आजभोलि विश्वभरिका राष्ट्र र ती राष्ट्रका जनता (मानिस)हरूले हराउँदै गएको वा हराएको आप्mनो विरासत, इतिहास, जातीय स्वपहिचान, भाषा, वेशभूषा, बाजागाजा, धर्म, संस्कार, संस्कृति, रहनसहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत कानुन आदिलाई सकेसम्म जीवित राख्ने प्रयासमा लागेका छन् । सो कामका विश्वका धेरैजसो मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरू र सम्बन्धित मुलुकका जनता (जातजाति)हरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतामा आप्mनो मुलुक र जनताको हराउँदै गएका अथवा हराउन आँटेका विरासत, इतिहास, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेशभूषा, बाजागाजा, धर्म, संस्कार, संस्कृति, रहनसहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत कानुनलगायत आँखाले प्रत्यक्ष रूपमा नेखिने नदेखिने मानवीयलाई सकेसम्म बचाउन भनेर ठूलो धनराशि लगानी गरिरहेका छन्, गर्दै छन् ।
भनिन्छ, संयुक्त राज्य अमेरिका (यूएसए)ले त यही कुराको महत्व बुझेर नै डीभी चिट्ठा प्रक्रियामार्पmत विश्वभरिका सबै जातजाति, भाषाभाषीका मानिसहरूलाई अमेरिकामा स्थाई रूपमा बसाइँ सरेर जान वा अमेरिका बसाइँ सरेर जाने प्रक्रियालाई बढावा दिनकै लागि भनी डीभी प्रक्रिया खुला गरेको हो ।
जसले गर्दाखेरि विश्वका सबै जातजातिको चिनारी, उनीहरूका पिता पुर्खा एवं वंश–वृक्षको इतिहास, जातीय स्वपहिचान, मातृभाषा, वेशभूषा, बाजागाजा, संस्कार, संस्कृति, धर्म, रहनसहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत रूपमा पालना गर्दै आएको मूल्य–मान्यता आदि आप्mनो मुलुकमा ‘विशाल संग्रह’का रूपमा अमेरिकालाई विश्वभरि चिनाउन सकियोस ? ’cause, भोलिका दिन जुनसुकै मुलुकमा रहेका जातजातिहरू लोप भएमा, उनीहरूको इतिहास नामेट भएमा, उनीहरूको जातीय स्वपहिचान लोप भएमा, मातृभाषा मासिएमा, संस्कार, संस्कृतिहरू हराएमा वेशभूषा नासिएमा, बाजागाजाहरू लोप भएमा, रहनसहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान हराए वा लोप भएमा अमेरिकामा गएर अध्ययन र अनुसन्धान गर्न त पाइने भयो !
आदिवासीहरूले विश्वमा जति पनि आप्mनो भाषा प्रयोग गर्ने गर्थे, बोल्ने गर्थे ती भाषाहरूमध्ये अधिकांश मरिसके, लोप भइसके भने धेरै भाषाहरू मर्ने क्रममा छन्, लोप हुने क्रममा छन् । हो, त्यसरी विश्का विभिन्न मुलुकका आदिवासीहरूले बोल्ने आप्mनो मातृभाषा मर्दा, लोप हुँदा के बिग्रियो त ? मूल प्रश्न यो हो । लगभग ३ वर्षअघि आएको एक अध्ययन प्रतिवेदनअनुसार विश्वभरिमा जति पनि मौखिक औषधीय ज्ञानहरू रहेका छन्, ती सबै लोप हुँदै छन्, मौखिक औषधीय ज्ञानहरू हराउँदै गएका छन् । भनाइको मतलव विश्वभरि रहेको औषधीय ज्ञानकोष नष्ट हुने खतरा बढेको छ ।
