क्यालिफोर्नियाको आप्रवासन हिरासत केन्द्रमा अमानवीय व्यवहार गरिएको भन्दै आइसविरुद्ध मुद्दा दायर



प्रकाशित मिति : कार्तिक २७, २०८२ बिहीबार

क्यालिफोर्नियाको आप्रवासन हिरासत केन्द्रमा अमानवीय व्यवहार गरिएको भन्दै आइसविरुद्ध मुद्दा दायर

अमेरिकाको क्यालिफोर्निया सिटीस्थित एक आप्रवासन हिरासत केन्द्रका सात जना बन्दीहरूले अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)विरुद्ध सामूहिक मुद्दा दायर गरेका छन् । उनीहरूले केन्द्रमा अत्यन्तै अमानवीय अवस्था रहेको, सफाइको अभाव, किरा–फट्याङ्ग्राको प्रकोप, दूषित ढलको पानी र बन्दीहरूलाई खाना, पानी तथा कानुनी सहयोग नदिइएको आरोप लगाएका छन् ।

बुधबार क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा भनिएको छ  बन्दीहरूलाई चिसो मरुभूमिको रातमा लगाउने कपडा पर्याप्त छैन । गम्भीर रोगका लागि उपचारको व्यवस्था छैन । चल्न नसक्ने बन्दीहरूलाई ह्वीलचेयर उपलब्ध नगराइएको र कतिपयले आफैँ नुहाउने वा लुगाफाटा फेर्ने अवस्था समेत नभएको विवरणमा उल्लेख छ ।

वादीहरूले यो मुद्दालाई क्लास एक्सनका रूपमा मान्यता दिन माग गरेका छन्, जसले क्यालिफोर्निया सिटी इमिग्रेशन प्रोसेसिङ सेन्टरमा रहेका सबै बन्दीहरूका अधिकारको प्रतिनिधित्व गर्नेछ । सो केन्द्र बेकरसफिल्डबाट करिब ७५ माइल टाढा रहेको र निजी जेल कम्पनी कोरसिभिकद्वारा सञ्चालित छ ।

क्यालिफोर्नियाको आप्रवासन हिरासत केन्द्रमा अमानवीय व्यवहार गरिएको भन्दै आइसविरुद्ध मुद्दा दायर

मुद्दामा भनिएको छ, “प्रतिवादीहरूले सयौँ पुरुष र महिलालाई यस टाढाको मरुभूमि क्षेत्रमा थुनाउने हतारमा ती मानिसहरूको आधारभूत मानव आवश्यकता र सुरक्षा बेवास्ता गरेका छन् ।”

गत अगस्टदेखि सञ्चालनमा आएको सो केन्द्रमा सेप्टेम्बर महिनामा औसत ४८० जना बन्दी राखिएका थिए । केन्द्रमा २,५६० जनासम्म राख्ने क्षमता भए पनि हाल करिब ८०० जना त्यहाँ रहेका छन् । यसबारे आइसका प्रवक्ताले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

गत सेप्टेम्बरमा राज्यको अपाङ्गता अधिकार समूहले केन्द्रको दुई दिने निरीक्षणमा गम्भीर अनियमितता फेला पारेको थियो । जीवन रक्षक औषधिहरू समयमै वितरण नगरिएको र शल्यक्रिया आवश्यक भएका बन्दीहरूको उपचारमा समेत ढिलाइ गरिने गरिएको रिपोर्टमा उल्लेख गरिएको थियो । 

क्यालम्याटर्सका अनुसार केन्द्रको द्रुत सञ्चालन ट्रम्प प्रशासनको इतिहासकै सबैभन्दा ठुलो निर्वासन कार्यक्रमको हिस्सा हो । क्यालिफोर्निया सिटीका मेयरले सङ्घीय सरकारले राज्य कानुनअनुसार अनुमति र व्यावसायिक इजाजतबिना नै केन्द्र सञ्चालनमा ल्याएको बताएका छन् ।

मुद्दा दायर गर्ने संस्थाहरूमा कारागार कानून कार्यालय, अमेरिकन सिभिल लिबर्टीज युनियन, क्यालिफोर्निया कोलाबोरेटिभ फर इमिग्रेन्ट जस्टिस र कानुनी फर्म केकर भ्यान नेस्ट एण्ड पिटर्स एलएलपी सामेल छन् ।

यस वर्ष मात्रै आइसका हिरासत केन्द्रहरूमा १७ जनाको मृत्यु भएको छ, जसमा दुई जना क्यालिफोर्नियामा छन् । मुद्दाका एक वादी युरी एलेक्जान्डर रोक क्याम्पोसले मुटु रोगको औषधि दिन ढिलाइ गर्दा आफू दुई पटक अस्पताल भर्ना हुनुपरेको बताएका छन् ।

मुद्दामा भनिएको छ, “अन्तिम पटक अस्पतालमा चिकित्सकले यदि पुनः यस्तै भयो भने जीवन गुम्न सक्ने भन्दै उनलाई चेतावनी दिएका थिए । तर, अहिले पनि उनलाई कार्डियोलोजिस्ट देख्न दिइएको छैन । औषधि पनि नियमित रूपमा पाउँदैनन् ।”

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment