प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार
अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको चीनले दावी गरेको छ । चीनले अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताउदै फिर्ता लिनुको कुनै विकल्प नरहेको स्पष्ट पारेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब आर्थिकरूपमा अर्थहीन भइसकेको बताएका हुन ।
ह्वाइट हाउसले अप्रिल १५ मा देखि चीनले आफ्नो प्रतिशोधात्मक कार्यको परिणामस्वरूप अमेरिकामा आयातमा २४५ प्रतिशतसम्म करको सामना गरिरहेको जनाएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले चीनमाथि कर वृद्धि गर्नु सङ्ख्याको खेल मात्रै नभएको बताए । उनले भनेका छन आर्थिक रूपमा अब धेरै वास्तविक फरक करले पार्ने छैन ।
उनले अमेरिकाले कसरी अरूलाई जबरजस्ती र धम्काउन करलाई हतियार बनाउँछ भन्ने देखाएको प्रष्ट पारेका छन ।
चीन व्यापार युद्ध चाहँदैन तर हामी उनीहरूसँग पनि डराएका छैनौ उनले भने । आधारहीन अतिरिक्त कर र व्यापार युद्धले कुनै पनि मुलुक विजेता हुँदैनन् चीनले भनेको छ ।
अमेरिकाले कर वृद्धिको साथ यो सङ्ख्याको खेल खेल्दै गयो भने यसलाई बेवास्ता गरिने पनि चीनले बताएको छ ।
तर यदि अमेरिकाले चीनको अधिकार र हितमा वास्तविक क्षति पुर्याइरह्यो भने चीनले कडा प्रतिकार गर्नेछ प्रवक्ताले भनेका छन ।