ग्वार्को फ्लाइओभर फेरि ठप्प: क्युआरडिसीको बखेडा कि ठेकेदारको बहाना?


२०८० फागुनमा सकिनुपर्ने ग्वार्को फ्लाइओभरको निर्माण कार्य अझै सकिएको छैन। अहिले त झन् एक महिनादेखि निर्माण कार्य ठप्प छ। २०७८ फागुनमा निर्माण सुरु हुँदा ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले दुई वर्षमा निर्माण कार्य सक्ने गरी सम्झौता गरेको थियो। 

तर निर्धारित समयभित्र काम सकिएन। त्यसपछि थपेर गत पुस ९ गतेसम्मको म्याद दिइएको थियो। यसरी पटक–पटक म्याद थप्दा पनि काम सकिएको छैन। तर निर्माण कम्पनीले काम तीव्र पार्नुको साटो निर्माण स्थलमा एक महिना देखि कामदार नै देखिएका छैनन्। 

यसबिचमा ठेकेदार कम्पनीले काम अलपत्र पारेर भागेको समाचार समेत बाहिरिएका छन्। उता सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले भने ठेकेदार कम्पनी सम्पर्कमै रहेको दाबी गरे।

‘ठेकेदार कम्पनी सम्पर्कमै हुनुहुन्छ। अलिकति डिजाइन रिलेटेड इस्यु पनि छ। केही काम पनि करेक्सन गर्नुपर्ने छ’, विभागका प्रवक्ता समेत रहेका अर्यालले नागरिकसँग भने। निर्माण कम्पनीको डिजाइनसँग सम्बन्धित आन्तरिक छलफल पछि एक दुई दिनमा काम सुरु हुने उनको भनाइ छ। ‘१५/२० दिन देखि काममा प्रगति कम भएको सत्य हो। समस्या कसरी समाधान गर्ने भन्नेमा उहाँहरू लाग्नु भएको छ। हिजो पनि छलफलमा हुनुहुन्थ्यो। सायद आज (मंगलबार)सम्म सबै सकेर काम सुरु गर्ने तयारीमा हुनुहुन्छ’, अर्यालले भने। 

‘अन्तिम समयमा आएर डिजाइनमा के समस्या देख्नु भयो ?’ भन्ने नागरिकको प्रश्नमा अर्यालले भने, ‘जस्तो कि घर बनाउने बेला पिल्लर बाङ्गो पर्छ, प्लास्टर बाक्लो हुन्छ, फेरी हटाउनुपर्छ। त्यस्तो सामान्य हो।’

उसो त निर्माण कम्पनीले काम रोकेको यो पहिलो पटक होइन। यसअघि पनि पटक–पटक मौसम वा विभिन्न प्राविधिक समस्याका बहाना देखाएर महिनौँसम्म काम ठप्प पार्दै आएको छ। जसका कारण पनि निर्माण कार्य निर्धारित समयमा नसकिएको जानकारहरूको आरोप छ। 

तोकिएको समयमा काम नसकिएपछि सडक विभागले पुस १० गतेबाट जरिवाना लगाएर काम सक्न निर्माण कम्पनीलाई ताकेता गरेको छ। जरिवानापछि निर्माण कम्पनीले काम अलपत्र छाडेको देखिएको छ। ‘हामीले थप्न मिल्ने म्याद थपिसक्यौँ। अहिले हर्जाना लगाइरहेका छौँ,’ विभागका प्रवक्ता अर्यालले भने,‘हर्जाना लगाएको समयभित्र काम सक्नुहुन्छ भन्ने अपेक्षा छ।’ 

ग्वार्को फ्लाइओभर फेरि ठप्प: क्युआरडिसीको बखेडा कि ठेकेदारको बहाना?

