नाक, कान, घाँटीका रोगहरूलाई रोगै होइनजस्तो ठानिन्छ

डा. रमेश अगाडि भन्छन्, नाक, कान तथा घाँटीका रोगलाई सर्वसाधारणले हल्का रूपमा लिने गर्छन् । यसरी लापर्बाही गरेर उचित उपचार गरिएन भने नाक, कान तथा घाँटीका रोगले विकराल रूप लिन सक्छन् । जस्तो कि कानको रोगहरूले गर्दा कानै नसुन्ने पनि हुन सक्छ । कानबाट माथितिर इन्फेक्सन भई मस्तिष्कमा पनि जान सक्छ । नाकको रोगमा धेरै रगत बग्ने हुन सक्छ । नाकमा मासु पलाएको अवस्थामा नाकको नजिकै आँखा तथा मस्तिष्क हुन्छ, त्यो त्यतातिर जान पनि सक्छ । दीर्घ टन्सिलाइटिसले बिरामीलाई निकै दुःख दिन सक्छ । कतिपय अवस्थामा टन्सिलाइटिसले मुटुमा पनि असर पु¥याउन सक्छ । लामो समयदेखि घाँटी खसखस भइरहे, केही अड्केको जस्तो भइरहे, स्वर बसेमा, खोक्दा रगत आएमा, जाँडरक्सी, चुरोट, सुर्तीखैनी तथा पानसुपारी खाने व्यक्ति छ भने भित्री घाँटीमा क्यान्सर भइसकेको हुन सक्छ । त्यसैले नाक, कान, घाँटीको रोगलाई सामान्य ठानेर हेलचक्र्याइँ गर्नु हुँदैन । कुनै समस्या देखिए तुरुन्त चिकित्सकको सम्पर्कमा गइहाल्नु पर्छ ।

डा. रमेश नेपालमा नाक, कान तथा घाँटीको क्यान्सर पनि निकै बढ्दै गएको बताउँछन् । उनी भन्छन्, नेपालमा गरिएको एक अध्ययन अनुसार उपचारका लागि आउने क्यान्सरका नयाँ बिरामीमध्ये १४ प्रतिशत भन्दा बढी नाक, कान तथा घाँटीका हुने गरेका पाइएको छ । नेपालमा फोक्सो, स्तन तथा पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर रहेको डा. पराजुली बताउँछन् । पान, सुपारी, गुट्खा, सुर्ती, खैनी तथा मादकपदार्थको सेवनका कारण यस प्रकारका क्यान्सर हुने गरेको भन्दै उनले यसलाई रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताउँछन् । विश्वमा क्यान्सरका कारण मृत्यु हुनेमध्ये नाक, कान घाँटीको क्यान्सरका कारण १५ प्रतिशतको मृत्यु हुने गरेको छ र नाक, कान घाँटीमा हुने क्यान्सरमा ३२ प्रतिशत क्यान्सर मुखमा हुने गरेको डा. पराजुली बताउँछन् ।

नाक, कान तथा घाँटीका रोगबाट बच्न केके उपाय अनाउनुपर्छ भन्ने एक अर्को प्रश्नमा डा. रमेश भन्छन्, रोग लाग्न दिनुभन्दा रोगबाट बच्नु बुद्धिमानी हो । त्यसैले स्वास्थ्य र रोगप्रति सचेत भएर सावधानी अपनाउने हो भने ठूलाठूला रोगबाट बच्न सकिन्छ, रोग लागिहाले पनि समयमै उपचार गराएर स्वस्थ रहन सकिन्छ । त्यसैले नाक, कान तथा घाँटीका रोगबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ । कानमा पानी नपार्ने, तेल सकेसम्म नराख्ने । स्विमिङ गर्दा वा नुहाउँदा ध्यान दिने । कानेगुजी निकाल्न सिन्को, प्वाँख आदिले कान नकोट्याउने वा नघोच्ने । नाकको हकमा चिसो, धुवाँ धुलोबाट बच्ने । पानी तताएर खाने तथा आवश्यक परे बाफ लिने । रुघा लागेमा बढी सीँसीँ नगर्ने बढी सीँसीँ गर्दा कानतिर असर पर्न सक्छ । कानको जालीमा इन्फेक्सन भएर जाली फुट्ने डर हुन्छ । नाकबाट रगत बगेमा नाक अठ्याएर प्राथमिक उपचार गर्ने र रगत बग्न नरोकिएको खण्डमा तत्काल चिकित्सककोमा गइहाल्ने । लामो समयदेखि घाँटीमा केही अड्केको जस्तो लागेमा तथा घाँटी खसखस गरिराखेमा वा दुखेमा सामान्य रूपमा नलिई चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । अहिले नेपालमा जताततै धुलो धुवाँ छ, निकै प्रदूषण छ । त्यसैले बाहिर हिँड्दा मास्कको प्रयोग गर्नु राम्रो हुन्छ । धुवाँ तथा धुलोले नाक, कान र घाँटीमा समस्या हुन्छन् ।

