चलायमान पर्यटन व्यवसाय : RajdhaniDaily.com


नेपालमा कोभिडले थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने संकेत देखिएको छ । जबकी सरकारले यो वर्ष (सन् २०२४) मा १६ लाख पर्यटक ल्याउने लक्ष्य राखे पनि ११ लाखभन्दा धेरै नआउने देखिएको छ । फलतः सरकारले उपलब्ध गराएका दुई किसिमका तथ्यांकसँग गरिएको तुलनाबाट ११ लाखभन्दा धेरै पर्यटक नआउने अनुमान गरिएको हो । गत वर्ष अगष्टसम्ममा ६ लाख १ हजार पर्यटक नेपाल आएका थिए । त्यसपछिका चार महिनामा ४ लाख १३ हजार थपिएर कुल संख्या १० लाख १४ हजार पुगेको थियो । यस हिसाबले यो वर्षका बाँकी अवधिमा पनि चार लाख पर्यटक थपिए कुल संख्या ११ लाख हाराहारी हुनेछ । यसरी नै अप्रिल २०२२ मा दैनिक औसतमा दुई हजार विदेशी पर्यटक नेपाल भित्रिएसँगै पर्यटन क्षेत्रमा आशा पलाएको पर्यटन व्यवसायीहरूले बताएका छन् । यसै गरी अप्रिलमा विभिन्न राष्ट्रबाट ५८ हजार तीन सय ४८ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो संख्या अप्रिल २०२१ को तुलनामा १६० प्रतिशतले बढी हो । गत वर्षको अप्रिलमा २२ हजार चार सय ५० पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख थियो ।

फलतः कोभिडअघि अप्रिल २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक भित्रिएकामा कोभिड संक्रमण फैलिन थालेपछि अप्रिल २०२० मा १४ जना मात्र पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसताका नेपालसहित विश्वका धेरै देशमा लकडाउन गरिएको थियो । वस्तुतः सन् २०२२ को सुरुवातसँगै कोभिड महामारी फैलिन कम हुँदै गएपछि पर्यटक आगमन बढ्दै गइरहेको पर्यटन बोर्डले बताउँदै आएको छ । तर सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर, हालसम्म जे भए पनि हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १० लाखको हाराहारीमा पु¥याउने लक्ष्य सम्बन्धीत क्षेत्रले लिएको थियो । तर तोकिएको पर्यटकको संख्या पुगेको थिएन  ।

वर्षै पिच्छे थपिदैं गएका स्रोत संरक्षणका चुनौती प्रति हाम्रो ध्यान जान सकेको छैन

नेपालमा पर्यटन बोर्डको तथ्यांक हेर्दा हरेक महिना पर्यटक आगमन बढ्दै गइरहेको देखिन्छ । यसको साथसाथै पर्यटक आगमन बढेसँगै हेलिकोप्टरको बिजनेस पनि फँस्टाउन थालेको छ । यसरी हाम्रो देशमा हिमाल आरोहण गर्न आउने पर्यटकहरू बढेसँगै हेलिकोप्टर, होटेल व्यवसाय, ट्रेकिङलगायतका पर्यटन क्षेत्रमा उत्साह छाउन लागेको छ । यसर्थ देशमा आउँने पर्यटकको कूल संख्यामध्ये छिमेकी देश भारतबाट मात्रै ३८ दशमलव ५२ प्रतिशत पर्यटक आउने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । गत अप्रिलमा भारतबाट २२ हजार चार सय७७ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ । भारतमा गर्मी चढेसँगै स्कुल होली डे सुरु भएको हुँदा धेरै भारतीय गर्मी छल्न नेपाल आएका होटेल संघ नेपाल (हान) ले जनाएको छ । यसरी अर्को छिमेकी मुलुक चीनले आफ्ना नागरिकलाई घुमफिरमा निस्कन कडाइ कायमै राखेपछि त्यति पर्यटक आएका छैनन् ।

