जायजेथा बेचेर दलाललाई लाखौं बुझाइ विना भिसा अमेरिका छिरेकाहरू : अहिले न घर रह्यो, न बास



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हाले लगत्तै कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने अभियान तीव्र रूपमा चलिरहेको छ । हालसम्म हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन् भने केही आप्रवासीलाई अमेरिकी सैन्य विमानमार्फत आफ्नो देश फर्काइएको छ ।

अमेरिकाले अहिलेसम्म तीन पटक गरी तीन सय ३२ जना भारतीय नागरिकलाई स्वदेश फर्काएको छ । अमेरिकी सैन्य विमानले पहिलो पटक फेब्रुअरी ५ मा १०४, दोस्रो पटक फेब्रुअरी १५ मा ११६ र तेस्रो पटक फेब्रुअरी १६ मा ११२ जना भारतीय नागरिकलाई स्वदेश फर्काइदिएको हो ।

भारतीय नागरिकहरू सजिलै अमेरिका गएका थिएनन्, उनीहरूले अमेरिकामा जानका लागि एजेन्टहरू मात्र नभई आफ्नो ज्यान जोगाउने नाममा माफिया गिरोहलाई पनि ठुलो रकम तिरेका  थिए । पहिलो चरणमा अमेरिकाबाट निष्कासित भएका एक सय चार जना भारतीय नागरिकहरूले अमेरिका पुग्न झन्डै ४०/४२ करोड रुपैयाँ खर्च गरेका थिए । यसमा एजेन्टहरूसँगको सम्झौतासँगै डंकी रुटबाट जाँदा विभिन्न स्थानहरूमा बन्धक बनाउने माफिया गिरोहलाई पनि ठुलै रकम दिनुपरेको थियो ।

जायजेथा बेचेर दलाललाई लाखौं बुझाइ विना भिसा अमेरिका छिरेकाहरू : अहिले न घर रह्यो, न बास

सुन्दर सपना बोकेर अमेरिकाको यात्रा तय गरेका भारतीय नागरिकहरूले अमेरिका जाने र त्यहाँ कमाउने नाममा आफ्नो जमिन, खेत, घर, ट्रक–ट्र्याक्टर बेचिदिएका थिए । कसैले आफ्नी आमाको वा श्रीमतीको गहना बेचिदिएका थिए भने केहीले घर धितो राखेर ऋण लिएर एजेन्टहरूलाई पैसा बुझाएका  थिए ।

तर, अहिले अमेरिकाबाट फर्किएर आएपछि उनीहरूको टाउकोमा झन्डै २५ देखि ३० लाख रुपैयाँ ऋणको भारी छ, जसलाई तिर्न उनीहरू दबाबमा परेका छन् । उनीहरूसँग अहिले न त खाने कुरा छ, न त बस्नकै लागि घर छ । न त कमाइको कुनै उपाय छ । केबल, अमेरिका जान लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ ।

फेब्रुअरी ५ मा अमेरिकाबाट फर्काइएका १०४ भारतीयहरूमध्ये गुजरात र हरियाणाका ३३/३३ जना, पञ्जाबका ३० जना, उत्तर प्रदेश र महाराष्ट्रका ३/३ जना र चण्डीगढ़का दुई जना थिए ।

जायजेथा बेचेर दलाललाई लाखौं बुझाइ विना भिसा अमेरिका छिरेकाहरू : अहिले न घर रह्यो, न बास

डिपोर्ट केस – १

जायजेथा बेचेर दलाललाई लाखौं बुझाइ विना भिसा अमेरिका छिरेकाहरू : अहिले न घर रह्यो, न बास

अमेरिकाबाट पहिलो समूहमा डिपोर्ट गरिएका मध्ये एक थिए, महाराष्ट्रको नागपुर निवासी ३३ वर्षीय हरप्रीत सिंह । उनी  १८ डिसेम्बर २०२४ मा क्यानडा जानका लागि निस्केका थिए । उनको फ्लाइट मुम्बईबाट इजिप्टको लागि थियो । त्यसपछि उनी ३५ दिनको यात्रा मा १० भन्दा बढी देशहरू पार गर्दै अमेरिका सीमामा प्रवेश गरेका थिए ।

गुरदासपुरको एजेन्टसँग उनको क्यानडाको टोरन्टोसम्म पुग्ने डिल भएको थियो । जुन १८ लाख ५० लाखमा रुपैयाँमा डिल भएको थियो । यस डिलमा उनलाई वैध भिसा र टिकटको आधारमा पठाउने भनिएको थियो । उनी भन्छन् – “मलाई पहिले ६ डिसेम्बर २०२४ मा दिल्लीबाट आबुधाबी हुँदै क्यानडा पठाउने भनिएको थियो । तर, आबुधाबीमा केही समय रोकिएपछि, जब मैले एयरलाइन्सको अर्को उडानका लागि चढ्न खोजे । तब मलाई जान दिइएन । दिल्ली दूतावासमा गएर आफ्ना कागजात चेक गर्न भनियो ।”

उनलाई एजेन्टले पछि १८ डिसेम्बर २०२४ मा रुट परिवर्तन गरी अन्य मार्गबाट पठाउने जानकारी दिएका थिए । तर, उनको लागि जीवन नरक बन्यो । उनले विदेश जाने र कमाइ गर्ने आशामा आफ्नो ट्रांसपोर्ट व्यवसाय बन्द गरे । दुई ट्रक बेचिदिए र १८ लाख रुपैयाँ प्राप्त गरी एजेन्टलाई दिए ।

उनी थप्छन्, “त्यसपछि जब हामीलाई विभिन्न देशहरूमा लगियो, त्यहाँ माफिया गिरोहका सदस्यहरूले हामीलाई बन्धक बनाएर राखे, जान मार्ने धम्की दिए र छुटाउने नाममा अलग–अलग समयमा लाखौँ रुपैयाँ एजेन्टको माध्यमबाट तिरेर जम्मा गराए । माफिया र एजेन्ट मिलेका थिए । जब परिवारजनहरूले बैङ्क र साथीहरूबाट ऋण लिएर पैसा बुझाएपछि हामीलाई छोडियो । यात्रा क्रममा दलालहरूले फोन पनि खोसिदिएका थिए ।”

२२ जनवरी २०२५ मा जब उनी अमेरिका सीमा नजिक पुगेका थिए, तब पक्राउ परे । उनीसँग भएको पैसा पनि सकियो । उनले एजेन्ट र माफियालाई कुल ४९ लाख ५० हजार रुपैयाँ दिएको थिएँ ।

निराश हुँदै सिंह भन्छन्,  “अब न त मेरो व्यवसाय बाँकी छ, न कमाइको स्रोत । अब बैङ्कको लोन र उधारोको बोझ छ । यदि सरकार हाम्रो कर्जा माफ गर्छ भने म फेरि आफ्नै जीवन सुरु गर्न चाहन्छु ।”

जायजेथा बेचेर दलाललाई लाखौं बुझाइ विना भिसा अमेरिका छिरेकाहरू : अहिले न घर रह्यो, न बास

डिपोर्ट केस – २

पञ्जाबका ४४ वर्षीय गुरुविन्दर सिंह, २२ जुन २०२४ मा भारतबाट अमेरिकाको लागि निस्किए । उनलाई दुई पटक दुबई लगियो । एजेन्टले बताएको बाटोमा सात–आठ महिना यात्रा गर्दै गए । २४ जनवरीमा मेक्सिकोको मार्ग पार गर्दै गर्दा उनलाई अमेरिकामा गिरफ्तार गरियो ।

उनलाई पहिलो पटक भारतबाट नेदरल्यान्डको एम्स्टर्डम लगियो । त्यहाँ उनलाई दुई–तीन महिना राखियो, त्यसपछि सेप्टेम्बरमा फिर्ता भारत पठाइयो । दुई दिन उनी घरमा बसे । त्यसपछि फेरि एजेन्टले उनलाई १६ सेप्टेम्बरमा मुम्बईबाट स्युरिनाम पठायो । त्यहाँ उनलाई अमेरिकाको भिसा नलागेको भन्दै दुई दिन राखियो । त्यसपछि  उनलाई सानो डुङ्गा मार्फत गोयाना पठाइयो । गाडीहरूले नै उनलाई ब्राजिल, पेरु, एक्वोडोर, कोलम्बियामा पुराए । कोलम्बियाबाट फेरि उनलाई डुङ्गामा कपूर गाना पठाइयो । त्यहाँबाट उनलाई रातको समयमा डुङ्गामा पनामा जङ्गलमा पुराइयो । धेरै हिँडिसकेपछि उनलाई सागसब्जीको गाडीमा पनामा सिटी पुराइयो । त्यसपछि बसबाट कोस्टारिका ल्याइयो। यसरी उनलाई १५–१६ देशहरूमा पुराइयो ।

