जुलाईमा पनि फाइनल एक्सन डेटका आधारमा मात्र रोजगारमा आधारित ग्रिनकार्ड, कुन श्रेणीको पालो कहिले?



प्रकाशित मिति : ३ असार २०८३, बुधबार

जुलाईमा पनि फाइनल एक्सन डेटका आधारमा मात्र रोजगारमा आधारित ग्रिनकार्ड, कुन श्रेणीको पालो कहिले?

युएससीआईएसले जुलाई महिनामा पनि अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि ग्रिनकार्ड आवेदन (आई-४८५) पेश गर्न भिसा बुलेटिनको ‘फाइनल एक्सन डेट चार्ट’ प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। अप्रिलसम्म युएससीआईएसले रोजगारीमा आधारित ‘एडजस्टमेन्ट अफ स्टेटस’ आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार ‘फाइलिङ डेट चार्ट’ प्रयोग गर्न अनुमति दिँदै आएको थियो।

फाइनल एक्सन डेट्स चार्टमा फर्किएसँगै एजेन्सीले आवेदकहरूको योग्यताको दायरा साँघुरो बनाएको छ। यसको अर्थ, आवेदकहरूले भिसा बुलेटिनको फाइनल एक्सन डेट चार्टमा आफ्नो प्राथमिकता मिति पूर्ण रूपमा ‘करेन्ट’ नभएसम्म ग्रिनकार्ड आवेदन फारम आई-४८५ बुझाउन पाउने छैनन्।

जुलाई २०२६ को भिसा बुलेटिनअनुसार चीन र भारतबाहेक विश्वका सबै देशहरूका लागि ग्रिनकार्ड फाइल गर्न र आप्रवासी भिसा पाउन रोजगारीमा आधारित पहिलो र दोस्रो श्रेणी करेन्ट रहेका छन्। भारतका लागि दोस्रो श्रेणी अनुपलब्ध भएको छ। नेपाललगायत धेरैजसो देशका लागि रोजगारीमा आधारित तेस्रो श्रेणी (स्किल्ड वर्कर) को ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने प्राथमिकता मिति जुन १, २०२४ बाट अघि बढी जुलाईका लागि १ अगस्ट २०२४ पुगेको छ। भारतका लागि १ जनवरी २०१४, चीनका लागि २२ डिसेम्बर २०२१ र फिलिपिन्सका लागि १ अगस्ट २०२३ कायम छ।

त्यस्तै, तेस्रो श्रेणीको अन्य कामदारतर्फ ग्रिनकार्ड फाइल गर्ने वा भिसा अन्तर्वार्ता पाउने मिति १ फेब्रुअरी २०२२ बाट अघि बढी १ मार्च २०२२ पुगेको छ। यी मितिहरू पनि चीन, भारत र फिलिपिन्सका लागि फरक छन्। रोजगारीमा आधारित चौथो श्रेणी र धार्मिक कामदारहरूको श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने वा भिसा अन्तर्वार्ता पाउने मिति सबै देशका लागि १५ जुलाई २०२२ बाट अघि बढी १५ सेप्टेम्बर २०२२ पुगेको छ।

पाँचौँ श्रेणीअन्तर्गतका ग्रामीण क्षेत्र र उच्च बेरोजगारी भएका क्षेत्रका लगानीकर्ताहरूका हकमा भने जुलाई महिनामा पनि करेन्ट रहेको छ। जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायत ७५ वटा देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाएकाले भिसा अन्तर्वार्तालगायतका सबै प्रक्रिया पूरा भए तापनि भिसा भने जारी गरिएको छैन। जसका कारण सबै प्रक्रिया पूरा गरेका आवेदकहरू समेत भिसा लिएर अमेरिका आउन पाएका छैनन्।

जुलाईमा पनि फाइनल एक्सन डेटका आधारमा मात्र रोजगारमा आधारित ग्रिनकार्ड, कुन श्रेणीको पालो कहिले?





Source link

Leave a Comment