फोक्सो, स्तन तथा पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर बढ्दै गएको छ

नाक, कान तथा घाँटीका रोगहरूको उपचारको सन्दर्भमा डा. पराजुली भन्छन्, नाक, कान तथा घाँटीका अधिकांश रोग औषधिबाटै रोग निको हुन्छन् । औषधिबाट निको नहुने रोग छ भने मात्र शल्यक्रिया गरिन्छ । जस्तो कि शल्यक्रिया गरेर कानको जाली बनाइन्छ । हड्डी खाने रोग छ भने त्यसलाई पनि शल्यक्रिया गरेर निकाल्नुपर्छ । यदि नाक बांगो छ भने शल्यक्रिया गरेर सिधा बनाइन्छ । नाकमा मासु पलाएको छ भने इन्डोस्कोपीबाट मासु निकाल्नुपर्छ । कतिपय अवस्था औषधिले काम गरेन भने टन्सिलाइटिस (टन्सिल सुनिएको) शल्यक्रियाद्वारा टन्सिल निकाल्नुपर्छ । घाँटीमा नोडुल छ भने पहिला भ्वाइस रेस्ट दिने, त्यसपछि भ्वाइस थेरापी दिने, त्यतिले पनि निको नभएमा त्यसलाई शल्यक्रियाद्वारा निकाल्नुपर्नेहुन्छ । अधिकांश क्यान्सर रोगको अप्रेसन नै गर्नुपर्ने हुन्छ तर कतिपय क्यान्सर रोगहरूको सुरुवाती अवस्थामा नै निदान भएको खण्डमा किमोथेरापी तथा रेडियोथेरापीबाट उपचार गर्ने गरिन्छ ।

अन्तमा डा. रमेशको सल्लाह र सुझाव छ, नेपालमा नाक, कान, घाँटीका रोगी धेरै छन्, दिनप्रति दिन बढ्दै छन् । तर, नेपाली जनमानसमा नाक, कान, घाँटीका रोगलाई रोगै होइन जस्तो ठानिन्छ । प्रायः नाक, कान तथा घाँटीका स्वास्थ्य समस्या खासै वास्ता गरिँदैन । र, नाक, कान तथा घाँटीमा कुनै समस्या आए, घरेलु उपचारतिर लागेको देखिन्छ । कतिपय अवस्थामा घरेलु उपचारले काम पनि गर्न सक्छ । तर, साथीसंगी, आफन्त तथा छिमेकीको सल्लाहमा घरेलु उपचारको नाममा जे पायो त्यही हाल्ने र खाने गरियो भने समस्या झनै बढ्ने र समयैमा यस्ता रोगको ठीक उपचार नभएको खण्डमा रोग जटिल बन्न सक्छ, क्यान्सरसमेत हुन सक्छ । त्यसैले यसतर्फ हामी सबैको ध्यान जान अति आवश्यक छ । अतः नाक, कान तथा घाँटी रोगबाट बचौं र बचाऔं ।

The post ज्ञानेन्द्रीय, ईएनटी र डाक्टर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School