गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झण्डै ४ लाख प्यालेस्टिनी विस्थापित



प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान दुजारिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताए ।

“गाजामा धेरै बालबालिकासहित मानिसहरू मारिइरहेका छन्, घाइते भइरहेका छन् र जीवनभरका लागि अपाङ्ग बनाइँदैछन्”, उनले भने, “गाजाभरका बाँचेकाहरू पटक–पटक विस्थापित भइरहेका छन् र झन्झन् सानो हुँदै गएको स्थानमा धकेलिएका छन् जहाँ उनीहरूको आधारभूत आवश्यकताहरू पूरा हुन सक्दैन ।”

गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झण्डै ४ लाख प्यालेस्टिनी विस्थापित

गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झण्डै ४ लाख प्यालेस्टिनी विस्थापित

शान्ति सम्झौता भङ्ग भएपछि करिब चार लाख मानिस अर्थात गाजाको जनसङ्ख्याको १८ प्रतिशत विस्थापित भएका छन् भन्दै दुजारिकले कब्जा गर्ने शक्तिका रूपमा इजरायलले विस्थापित जनसङ्ख्याको सुरक्षा र जीवित रहनका लागि कुनै व्यवस्था नगरेको बताए ।

मानवीय प्रयासहरू टुट्ने विन्दुको नजिक पुगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आवश्यक वस्तु र आपूर्तिको वितरणका लागि क्रसिङहरू तुरुन्त फेरि खोल्न आग्रह गरे । साथै, मानवीय सामग्रीहरू भित्र्याउने प्रयासहरू अवरुद्ध भएको र सहयोग आवागमन समन्वय गर्ने अधिकांश प्रयासहरू रोकिएको पनि उनले बताए ।

इजरायली सेनाले आकस्मिक चिकित्सकहरूको हत्या विषयलाई सम्बोधन गर्दै दुजारिकले राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेस विचलित गर्ने भिडियो फुटेजका बारेमा जानकार रहेका र घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गरिरहेको पुष्टि गरे ।

जारी मानवीय सङ्कटका सम्बन्धमा उनले एक महिनाभन्दा बढी समयदेखि कुनै पनि खोप, खाद्यान्न, इन्धन वा अन्य आपूर्तिहरू गाजामा प्रवेश नगरेको र पोलियो खोपका लागि पनि कुनै अपवाद नबनाइएको बताए ।

विशेष गरी गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्ने प्रयासहरू जारी रहेको बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैन्य अभियानलाई तीव्र पार्ने प्रतिज्ञा गरेका छन् ।

गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झण्डै ४ लाख प्यालेस्टिनी विस्थापित





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School