जसरी अप्रिलमा चीनबाट दुई सय ८१ पर्यटक आएका छन् । जबकि चीन भारतपछि सबैभन्दा बढी पर्यटक आउने देशहरुको स्थिति यस्तो रहेको छ । जुन अमेरिकाबाट ६ हजार नौ सय ५४, बंगलादेशबाट एक हजार पाँच सय ३७, बेलायतबाट पाँच हजार दुई सय ५२, अस्ट्रेलियाबाट दुई हजार सात सय २६, क्यानडाबाट एक हजार २८, जर्मनीबाट दुई हजार ९७, फ्रान्सबाट एक हजार नौ सय २२ पर्यटक भ्रमणमा आएको सम्बन्धित क्षेत्रले जनाएको छ । त्यस्तै गरी अप्रिलमा नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये सार्क मुलुकका मात्रै ४२ दशमलव ०७ प्रतिशत हिस्सा रहेको छ । सार्कका भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाबाट अप्रिलमा २४ हजार पाँच सय ४८ पर्यटक आएका छन् ।

यस्तै, अन्य एसियन मुलुकबाट दुई हजार एक सय ३० पर्यटक आएका छन्, जुन कुल पर्यटक संख्याको ३ दशमलव ६५ प्रतिशत हो । युरोपेली मुलुकबाट १६ हजार तीन सय २७ दशमलव ९४ प्रतिशत, अस्ट्रेलिया र न्युजिल्यान्डबाट दुई हजार आठ सय २४ अर्थात ४ दशमलव ४८ प्रतिशत र अमेरिका र क्यानडाबाट चार हजार नौ सय ८२ अर्थात १३ दशमलव ६८ प्रतिशत पर्यटक आएको बोर्डले जनाएको छ । यसरी पछिल्लो समय बाह्य पर्यटकले तारे होटेलहरू ७० प्रतिशतसम्म भरिएका छन् ।

काठमाडौं उपत्यकाका छेउछाउ र बाहिरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकले होटेल भरिभराउ छन् । त्यसरी नै पोखरामा भारतीय पर्यटकको संख्या धेरै देखिन थालिनुको साथसाथै तेस्रो देशहरुका पर्यटकहरु पनि बढ्दै गइरहेका छन् । यही उत्साह कायम रहिरहे आउँदो आगामी सिजनदेखि पर्यटन लयमा फर्किन थाल्ने अनुमान पर्यटन व्यवसायिहरुको रहेको पाइन्छ । यसर्थ पछिल्लो समय पर्यटक आगमन बढ्दै गइरहेको छ । हरेक महिना पर्यटक बढ्दा पर्यटन क्षेत्रमा आशा पलाएको छ । कोभिडअघि सन् २०१९ अप्रिलको तुलनामा २०२२ अप्रिलमा पर्यटक आगमन ५३ प्रतिशत रिकभर भइसकेको छ । गत महिना मार्चमा ४५ प्रतिशत हाराहारी रिकभरी भएको थियो । यसको मतलब, रिकभरी रेट बढ्दै गइरहेको छ, जुन उत्साहप्रद छ । यसरी नै पर्यटन लयमा फर्किन थालेको देखिन्छ । अरू राष्ट्रको तुलनामा नेपालको रिकभरी चाँडै हुने प्रवृत्ति छ । यसको साथसाथै विगतको भूकम्पका वेलामा पनि चाँडै रिकभर भएको थियो ।

अहिले पनि अरू राष्ट्रको तुलनामा नेपालको रिकभरी रेट बढी नै छ । यसवेला राज्य र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढेमा अझ बढी सफलता मिल्थ्यो । अब निश्चय पनि धार्मिक पर्यटकहरूको संख्या नेपालमा वृद्धि हुन्छ । अब कोरोनाको संक्रमण पनि घटिसकेको छ । अतः पर्यटकहरू आउने क्रम विस्तारै सुरु भएको छ । यसै क्रममा अधिल्ला वर्षहरुमा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले विश्वभरका पर्यटन प्रेमीहरूको ध्यान आकृष्ट भएको छ । यसै क्रममा टुर अपरेटरहरूको, पर्यटन व्यवसायीहरूको ध्यान नेपाल र लुम्बिनीमा खिचिएको छ अब यसलाई हामीले क्यास गर्न सक्नु पर्दछ । अतः कोरोनाले थलिएको नेपाली पर्यटन बजारमा अब भारतीय तथा चीनीयाँ पर्यटकहरू बढ्न सक्छन् । यसर्थ धार्मिक पर्यटनको अधिक सम्भावना रहेको छ । यद्यपि, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, भारतीयहरूको महत्वपूर्ण धार्मिक गन्तव्य हो । यो लुम्बिनीमा पनि धेरै भारतीय आउने गरी पर्यटकीय प्याकेजहरू बनाउनु पर्दछ । जसलेगर्दा धार्मिक पर्यटनलाई बढावा दिने गरी सरकारले अब आकर्षक प्याकेज बनाउनु पर्दछ ।