के भनिन्छ भने, विश्वका विभिन्न भागमा पाइने लगभग १२ हजार ५ सय प्रकारका औषधीय नाममध्ये ७५ प्रतिशत औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको नाम अभैm पनि आदिवासीहरूको भाषामा रहेका छन् । हो, त्यसरी हेर्दाखेरि त साँच्चै एक दिन विश्वका विभिन्न मुलुकका आदिवासीहरूले बोल्ने (प्रयोग गर्ने) भाषाहरू मरेमा के होला ? सबैले सहजै अनुमान गर्नसक्ने कुरो हो । अहिले नै पनि अधिकांश आदिवासीहरूका भाषा मरिसके, लोप भइसके भने धेरै भाषाहरू मर्ने क्रममा छन्, लोप हुने क्रममा छन् । यसरी हेर्दा जति धेरै आदिवासीहरूका भाषामा मर्छन्, लोप हुन्छन् त्यति नै विश्वभरिमा रहेका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको नाम हराउनेछन्, लोप हुनेछन् ।
नेपालमा र विश्वभरिमा पनि मौखिक औषधीय ज्ञानहरू लोप हुँदै र हराउँदै गएका छन्
विज्ञ तथा खोज अनुसन्धानकर्ताहरूका अनुसार अहिले नै पनि वातावरणीय विनाशका कारणभन्दा पनि आदिवासीहरूका भाषा अथवा भनौं आदिवासीका शब्दहरू लोप हुनाले धेरैजसो औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरू लोप हुने सम्भावना बढिरहेको छ । पछिल्लो अध्ययनमा अध्ययनकर्ताहरूले ३ हजार ५ सय ९८ प्रजातिका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरूको अध्ययन गरेर त्यसको विश्लेषणसमेत गरेका थिए ।
अध्ययनकर्ताहरूको निचोडनुसार इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन)ले संकलन र संरक्षण गरिरहेका एवं लोपोन्मुख (रेड लिस्ट) सूचीमा राखेका औषधीय गुण भएका जेजति वनस्पति तथा जडीबुटीहरूको सूची रहेको छ, तीमध्ये विश्वमा रहेका सम्पूर्ण लोपोन्मुख औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको लगभग ५ प्रतिशत मात्रै रहेका छन् । त्यसो हुनुमा अनेकौं कारणले विश्वका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरू छन्, तिनीहरू आपंैm पनि लोपोन्मुख अवस्थामा पुगेका छन । अध्ययनकर्ताहरूले उत्तर अमेरिकी महादेशका केही भागमा बसोबास गर्ने आदिवासीहरूको भाषामा रहेका औषधीय गुण भएका वनस्पति र जडीबुटीको अध्ययन गर्दा सबै वनस्पति, जडीबुटी र औषधिमा ८६ प्रतिशत आदिवासीको परम्परागत भाषा र ज्ञानको अंश रहेको छ ।
उता, अस्ट्रेलिया महादेश तथा प्रशान्त महासागर आसपासका टापु देश पपुवा न्युगिनीमा चाहिँ ठीक उल्टो नतिजा आएको थियो । ’cause, अस्ट्रेलिया महादेश तथा प्रशान्त महासागर आसपासको टापु देश पपुवा न्युगिनीमा चाहिँ औषधीय गुण भएका वनस्पति र जडीबुटीको अध्ययन गर्दा केवल ३१ प्रतिशत मात्रै आदिवासीहरूको भाषा र परम्परागत ज्ञानसँग मेल खाएका पाइएको थियो । तर, पपुवा न्युगिनीमा जुन ३१ प्रतिशत मात्रै मिलेको औषधीय गुण भएका वनस्पति र जडीबुटहरू थिए, ती सबै औषधीय गुण भएका वनस्पति, जडीबुटी र औषधि पपुवा न्युगिनीमा रहेका लोपोन्मुख भाषासँग मात्रै सम्बन्धित थिए । स्मरणीय के छ भने, भूगोलका आधारमा हेर्दा पपुवा न्यु गिनी एक सानो टापु देश भए तापनि विश्वमै धेरै ८ सय ३९ वटा भाषा पपुवा न्युगिनीमा बोल्ने गरिन्छ ।
हुन त नेपालका धेरै मानिसलाई थाहा छैन कि, सन् २०२२ देखि सन् २०३२ सम्म संयुक्त राष्ट्रसंघले (यूएन)ले ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरीकन ‘विश्व आदिवासी भाषा दशक’ मनाइरहेको छ । यसमा पनि खास मकसद (चुरो कुरो)चाहिँ विश्वका औषधीय गुण भएका वनस्पतिहरू र जडीबुटीको नाम एवं परम्परागत ज्ञान पनि आदिवासीहरूकै भाषामा भएको, रहेको हुनाले पनि अब विश्वका धनी र सम्पन्न मुलुकका सरकार प्रमुखहरूका साथै राष्ट्र प्रमुखहरू र, नीति निर्माण गर्ने तहमा रहेका कर्मचारीतन्त्रमा रहेका उच्च नेतृत्व वर्गलाई सकेसम्म विश्वका सबै आदिवासीका भाषा बचाउनुपर्ने बाध्यता आइलागेको छ ।
