मानसिक स्वास्थ्य भनेको रोग नलाग्न‘ मात्र नभई शारिरिक, मानसिक, सामाजिक रुपमा पनि सुस्वास्थ्य रहनु हो तर कहिले काही शरीर ठिक हुदा पनि मन दुखि हुने , निरास हुने , चिन्ता लाग्ने , रिस धेरै उठ्ने , डर लाग्ने , निद्रामा समस्या हुन सक्दछ त्यसैले मानसिक स्वास्थ्य समस्या भनेको आफुलाई कठिन अनुभव हुनु जसले गर्दा हामीलाई हाम्रो जीवनमा अगाडि बढ्न गाह्रो बनाएको हुन सक्दछ जसमा पीडादायी भावनाहरू र विचारहरू समावेश हुन्छन् जुन हामी सबैले कहिलेकाहीं अनुभव गरेको पनि हुन सक्छौ जस्तै निद्रामा समस्या , निराशा र डर आदि। यी समस्या धेरै लामो समय सम्म रही रहनु र जसले गर्दा हाम्रो दैनिक जीवनमा असर गरि रहेको छ भने मनको समस्या वा मानसिक समस्या हुन सक्दछ।केही मानसिक स्वास्थ्य समस्याहरूले हामीलाई हाम्रो जीवनमा थप गम्भीर संकट र समस्याहरू निम्त्याउछन।
सेप्टेम्बर महिना विश्व आत्महत्या रोकथाम तथा जनचेतना महिनाको रुपमा चिनिन्छ विषेश गरि यो महिनामा भ्रम हटाउन र चेतना ल्याउने, जगाउने कार्यक्रमहरु ग्रिन्छ । सन २०२४ को थिमले आत्महत्या सम्बन्धिका मर्मलाई हटाउने वा परिवर्तन गर्ने, जनमानसमा चेतना जगाउने र आत्महत्या न्यूनिकरण गर्ने संस्कृतिको सृजनागर्ने लक्ष्य राखेको छ । आत्महत्यालाई परिवर्तन गर्न सबै व्यक्ति, समुदाय, संस्था र सरकारको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले यस २०२४ को थिम “आत्महत्या रोकथाम ’bout संवाद सुरु गरौ ः दृस्टीकोण बदलौ । भन्ने रहेको छ ।
आत्महत्या भनेको कुनै पनि व्यक्तिले जानी जानी आप्mनो जीवनलाई समाप्त गर्ने भन्ने बुझिन्छ । यो धेरै देशहरुमा १५ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरुको प्रमुख मृत्युको कारण बनेको छ । म आफै मानसिक क्षेत्रमा काम गर्दै जादा आत्महत्या प्रयास गरेर आएका व्यक्तिहरुले घर, परिवार, समाज, देश र साथिभाइले आफ्नो समस्यालाई नबुझेको, महसुस नगरेको साथै समस्या समाधानका कुनैपनि उपाए नदेखेर र त्यो दुख र पिडा सहन नसकेर गरेको बताउनुहुन्छ ।
अहिले म मनमा्ेहन अस्पतालमा मनोविदको पदमा काम गर्दै आइरहेकी छु । मानसिक स्वास्थ्य क्षेत्रमा लागेको करिब १० वर्ष भयो । यसै सन्दर्भमा आत्महत्या प्रयास गरेर आएका विरामीहरुसग कुरा गर्दै जादा धेरै जसो १५ देखि ४० वर्ष उमेरका छन् । काम गर्दै जादा आत्महत्याको कारण मध्य उदासिनता प्रमुख कारण र त्यसैगरी रक्सी र अन्य लागु औषधको नसामा भएकाहरुमा , दीर्घकालीन रोग जस्तै मृर्गौला प्रत्यारोपणका बिरामी, दमका बिरामी, मेरुदण्डका बिरामी कलेजोका बिरामी, क्यान्सरका बिरामी आदि । त्यसैगरि जटिल मानसिक स्वास्थ्य समस्या जस्तै साइकोसिस, सिजोफ्रेनिया, गम्भीर उदासिनता र सामाजिक , व्यक्तिगत वा मनोसमाजिक समस्या जस्तै वैवाहिक जिवन आनन्दमय नहुनु, बाहिरि बैवाहिक सम्बन्ध हुनु, सम्बन्धमा शंका धेरै गर्नु, यौन हिंसा , आमा बुबासग सम्बन्ध राम्रो नहुनु , जीवनमा असफल भएको महसुस हुनु, सामाजिक अपहेलना भएको पाउनु । त्यसैगरि धेरै जसो आवेसमा आएर रिस नियन्त्रण गर्न नसक्दा पनि घटना भएको पाउदछु ।
किशोर अवस्थाका बालबालिकामा आत्महत्याका जोखिम कारकहरू छन् जस’bout सचेत हुनु पर्दछ । जस्तै
आत्मिया मानेको व्यक्तिको मृत्यु, सम्बन्धविच्छेद, सम्बन्धमा समस्या, वा प्रियजनसंग मनमुटाव , सामाजिक संजालको अत्याधिक प्रयोग , दुर्व्यसनी , धम्की व्यक्तिगत वा अनलाइन , लैङ्गिक पहिचान वा यौन झुकावका कारण भेदभाव, अस्वीकार वा शत्रुता जातिवाद, भेदभाव र सम्बन्धित असमानता र खुलेर कुरा गर्न नसक्नु मानसिक स्वास्थ्य वा आत्महत्याको ’boutमा कुरा गर्नु गलत वा लाजमर्दो हो भन्ने विश्वास , हिंसा वा घरेलु दुर्व्यवहारले पीडित वा आर्थिक अस्थिरताको चिन्ता र भविष्य प्रतिको असुरक्षाले निम्त्याउँछ .
हामीले आत्महत्या रोकथामको लागि जोखिममा परेका व्यक्तिले देखाउने संकेतमा ध्यान दिनु आवश्यक छ जस्तै व्यक्तिले केहि प्रतिक्रिया नदिनु, आफ्नो सरसफाइमा ध्यान नदिनु, संवेगात्मक रुपमा सुन्य हुनु, केहि पनि कुरामा रुचि नदेखाउने, आफु मूल्यहिन भन्ने, मेरो केहि काम छैन भन्ने, आफु मर्ने’bout कुरा गर्ने, सुनाउने , आफ्ना मूल्यवान बस्तुहरु अरुलाई दिने, आफूलाई हानी पुरयाउने, बाचेर केही काम छैन भनेर सुनाइरहने, आफुलाई प्रिय लागेको व्यक्ति अप्रत्यासित रुपमा भेट्ने, भोली के हुन्छ थाहा छैन जस्ता शब्द प्रयोग गर्ने आदि रहेका छन् ।
त्यसैले त्यस्तो कसैले भनेको सुनेमा हामीले उहाको परिवार वा स्वास्थ्य सेवासम्म पुरयाइदिन सक्यौ भने हामी आत्महत्या रोकथाम गर्न सक्छौं । नेपाल प्रहरीको तथ्याक अनुसार नेपालमा विगत पाच वर्षमा आत्महत्याको औषत वार्षिक बृद्धि ९.२ प्रतिशत रहेको छ र जुन सन् २०२१ म १४ प्रतिशत पुगेको छ । नेपालमा सन् २०२१ बाट ११६६ चार अडको हेल्पलाइन नंम्बरले धेरै सहयोग पुरयाइरहेको छ । यो नम्बर ११६६ मा फोन गर्दा पैसा लाग्दैन । आत्महत्याको ’boutमा सोधिने प्रश्नले व्यक्तीलाई आत्महत्या गर्न उक्साउदैन बरु उहाहरुलाई अरुले सुनिएको बुझिदिएको आभास हुन्छ । त्यसैले आत्महत्या ’bout खुलेर कुरा गर्नुपर्दछ ।
अस्पतालमा भर्नाहुनु भएका या ओपिडी सेवामा आउनु भएका व्यक्तिहरु सँग कुरा गर्दै जादा एकलोपन नै प्रमुख कारण पाएकी छु। । त्यसैले केही त्यस्ता संकेत देखेमा मनोविदको वा मनोचिकित्सक वा मानसिक स्वास्थ्यकर्मिसग भेट गराउन सहयोग गर्नु पर्दछ । आत्महत्या रोकथाम गर्न सकिन्छ । मानसिक समस्या देखिएका र भएको व्यक्तिलाई भावनात्मक सहयोग दिन सक्नुपर्दछ । यसमा मनोविद मनोविमर्शकर्ताले विभिन्न आयद्धारा उहाहरुलाई आत्महत्याको सोच र समस्यालाई हेर्ने दृस्टीकोणमा परिवर्तन गर्न सहयोग गर्नुहुन्छ। त्यसै गरि मनोचिकित्सक डक्टरले कुन रोग के समस्या पत्ता लगाई, औषधी दिइ सहयोग पुरयाउनुहुन्छ । त्यसैले मानसिक समस्यामा पर्नु भएका व्यक्तिलाई उहाको भावना कदर गर्दै मनोविद र मनोचिकित्सक सामु जान प्रेरित गर्नु हामी सबैको कर्तव्य हो । यसो गर्न सकेमा हामी आत्महत्या र कुनै मानसिक समस्याले दुख दिएका व्यक्तिलाई सहज महसुस गराई समयमै रोग निराकरण गर्न सक्दछौं र यो हामी सबैको जिम्मेवारी पनि हो ।
आत्महत्याको जोखिम कम गर्न हामि सबैको महत्तोपुर्ण भूमिका हुन्छ। आत्महत्या प्रायः रोकथाम गर्न सकिन्छ र यसलाई रोक्नको लागि व्यक्ति, सम्बन्ध, समुदाय र समाज स्तरमा हुन सक्छ। आत्महत्या एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो जसले व्यक्ति, परिवार र समुदायमा दीर्घकालीन प्रभाव पार्न सक्छ। आत्महत्या रोक्न समाजका सबै तहमा रणनीति आवश्यक छ. ।आत्महत्याको समस्या न्यूनीकरण गर्न तल उलेखित कुरामा ध्यान दिनु पर्दछ
१. मानसिक रोग को उपचार गर्नु पर्दछ जस्तै मन निरास हुने, केहि कुरामा रमाइलो नलाग्ने , चिन्ता हुने , दिक्क लाग्ने , जीवन व्यर्थ लाग्ने , केहि गर्न आट नआउने , कसैको वास्ता नहुने , सरसफाइमा ध्यान नजाने , एक्लै बस्न मन लाग्ने , धेरै रिस उठ्ने , अध्यारोमा बस्न मन लाग्ने , निद्रामा समस्या र अन्य मनका अ स्वोभाविक लक्षण आदि
२. जोखिममा रहेका व्यक्तिहरूको सामना गर्ने रणनीतिहरू सुधार गर्दै भावनात्मक सहयोग पुर्याउने।
३. आत्महत्याका जोखिम कारकहरू घटाउने जस्तै ः लागु पदार्थको दुरुपयोग, गरिबी ,सामाजिक जोखिम , सामाजिक संजाल र परिवारको भूमिका रहेको छ।
गरिवी :
सरकार बाट गरिवी हटाउन सिप मुलक काममा लगाउने र त्यस तालिमको योजना बनाउने र उनीहरुलाई लिन प्रोत्साहित गर्ने गर्नु पर्दछ।
सामाजिक
हामि समाजमा बस्छौ तर यदि समाजले नबुझ्नु , लान्छना लगाउनुले पनि आत्महत्याको प्रयाश गरेको पाएकि छु त्यसैले कसैले लाञ्छना लगाउने नगरौ , अपहेलना नगरौ , हामीले उनीहरुको अवस्था बुझिदिनु पर्दछ गल्ति हुदा कुरा काट्नुको साटो सम्झाउनु पर्दछ । कुनै पनि व्यक्तिको मान सम्मानमा आच आउन दिनु हुदैन जसले गर्दा हामि आत्माहत्या न्यूनीकरण गर्न सक्दछौ।
सामाजिक संजाल
सामाजिक संजालको चाहिने भन्दा धेरै प्रयोग गर्नु जसले गर्दा दैनिक जीवनमा समस्या हुनु र मोवाइलमा रमाउनु तर मानिससंग भेटेर कुरा गर्न नसक्नु , एक्लै बस्नु , काही नजानु पनि अहिले समस्या बनेको छ।त्यसैले प्रभावकारी रुपमा सामाजिक संजाल चलाउने गर्नु पर्दछ जसले गर्दा हामि शारीरिक , मानसिक र सामाजिकरुपमा स्वस्थ हुन सक्दछौ ।
परिवारको भूमिका
किशोरकिशोरीहरूको आत्महत्या विश्वव्यापी समस्या बनेको छ। बढ्दो प्रतिस्पर्धा, अन्योल र सम्बन्धमा जटिलताले गर्दा अहिलेका किशोरकिशोरीहरूको जीवन गाह्रो भइरहेको छ। त्यसैले किशोरीहरूको आत्महत्याको विचारमा अभिभावकले बुझिदिनु धेरै महत्तोपुर्ण छ।नकरात्मक अभिभावकत्व शैली किशोर तथा किसोरिको आत्महत्यासँग जोडिएको छ जस्तैः बालबालिकालाई समय नदिनु , चाहिने भन्दा धेरै माया गर्नु , कुरा नबुझ्नु , आफुले दुख गरेको कुरा पटक पटक सुनाउनु जसले गर्दा बच्चामा हिन्नता बोधको विकास हुनु , पिट्न्नु , गालि गर्नु , अपहेलना गर्नु , उनीहरुको भावना नबुझिदिनु आदि हुन्। त्यसैले परिवारले यी कुरामा ध्यान दिनु आवस्यक छ जस्तै ः प्रभावकारी समय दिनु , कुरा सुनिदिनु , बुझिदिनु , कहिले गल्ति हुदा समय दिएर कसरि भयो नहुनलाई र नदोहोरिनलाई के गर्न सकिन्छ ? भनेर सम्झाउनु।यदि बच्चाले बाच्न मन छैन भन्दा, यस्तो कुरा नगर नभन्ने , मन बलियो बनाउ नभन्ने , मलाई कति गार्हो छ भन्नुको साटो बरु एकछिन समय दिई के भयो म छु नि भन भन्ने अनि आवस्यक सहयोग पुर्याउने आफुले नसक्दा अस्पताल लाने गर्नु पर्दछ।
समानुभूति र बुझिदिने प्रयाश गरौः
जब तपाईंको बच्चाले आत्महत्याको ’boutमा कुरा गर्नुहुन्छ , तपाईंलाई छक्क, चोट लागेको वा रिस उठ्न सक्छ। तपाईले देख्नु भएको कुरालाई अस्वीकार गर्न वा आफ्नो बच्चासँग बहस गर्न पनि सक्नुहुन्छ। त्यसैले हामीले बच्चाको आवश्यकतामा सबैभन्दा पहिले ध्यान केन्द्रित गरि बुझिदिनु आवस्यक छ।
४. वर्तमान समस्याहरू समाधान हुन्छन र दुख पछि सुख आउछ भनि आशावादी बनाउन कोसिस गर्नु पर्दछ।
५. आत्महत्या हटलाइन तथा हेल्पलाइन नम्बरमा कल गर्न सहयोग गर्नु पर्दछ जस्तै ११६६ जुन रास्ट्रिय हेल्पलाइन नम्बर हो जुन मानसिक अस्पतालबाट भैरहेको छ जसमा कल गर्दा पैसा लाग्दैन।
जीवनशैलीमा परिवर्तन
निद्रा र व्यायामलाई प्रोत्साहन दिनुहोस्।
निद्रामा समस्या भैरहेको छ भने डक्टरसंग सम्पर्कमा रहनुहोस। मानसिक स्वास्थ्यको लागि निद्रा महत्त्वपूर्ण छ। स्वस्थ निद्राको बानीलाई प्रोत्साहन गर्नुहोस् ।शारीरिक गतिविधिले मानसिक स्वास्थ्य लक्षणहरू सहज बनाउँछ र स्वास्थ्यलाई राम्रो गर्दछ। चाहे दैनिक हिड्न बाहिर निस्कनु होस्, जिम कसरत, अनलाइन व्यायाम कक्षा वा अन्य केही, व्यायाम गर्ने बानीको विकास गर्नुहोस्। व्यायामले एन्डोर्फिन उत्पादन गर्दछ जसले हाम्रो मनलाई राम्रो गराउदछ ।
आत्महत्याका कारक जस्तै : मानसिक समस्या , पारिवारिक समस्या , सामाजिक समस्यालाई बुझी त्यस सम्बन्धि देखिएका चेतावनीका संकेतलाई ध्यान दीन सकेमा आत्महत्या रोक्न सकिन्छ र यो हामि सबैको कर्तब्य हो।
शर्मा मनमोहन मेमोरियल शिक्षण अस्पतालकी मनोविद हुन्
(Visited 3 times, 1 visits today)