आशिष–समानान्तर–रेलिगेर जेभीका सहायक इन्जिनियर कृष्णगोपाल श्रेष्ठले पछिल्लो एक महिनायता काममा केही सुस्त भएको स्वीकार गर्छन्। तर,  निर्माण स्थलबाट कामदार फिर्ता नगरेको उनले दाबी गरे। ‘ठप्पै हुने गरी रोकिएको होइन,’उनले भने,‘सातदोबाटोतिर पुल निर अलिकति समस्या आएको छ, त्यसलाई खोल्न क्युआरडिसी (सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र) बाट नै दुई चार दिन पख्नुस्, त्यसलाई सेटल हुन दिनुस् भनेकाले रोकेका हौँ।’ कोटेश्वरतिरको काम पूरा सकिसकेको भन्दै त्यहाँ ‘बेस’ राखेर कालोपत्रे मात्रैको काम बाँकी रहेको इन्जिनियर श्रेष्ठले बताए। 

उसो त निर्माण कम्पनीले काम रोकेको यो पहिलो पटक होइन। यसअघि पनि पटक–पटक मौसम वा विभिन्न प्राविधिक समस्याका बहाना देखाएर महिनौँसम्म काम ठप्प पार्दै आएको छ। जसका कारण पनि निर्माण कार्य निर्धारित समयमा नसकिएको जानकारहरूको आरोप छ। 

तर यस्ता आरोपको निर्माण कम्पनी भने खण्डन गर्दै आएको छ। ‘बाहिर विभिन्न प्रकारका अनुमानका आधारमा समाचार आएका छन्। ठेकेदार नै भाग्यो भन्ने हल्ला भए,’ इन्जिनियर श्रेष्ठले भने,‘बरु उहाँहरू(क्युआरडिसी)ले हामीलाई लेखेको पत्र त्यसलाई दुःख भन्ने कि? उहाँको काम पत्र लेख्ने हाम्रो काम जवाफ दिने जस्तो भयो।’ जबाफ दिनु नपर्ने खालका पत्रका कारण समस्या भइरहेको उनले बताए। अब भने सबै समस्या समाधान भइसकेको उनको दाबी छ।  

ग्वार्को फ्लाइओभर फेरि ठप्प: क्युआरडिसीको बखेडा कि ठेकेदारको बहाना?

चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा पर्ने ग्वार्को भएर दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्छन्। लुभु क्षेत्रबाट पाटन र काठमाडौं आउने प्रवेश बिन्दु पनि ग्वार्को नै हो। यसैले यो क्षेत्र ओहोरदोहोर गर्दा ट्राफिक जाममा नपरेको दिन हुँदैन। साँझ–बिहान त यो सडक छिचोल्न हम्मे हम्मे नै पर्छ। ग्वार्कोमा फ्लाइओभरको निर्माण थालिएपछि उक्त स्थान झन् अस्तव्यस्त बनेको छ।

तर, यो पनि अनुमान मात्रै हो। नियमित काम भएन वा अवरोध आयो भने अर्को एक वर्षसम्म धकेलिन सक्ने उनको आशय छ। ‘यो आर्थिक वर्षमा काम सकेनौँ भने त फेरी असोज कार्तिकमै पुग्छ। किनभने बाटोको केसमा पानी पर्ने मौसममा खुल्ला आकाशमा काम गर्न सकिँदैन,’ इन्जिनियर श्रेष्ठले भने।

निर्धारित समय नाघेको एक वर्ष बढी बित्दा पनि निर्माणले गति नलिँदा झन् चिन्ता बढाएको छ। अहिलेसम्म जम्मा ८५ प्रतिशत निर्माण सम्पन्न गरेको स्वयं निर्माण कम्पनीको दाबी छ। निर्माणमा अझै कति समय लाग्छ? यो प्रश्नको उत्तर निर्माण कम्पनीलाई नै थाहा छैन। 

‘वैशाख मसान्तसम्म लाग्ला ! किनभने माघमा त हामीले काम नै गरेनौँ, फागुन र चैत दुई महिना बिग्रेको ठाउँ मर्मत सम्भारमै जान्छ’, ठेकेदार कम्पनी भन्छ, ‘त्यति बेलासम्म कोटेश्वर साइटतिर पिच गर्न ठिक्क परेर राख्छौँ। सातदोबाटोतिर बिग्रेको पिल्लर भत्काएर बनाएपछि सँगै एकै चोटि पिच हुन्छ।’ भत्काएर बनाउँदा दुई महिना, त्यसपछि अर्को एक महिना कालोपत्रे, रंगरोगन र ट्राफिक लाइट टेस्टिङ गर्दा कम्तीमा तीन महिना लाग्ने इन्जिनियर श्रेष्ठ बताउँछन्। 

तर, यो पनि अनुमान मात्रै हो। नियमित काम भएन वा अवरोध आयो भने अर्को एक वर्षसम्म धकेलिन सक्ने उनको आशय छ। ‘यो आर्थिक वर्षमा काम सकेनौँ भने त फेरी असोज कार्तिकमै पुग्छ। किनभने बाटोको केसमा पानी पर्ने मौसममा खुल्ला आकाशमा काम गर्न सकिँदैन,’ इन्जिनियर श्रेष्ठले भने।

‘क्युआरडिसीमा झा सर आउनु भयो। नत्र निर्माण सकिइसक्थ्यो,’ इन्जिनियर श्रेष्ठले भने,‘उहाँले पत्र काटेर पहिला गरेका कामहरू पनि बखेडा झिक्नुभयो। उहाँ भन्दा पहिलाका सरले गरेका काम पनि नपत्याउने फेरी परीक्षण गर, फेरी हेरौँ भन्ने ! त्यस्तो गर्दागर्दै काम ढिला भयो।’ 

ढिलाइबारे कारण के हाे ? 

निर्माण कम्पनीका इन्जिनियर श्रेष्ठले पछिल्लो समय थपिएको म्यादमा पनि काम नसकिनुमा कम्पनीको दोष नरहेको बताउँछन्। उनले सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रमा प्रभातकुमार झा निर्देशक भएर आएपछि समस्या भएको बताए। 

‘क्युआरडिसीमा झा सर आउनु भयो। नत्र निर्माण सकिइसक्थ्यो,’ इन्जिनियर श्रेष्ठले भने,‘उहाँले पत्र काटेर पहिला गरेका कामहरू पनि बखेडा झिक्नुभयो। उहाँ भन्दा पहिलाका सरले गरेका काम पनि नपत्याउने फेरी परीक्षण गर, फेरी हेरौँ भन्ने ! त्यस्तो गर्दागर्दै काम ढिला भयो।’ 

ग्वार्को फ्लाइओभर फेरि ठप्प: क्युआरडिसीको बखेडा कि ठेकेदारको बहाना?

निर्देशक झाको नियत के हो ? भन्ने थाहा नपाए पनि आफूहरूले दुःख पाएको उनले बताए । उनले भने, ‘उहाँको दिमागभित्र छिर्न सकेनौँ, मुख खोलेर त्यस्तो केही माग्नु भएको छैन। नभएको कुरा भन्नु हुँदैन।’ दुःखको समाधानका उपायबारे कम्पनीले नसोधेको पनि उनले बताए। ‘हामीले अफर पनि गरेनौँ। तर प्रस्ट कुरा के हो भन्ने नै थाहा भएन,’ इन्जिनियर श्रेष्ठले भने। फेरि दुःख दिए असारसम्ममा पनि काम हुन नसक्ने उनले बताए।

उता क्युआरडिसीका निर्देशक झाले भने यो विषयमा बोल्न मानेनन्। आफू क्युआरडिसीबाट दुई दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयमा सरुवा भएर आइसकेकाले त्यो विषयमा ‘बोल्न नमिल्ने’ बताए। ‘म त्यहाँबाट सरुवा भएर आइसके, त्यसैले बोल्न मिल्दैन,’ उनले भने। 

सडक विभागका प्रवक्ता अर्याल भने निर्माण कम्पनीका आरोपमा सत्यता नभएको बताउँछन्। ‘गर्नुपर्ने काम त गर्नुपर्‍यो नि। बाहिर आएका सबै विषय सत्य पनि होइन सबै झुटा पनि होइनन्’, उनले भने।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले ३० मिटर लम्बाई स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल निर्माण गर्ने योजना छ। यस्तै एमएसई वाल (मेकानिकल्ली स्टाब्लाइज्ड) भएको ५०० मिटर सडक कालोपत्रेसहित अप्रोच सडक निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। उक्त  सडकमा कालोपत्रे १२ सेमी अलकत्रा हुनुपर्ने, १५ सेमी डिबिएम, ३० सेमी बेस, ३० सेमी सब बेस हुनुपर्ने सम्झौता छ। साथै ट्राफिक लाइट जडान कार्य पनि कम्पनीले नै गर्नुपर्ने सम्झौता छ।

तस्बिरहरूः दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २२ माघ २०८१ १८:२७ मंगलबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School