उनी भन्छन्, “मेक्सिको र अमेरिकाको सीमा नजिक २४ जनवरीमा पुगे, राती हामीलाई सीमा पार गराइयो । त्यसपछि हामीलाई पक्राउ गरियो र ८–१० दिन हिरासतमा राखियो । भारत पठाउँदा पनि हामीलाई भनिएन कि कहाँ लगेर पठाइन्छ ।”

उनी थप्छन्, “म कमाइको लागि अमेरिका गएको थिएँ, यसको लागि मैले एजेन्टलाई ४५ लाख रुपैयाँ दिए । यात्रा गर्दै गर्दा माफियाबाट जोगिनका लागि तीन लाख थप दिए । जानको लागि मैले मेरो तीन बिघा जमिन १८ लाखमा बेचे । घरमा पनि साढे १५ लाख रुपैयाँको लोन लिए । श्रीमतीका गहना बेचेर र आफन्तहरूबाट पनि पैसा लिए । जसो गरेर ४५ लाख जोडे र एजेन्टलाई दिए । मेरो घरमा पत्नी र दुई बच्चा छन्। हाम्रोसँग खाने पैसा पनि छैन । पहिले म फोटोग्राफी गर्थे, त्यसपछि म २०१३ मा साइप्रस गएर २०२२ मा फर्केँ । फर्केर मैले डेरी फार्म खोले, तर त्यहाँ केही बचत नभएपछि नै अमेरिका जाने सोच बनाएका थिए ।”

जायजेथा बेचेर दलाललाई लाखौं बुझाइ विना भिसा अमेरिका छिरेकाहरू : अहिले न घर रह्यो, न बास

“एजेन्टको झुटो प्रलोभनमा लाखौँ तिरियो, अहिले धम्काइरहेका छन्”

अमेरिका पठाउने नाममा लाखौँ रुपैयाँ असुल्ने एजेन्टहरू नै अहिले यी पीडितहरूलाई धम्काइरहेका छन्। एजेन्टहरूले पीडितहरूलाई मिडिया वा प्रहरीले आफ्नो नाम थाहा नपाउने गरी चुप लाग्न चेतावनी दिइरहेका छन् । उनीहरू भन्छन्, “अमेरिका जान एजेन्टको झुटो प्रलोभनमा लाखौँ तिरियो, अब तिनै दलालहरूले धम्काइरहेका छन् ।”

“दलालहरूले २० लाखमा अमेरिका पुर्‍याउने डिल गरे, ५०–६० लाखसम्म असुले”

अमेरिकाबाट पहिलो समूहमा फर्काइएका भारतीयहरूसँग पन्जाब र हरियाणाको प्रहरीले सोधपुछ तथा अनुसन्धान गरिरहेको छ प्रहरीले पहिलो समूहमा भारत फर्काइएका धेरै जनासँग सोधपुछ जारी राखेको छ । हालसम्म प्रहरीले १० भन्दा बढी एफआईआर दर्ता गरिसकेको छ । प्रहरी अधिकारीहरूका अनुसार सोधपुछका क्रममा फिर्ता आएका भारतीयहरूले मुद्दा दर्ता गर्न चाहेका छैनन् । उनीहरू एजेन्टहरूको नाम लिँदैनन्। केही एजेन्टहरू आफूलाई जोगाउनका लागि पीडितहरूलाई नाम नलिन र उजुरी नदिन दबाब दिइरहेका छन् ।

हरियाणा, पन्जाब, गुजरात, र महाराष्ट्रबाट फर्किएका व्यक्तिहरूसँगको कुराकानीबाट थाहा हुन्छ, उनीहरू रोजगारीको खोजीमा अमेरिका गएका थिए । अमेरिका पुग्न प्रत्येक व्यक्तिले करिब ३५ देखि ४० लाख रुपैयाँसम्म खर्च गरेका थिए। कोहीले ३५ लाख तिरे त कोहीले ६० लाख रुपैयाँसम्म एजेन्टलाई बुझाएका थिए ।

(यो सामाग्री भारतीय सञ्चारमाध्यम जागरणको सहयोगमा तयार पारिएको हो ।)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School