दैनिक औसत दुई हजार विदेशी पर्यटक नेपाल भित्रिएसँगै पर्यटन क्षेत्रमा नयाँ आशा पलाएको छ

समग्रमा भन्नुपर्दा पर्यटन व्यवसाय वास्तवमा संसारको सबैभन्दा ठूलो अर्थ उपार्जन गर्ने उधोग पनि हो । यसको साथसाथै पृथ्वीभरीका विभिन्न स्थानहरुको सौन्दर्य र विविधता अवलोकन गर्न सक्नु नै अन्तराष्ट्रिय पर्यटन दिवसको महत्व झल्कीने छ । नेपाल पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटनलाई देशका विभिन्न स्थानहरुमा अवलोकन गर्ने जस्तो महान कार्यलाई कोरोना कहरले चक्नाचुर बनाई दिएको थियो । सो भ्रमण वर्षको लागि भनि कतिपय पर्यटन क्षेत्रका व्यवसाहीहरुले गरेको लगानी बालुवामा पानी हाले जस्तो भयो । जवकी हाम्रो जस्तो देशमा पर्यटन सेलाउन पुग्नु भनेको राष्ट्रिय अर्थतन्त्रमा नराम्रोसँग धक्का लाग्नु हो । यी कुराहरुलाई मध्यनजर राखेर सरकारले छिटोभन्दा छिटो पर्यटन व्यवसायलाई पहिले कै स्थितिमा ल्याउनको लागि विभिन्न आर्थिक गतिविधिको नीति तथा कार्यक्रमहरुलाई ल्याउनु पर्ने हुन्छ । जसलेगर्दा यस व्यवसायलाई आवश्यक पर्ने सामाजिक, सास्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा ब्यापक रुपमा जानकारी र छलफल गर्न मद्दत मिल्दछ ।

अतः संघीय योजना आयोगले पनि विकासका लागि पाँचवटा मुख्य क्षेत्रहरूलाई अगाल्यएको छ । यी क्षेत्रहरुमा पूर्वाधार, कृषि, मानव संसाधन, उद्योग र पर्यटन रहेका छन् । यसरी कछुवा गतिमा चलेको नेपालको पर्यटनलाई पानी र ऊर्जाको चुनौती झनझन थपिदै गएको एकातिर छ । तर अर्कोतिर हेर्ने हो भने पर्यटकीय गन्तब्यमा वर्षै पिच्छे थपिदैं गएका स्रोत संरक्षणका चुनौती प्रति भने हाम्राअपेक्षित ध्यान जान सकेको छैन । यसरी नेपाल भ्रमणमा आएका पर्यटकहरुको संख्या, तिनको बृद्धिद्धर तथा बसाई अवधिको विश्लेषण गर्दा अवधिमा सरदर बसाई अवधिमा सामान्य हस भै १२ दिन हुन आएको देखिन्छ । सर्वप्रथम नेपालले सन् १९९८ मा प्रथम भ्रमण वर्ष मनाएको थियो भने त्यस्तै गरी दोस्रो भ्रमण वर्ष २०११ मनाइयो । यी दुबै भ्रमण वर्षहरुमा राखिएको लक्ष्य अनुरुप प्रगति हुन सकेको थिएन । हाम्रो देशको आर्थिक उत्रतिका लागि पर्यटन विकास अपरिहार्य हो र यसलाई अघि बढाउन एक ढिका भई सहभागिता पनि उत्तिकै खाँचोको महसुस गरिएको छ ।

(Visited 5 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School