’cause, आदिवासीहरूले बोल्ने भाषाहरू मासिँदै, नासिँदै अनि हराउँदै र लोप नै भएर जाँदा विश्वमा पाइने अधिकांश औषधीय गुण भएका वनस्पतिहरू र जडीबुटीको जरा नै विश्वमा नरहने अवस्था आइलाग्नेछ । जसले गर्दाखेरि अहिले आएर ढिलै भए पनि विश्वका धनी र प्रभावशाली मुलुकहरूले विभिन्न कार्यक्रम आयोजना गरेर ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक–२०२२-२०३२’ मनाइरहेका छन् । यसको मूल उद्देश्य भनेको विश्वका प्रायः सबै आदिवासीले बोल्ने मातृभाषाहरू जेजति जीवित रहेका छन्, ती भाषा बचाउनु र संरक्षण गर्नु हो ।
पटकपटक सरकारको नेतृत्व गर्ने राजनीतिक दल र तिनका नेताहरू जनभाषा र जडीबुटी औषधिका सम्बन्धमा गम्भीर बन्नुपर्छ
हाम्रो मुलुक नेपालमा चाहिँ सरकारमा नेतृत्व गर्ने राजनीतिक दल एवं तिनका नेताहरू यस विषयमा खासै गम्भीर छैनन् भने निजामती कर्मचारीतन्त्रको माथिल्लो तहमा रहेका नेतृत्व वर्गलाई यस विषयमा कुरै नउठे हुन्थ्यो भन्ने रहेको देखिन्छ । त्यसैले त होला, उनीहरूले नेपालका आदिवासी जनजातिका भाषा बचाउने कुरालाई ध्यान नै दिएका छैनन् । फलतः ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक–२०२२÷२०३२’ कार्यक्रम पनि कर्मकाण्डीय ढंगले कछुवा पारामा अगाडि बढिरहेको छ । त्यसैले गर्दा पनि होला, नेपाल सरकार लगभग २ वर्ष मौन बस्यो । २ वर्षपछि २०८० मंसिरमा चाहिँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहनेगरी ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक राष्ट्रिय कार्ययोजना मस्यौद निर्माण उपसमिति गठन भएको छ ।
नेपाल सरकार, राजनीतिक दल एवं तिनका नेताहरूका साथै निजामती कर्मचारीतन्त्रको माथिल्लो तहमा रहेका नेतृत्व वर्गले केवल नेपालका आदिवासीहरूको भाषा मात्रै बच्ने नभएर विश्वका औषधीय गुण भएका वनस्पति र जडीबुटीको नाम एवं हाम्रा परम्परागत ज्ञान पनि बच्ने रहेछन् भन्ने बुझेर आदिवासीहरूको भाषा बचाउन हाल चलिरहेको ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक–२०२२–२०३२’ लाई ध्यान दिएर विशेष जोडका साथ कार्यान्वयनमा ल्याऔं । त्यसका लागि पुग्नेगरी बजेट छुट्याउन कञ्जुस्याइँ नगरौं । अरूको भाषा मरोस् कि बाँचोस् के मतलव नभनौं ? हुन पनि हिजोका दिनमा त आदिवासी जनजातिले बोल्ने भाषालाई ‘गाई खाने भाषा’सम्म भन्ने गरिन्थ्यो ।
तर, हिजो–अस्तिसम्म ‘गाई खाने भाषा’ भन्ने गरिएको त्यही आदिवासीहरूका भाषा लोप हुँदा, हराउँदा, मासिँदा, नासिँदा केवल हामी मानिसहरूलाई मात्रै संकट नआएर पृथ्वीमा रहेका सबै सजीव वस्तुहरू पशुपंक्षी, चलभर, थलचर रूख–बिरुवा अर्थात् सम्पूर्ण जीवन एवं जगतकै चक्रीय प्रणालीलाई असर गर्ने रहेछ भन्ने बुझेर अब तपाईं हामी सबैले मिलेर नेपालका आदिवासीहरूले बोल्ने सबै भाषा बचाउनेतर्पm आजैदेखि लागौं भन्ने मेरो आग्रह रहेको छ ।
(Visited 4 times, 1 visits today)