प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार

अमेरिकाको टेक्सस राज्यले न्यूयोर्कका नागरिकमाथि गरेको कारबाही लागू गर्न न्यूयोर्क अदालतले अस्वीकार गरेको छ।
न्यूयोर्क अदालतले टेक्ससको अदालतले न्यूयोर्कका चिकित्सकविरुद्ध गरेको फैसला कार्यान्वयन गर्ने मागलाई खारेज गरिदिएको हो।
गर्भपतनको औषधि टेलिमेडिसिनमार्फत लेखिदिएको आरोपमा न्यूयोर्कमा रहेका एकजना चिकित्सकविरुद्ध टेक्ससले लगाएको एक लाख डलरभन्दा बढीको जरिवानालाई न्यूयोर्कका न्यायाधीशले लागू गर्न अस्वीकार गर्दै खारेज गरेका हुन्।
टेक्ससका रिपब्लिकन अटर्नी जनरल केन प्याक्सटनले न्यूयोर्कको अदालतलाई टेक्ससको फैसला लागू गर्न आग्रह गरेका थिए।
टेक्ससको यो फैसला डाक्टर मार्गरेट कार्पेन्टर विरुद्ध थियो। उनले न्यूयोर्क सिटीकै नजिक अल्स्टर काउन्टीमा चिकित्सकीय अभ्यास गर्दै आएकी छिन्।
तर, अल्स्टर काउन्टीका कार्यवाहक क्लर्क टेलर ब्रुकले सो फैसला दर्ता गर्न अस्वीकार गरे। उनले न्यूयोर्कको “शील्ड–ल” (सुरक्षा ऐन) अनुकूल काम गर्नुपर्ने सरकारी कर्मचारी भएको भन्दै टेक्ससको माग पूरा गर्न नमिल्ने बताए।
न्यूयोर्कलगायत कम्तीमा आठ राज्यसँग यस्ता ‘शील्ड–ल’ छन्। ती कानुनले अन्य राज्यबाट गर्भपतन सेवामा संलग्न स्वास्थ्यकर्मीमाथि कानुनी कारबाही हुन दिँदैन।
न्यायाधीश डेभिड गान्डिनले ब्रुकले न्यूयोर्क कानुनअनुसार सही कार्य गरेको निष्कर्ष निकाल्दै टेक्ससको निवेदन खारेज गरेका हुन्। उनले आफ्नो आदेशमा कार्पेन्टरले प्रदान गरेको गर्भपतन सेवा न्यूयोर्कमा पूर्णतः कानुनी रहेको र यो सेवा राज्यको ‘शील्ड–ल’ अन्तर्गत “कानुनी रूपमा संरक्षित स्वास्थ्य गतिविधि” भित्र पर्ने उल्लेख गरेका छन्।
फेब्रुअरीमा टेक्ससका एकजना न्यायाधीशले कार्पेन्टरलाई अदालतमा उपस्थित नहुँदा १ लाख डलरभन्दा बढीको जरिवाना तिर्न आदेश दिएका थिए। साथै, टेक्ससका बासिन्दालाई गर्भपतन औषधि सिफारिस गर्न निषेध गरेका थिए।
उही दिन न्यूयोर्ककी गभर्नर कैथी होचुलले लुइसियानाले कार्पेन्टरलाई झिकाउने अनुरोध पनि अस्वीकार गरेकी थिइन्।
न्यूयोर्ककी डेमोक्र्याटिक अटर्नी जनरल लेटिशिया जेम्सले यस मामलामा हस्तक्षेप गर्न खोजे पनि न्यायाधीश गान्डिनले त्यसलाई अस्वीकार गरेको बताइन्छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
