१७ हजार आप्रवासीहरूको व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने क्यालिफोर्निया राज्यको तयारी



प्रकाशित मिति : कार्तिक २७, २०८२ बिहीबार

१७ हजार आप्रवासीहरूको व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने क्यालिफोर्निया राज्यको तयारी

अमेरिकाको क्यालिफोर्निया राज्यले करिब १७ हजार व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने तयारी गरेको छ। रद्द गर्न लागिएका यी अनुमति पत्र सेमिट्रक र बसजस्ता सवारीसाधन चलाउने आप्रवासीहरूलाई दिइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैर कानुनी रूपमा देशमा रहेका आप्रवासीहरूले गलत रूपमा अनुमति पाएको भन्दै चासो व्यक्त गरेपछि यो कदम उठाइएको हो।

तर, गभर्नर गेभिन न्युजमको कार्यालयले भने राज्यको निर्णय ट्रम्प प्रशासनको दबाबका कारण नभई कानुनी त्रुटिका कारण गरिएको दाबी गरेको छ। राज्यको यातायात एजेन्सीका अनुसार ती चालक अनुमति पत्रहरूको म्याद चालकहरूको अमेरिकी बसोबास अनुमति अवधि भन्दा बढी रहेको पाइएको थियो । त्यसपछि क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेहिकल्स (डिएमभी)ले समीक्षा प्रक्रिया थालेको हो।

अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीले क्यालिफोर्नियाले अवैधानिक रूपमा अनुमति पत्र वितरण गरेको स्वीकार गरेको बताएका छन्। उनले भने, “क्यालिफोर्निया र गभर्नर न्युजम रंगेहात पक्राउ परेका छन्। अब १७ हजार अवैधानिक ट्रक चालक अनुमति पत्रहरू रद्द हुँदै छन्।”

१७ हजार आप्रवासीहरूको व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने क्यालिफोर्निया राज्यको तयारी

डफीले क्यालिफोर्नियामाथि कडा कारबाहीका रूपमा ४० मिलियन अमेरिकी डलरको सङ्घीय कोष रोक्का गरिसकेका छन् । यदि राज्यले सबै अवैध अनुमति पत्र रद्द नगरे बाँकी १६० मिलियन डलर पनि कटौती गर्ने उनले चेतावनी समेत दिएका छन् ।

उनले यसअघि व्यावसायिक चालक अनुमति पत्रका लागि योग्यता कडा बनाउने नयाँ नियमहरू घोषणा गरेका थिए। ती अनुसार अब केवल तीन किसिमका भिसाधारी आप्रवासीहरू [एच-२ए (कृषि कामदार), एच-२ बी (गैर-कृषि कामदार) र इ-२ (अमेरिकामा लगानी गर्ने व्यक्ति)] लाई मात्र व्यावसायिक चालक अनुमति पत्रका लागि योग्य मानिनेछ।

तर, गभर्नर न्युजमको कार्यालयले भने सङ्घीय सरकारकै निर्देशन अनुसार अनुमति पत्र जारी गरिएको दाबी गरेको छ। न्युजमका प्रवक्ता ब्रान्डन रिचर्ड्सले भने, “फेरि एक पटक सीन डफीले झूट फैलाएका छन्, आफ्ना राजनीतिक उद्देश्य पूरा गर्न असत्य प्रचार गर्दै छन्।”

गत केही महिनामा फ्लोरिडा, टेक्सास, अलाबामा र क्यालिफोर्नियामा कागजातविहीन आप्रवासी चालक संलग्न घातक ट्रक दुर्घटनाहरू भएपछि सङ्घीय सरकारले देशव्यापी अडिट थालेको थियो। त्यसकै परिणामस्वरूप अहिले क्यालिफोर्नियामा १७ हजार अनुमति पत्र रद्द गर्न लागिएको हो।

राज्य सरकारले भने यी चालकहरू सबैसँग वैध कार्य अनुमति रहेको र अब ६० दिनभित्र नयाँ प्रक्रिया सुरु गरिने जनाएको छ। 

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment