किन ह्वात्तै घट्यो अदुवा निर्यात ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ५२ करोड ७५ लाख रुपैयाँको अदुवा निर्यात गरेको छ।
  • अदुवा उत्पादन घट्ने मुख्य कारण समयमै मल नपाउनु र बजारको समस्या हो भने किसानले गानो कुहिने रोगलाई मुख्य समस्या बताउँछन्।
  • नेपाल विश्वमा पाँचौं ठूलो अदुवा उत्पादक राष्ट्र हो र यसको उत्पादन र निर्यात क्रमशः बढ्दै गएको छ।

१५ जेठ, काठमाडौं । गत वर्षसम्म नेपालमा उत्पादित अदुवाको विश्व बजार निकै नै फस्टाएको थियो । तर, एक्कासि यो बजार आधाभन्दा धेरै परिमाणले खस्किन पुगेको छ ।

नेपालले वार्षिक सवा अर्ब रुपैयाँ हाराहारीमा अदुवा विभिन्न देशमा निर्यात गर्दै आएको थियो । तर, चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–चैत) सम्मको तथ्यांकले भने अदुवा उत्पादक किसान, व्यवसायी र सम्बन्धित निकाय निराश छन् ।

भन्सार विभागको तथ्यांक केलाउँदा चालु आव १० महिनामा ५२ करोड ७५ लाख २२ हजार रुपैयाँ बराबरको ३ हजार १ सय ६१ टन अदुवा विभन्न देश निर्यात भएको छ ।

गत आव सोही अवधिमा भने १ अर्ब ७ करोड २४ लाख ५४ हजार रुपैयाँ बराबरको ९ हजार ९ सय ७० टन अदुवा निर्यात भएको थियो ।

नेपालबाट भारत, जापान, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, जर्मनी लगायत देशमा अदुवा निर्यात हुने गरेको छ ।

कुन वर्ष कति अदुवा निर्यात ?

आव २०७७/७८ मा ४४ करोड ८३ लाख ६३ हजार रुपैयाँको ६ हजार टन अदुवा निर्यात भएको थियो । यस्तै २०७८/७९ मा ६४ करोड १४ लाख ५६ हजार रुपैयाँको ११ हजार ९ सय ६९ टन निर्यात भएको थियो ।

त्यस्तै आव २०७९/८० मा १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँको २३ हजार १४ टन र गत आव २०८०/८१ मा १ अर्ब १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको १० हजार ७ सय ७९ टन अदुवा निर्यात भएको तथ्यांक सरकारसँग छ ।

नेपालले कति अदुवा आयात गर्छ ?

मुलुकबाट अदुवा निर्यात हुँदा सँगसँगै आयात पनि भएको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार आव २०७७/७८ मा १७ करोड ५७ लाख १४ हजार रुपैयाँ बराबरको ८ सय ८४ टन अदुवा आयात भएको छ ।

यस्तै २०७८/७९ मा १२ करोड ९१ लाख ५६ हजारको ५ सय १५ टन, २०७९/८० मा ११ करोड ९१ लाख ९७ हजारको ७ सय ५० टन र २०८०/८१ मा २६ करोड ५० लाख २७ हजार रुपैयाँको ८ सय ४२ टन अदुवा आयात भएको देखिन्छ ।

यस्तै चालु आव १० महिनामा ६ करोड २९ लाख ३८ हजार रुपैयाँ बराबरको १ सय ९७ टन अदुवा आयात भएको छ ।

आखिर किन यसरी ह्वात्तै अदुवा निर्यात खस्कियो त ? यसबारे अदुवा उत्पादक किसान, व्यवसायी र सम्बन्धित निकाय के भन्छन् ?

अदुवा उत्पादन घट्यो : किसान

सल्यान बागचौर नगरपालिकाका अदुवा उत्पादक किसान दलबहादुर केसी गत वर्षको तुलनामा यो वर्ष अदुवा उत्पादन घटेको बताउँछन् ।

उनका अनुसार खेतीका लागि मुख्य समस्या समयमै रासायनिक मल नपाउनु हो । यसपालि उनले ६ रोपनी जग्गामा ३० क्विन्टल (३ टन) अदुवा लगाएका छन् । त्यसबाट १ सय क्विन्टल (१० टन) अदुवा उत्पादन हुने उनको अनुमान छ ।

‘अदुवा उत्पादन भए पनि बेच्ने बजारको समस्या छ, गाउँकै व्यापारीले संकलन गरेर लैजान्छन्,’ केसीले अनलाइनखबरसँग भने, ‘हामीले स्थानीय तहबाट पनि कुनै साथ र सहयोग पाएका छैनौं । खेती भएको ठाउँबाट पनि मोटरबाटोसम्म अदुवा बोकेर झार्नुपर्छ । बोक्नेलाई प्रतिबोरा ४० रुपैयाँ तिर्नुपर्छ ।’

यो सिजनमा केसीले ६० क्विन्टल (६ टन) अदुवा बेचेका छन् । एक क्विन्टलको ७ हजार रुपैयाँका दरले अदुवा बेचेको उनले बताए ।

‘अघिल्लो वर्ष एक क्विन्टल अदुवाको १८ हजार रुपैयाँ पाइएको थियो, यो वर्ष अदुवाले भाउ पाएन,’ उनले सुनाए, ‘अघिल्लो वर्षको तुलनामा उत्पादन ४८ क्विन्टलले घट्यो ।’ गत वर्ष केसीले २ सय क्विन्टल अदुवा लगाएका थिए ।

अदुवा निर्यातका लागि भारतीय बजारमा मात्रै निर्भर हुनुपर्ने र त्यहाँको उत्पादन बढी हुनासाथ नेपालको निर्यात घट्ने प्रमुख समस्याका रूपमा रहेको अदुवा उत्पादक संघ अध्यक्ष नगेन्द्र खड्का बताउँछन् ।

अदुवा भण्डारणका लागि पनि समस्या रहेको केसीको गुनासो छ । ‘बिक्री भएको त भइहाल्यो, बिक्री नभएको अदुवा कसरी जोगाउने भन्ने हुन्छ,’ उनी भन्छन्, ‘जोगाउनका लागि खाल्डो खन्ने हो, पौने मिटरजति गहिराइ, एक मिटर लम्बाइ र चौडाइ भएको खाल्डो खनेर गाड्नुपर्छ ।’

अदुवामा गानो कुहिने रोग लागेका कारण उत्पादन घटेको उनले बताए । कृषि विज्ञको सल्लाह अनुरूप औषधि छरे पनि त्यसले खासै काम नगरेको उनको भनाइ छ ।

अदुवा उत्पादक किसानलाई अदुवाको गानो कुहिने, ढुसी लाग्ने कारण समस्या थपेको छ । अर्को, अदुवाको बजार राम्रो हुँदाहुँदै यसको बीउ उत्पादन र संरक्षणमा समस्या रहेको किसानहरूको गुनासो छ ।

भारतीय बजारको भर पर्दा समस्या : अदुवा उत्पादक संघ

अदुवा उत्पादक संघ अध्यक्ष नगेन्द्र खड्का अदुवा उत्पादक किसान सरकारको दृष्टिमा पर्न नसकेको र यति धेरै निर्यात हुँदा पनि कुनै सेवा सुविधा दिन नसकेको बताउँछन् ।

अदुवा निर्यातका लागि भारतीय बजारमा मात्रै निर्भर हुनुपर्ने र त्यहाँको उत्पादन बढी हुनासाथ नेपालको निर्यात घट्ने प्रमुख समस्याका रूपमा रहेको उनी बताउँछन् ।

‘अहिले भारतमा अदुवा खेती चिया बगान झैं फैलिएको छ,’ अध्यक्ष खड्काले अनलाइनखबरसँग भने, ‘भारत सरकारले किसानलाई मल, पानी, बीउ लगायत हरेक कुरामा सहयोग गर्छ । उनीहरूको उत्पादनमा लागत पनि अत्यन्तै कम हुन्छ । हाम्रोमा किसानको लागत नै बढी परेको छ । तथ्यांक हेर्ने हो भने भारतबाटै अदुवा आइरहेको देखिन्छ । हाम्रो बजार नै साँघुरो हुँदै गयो ।’

किन ह्वात्तै घट्यो अदुवा निर्यात ?

उनका अनुसार पहिले हेटौंडादेखि धादिङमा उत्पादन भएको अदुवा भारतको कोलकाता निर्यात हुन्थ्यो । तर, अहिले कर्नाटकमै उत्पादन भएको अदुवा त्यहाँ खपत हुन्छ ।

‘अहिले किसान सबै विदेश पलायन हुँदैछन्, नेपालको राजनीतिले काम गरी खानेलाई पनि नगरी खाने अवस्थामा पुर्‍याएको छ,’ उनी भन्छन्, ‘पहाडका हरेक बारी बाँझा छन्, काम गर्ने मान्छे नै छैनन् । आयातले धानेको देशमा निर्यात हुन सक्ने वस्तु पनि समस्यामा छन् ।’

अदुवा उत्पादनमा नयाँ ढंगबाट जान राज्यले किसानलाई अनुदान, विकसित जातको बीउ, मल, औषधि लगायत समयमै उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

किसानहरू अन्य बालीतिर आकर्षित भएका कारण पनि अदुवा उत्पादन घटेको उनको बुझाइ छ । यो वर्ष उत्पादन अझै घट्ने अनुमान गरिएको उनी बताउँछन् ।

कति क्षेत्रफलमा हुन्छ अदुवा खेती ?

नेपालको मध्यपहाडी क्षेत्रमा उत्पादन हुने अदुवा नगदेबालीका रूपमा किसानको गतिलो आम्दानीको स्रोत बनिरहेको छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका बाली विकास अधिकृत विकास खरेल अदुवा खेतीको क्षेत्रफल, उत्पादन र निर्यात पनि बढेको देखिने बताउँछन् ।

विशेषगरी पाल्पा, इलाम, सल्यान, नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा, भोजपुर, उदयपुर, रुकुम लगायत जिल्लामा व्यावसायिक खेतीका रूपमा अदुवा उत्पादन हुन्छ ।

नेपालमा वार्षिक २१ देखि २३ हजार हेक्टर क्षेत्रफलमा करिब ३ लाख टन अदुवा उत्पादन हुँदै आएको सरकारी तथ्यांकले देखाउँछ ।

अदुवाको बीउ स्थानीय जातबाट बनाएको ‘कपुरकोट–१’ र ‘कपुरकोट–२’ जात हुन्छ । यी जातबाहेक किसानले परम्परागत रूपमा लगाउँदै आएका अन्य जात पनि छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक अध्ययन पुस्तिकामा नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत निर्यात हुने उल्लेख छ । बाँकी ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुने गरेको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले तयार पारेको प्रतिवेदन अनुसार नेपाल विश्वमा धेरै अदुवा उत्पादन गर्ने राष्ट्रको सूचीमा ५ नम्बरमा परेको छ । भारत, नाइजेरिया, चीनपछि धेरै अदुवा उत्पादन गर्ने मुलुकमा नेपाल पनि रहेको एफएओ प्रतिवेदनले देखाउँछ ।

अदुवा खेतीको क्षेत्रफल र उत्पादन बढ्दै

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका बाली विकास अधिकृत विकास खरेल अदुवा खेतीको क्षेत्रफल, उत्पादन र निर्यात पनि बढेको देखिने बताउँछन् ।

उनका अनुसार निर्यातमा विगत ५–६ वर्षको प्रवृत्ति हेर्दा १०–११ हजार टन निर्यात भएकोमा अघिल्लो आर्थिक वर्ष २३ हजार टन निर्यात भयो । यो हुनुको कारण भारतमा अदुवामा गानो कुहिने समस्याका कारण उत्पादन घटेपछि माग बढेर हो ।

‘अदुवामा गानो कुहिने समस्या मेजर रोग हो, यसले गर्दा भारतको उत्पादनमा धेरै ठूलो ह्रास आयो,’ उनी भन्छन्, ‘भारतमा अदुवाको माग बढेपछि नेपालको अदुवाले राम्रो मूल्य पनि पायो । निर्यात पनि ठूलो परिमाणमा भयो ।’

विगतका निर्यात ट्रेन्डले भारतमा उत्पादन कम हुनासाथ नेपालको निर्यात ह्वात्तै बढेको देखिने खरेल बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग राम्रो भएकाले नेपालको अदुवालाई निर्यात समस्या नहुने उनको भनाइ छ । नेपालका लागि निर्यात गर्ने सजिलो बजार भारत हो । भारतीय बजारमा खपत बढी हुने हुँदा माग पनि राम्रो छ ।

अरू देशमा पनि निर्यात गर्न सकिन्छ तर त्यसका लागि त्यहाँको मापदण्ड पूरा गर्नुपर्ने खरेल बताउँछन् ।

‘हाम्रो सबै अदुवा उत्पादन भारतीय बजारमा नै खपत हुने हुँदा अन्य विकल्प खोजिएको छैन,’ उनी भन्छन्, ‘यदि भारतले नलिएको खण्डमा हामीले सुकाएर सुठो बनाउन सक्छौं र त्यसलाई अन्य देशमा निर्यात गर्न सकिन्छ । सुठोको तौल कम हुने हुँदा ढुवानी लागत कम हुन्छ । मेरो विचारमा अदुवाका लागि बजार समस्या हुँदैन ।’

अन्य देश निर्यातमा ढुवानी लागत बढी हुने हुँदा भारतीय बजार उपयुक्त देखिएको उनको भनाइ छ ।

नेपालमा कति फल्छ अदुवा ?

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ हजार ८ सय १२ हेक्टर क्षेत्रफलमा २ लाख २९ हजार २ सय ६ टन अदुवा उत्पादन भएको थियो ।

किन ह्वात्तै घट्यो अदुवा निर्यात ?

 

त्यस्तै २०७८/७९ मा २२ हजार ४ सय ४१ हेक्टर क्षेत्रफलमा २ लाख ८७ हजार ८ सय १३ टन र २०७९/८० मा २३ हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा ३ लाख ९ हजार ५ सय ३३ टन अदुवा उत्पादन भएको छ ।

तथ्यांक हेर्दा नेपालमा वर्षेनि अदुवा उत्पादन क्षेत्रफल र उत्पादन परिमाण बढेको देखिन्छ ।

छिमेकी भारतमा अदुवा उत्पादन अवस्था

सन् २०१५ मा छिमेकी भारतमा ७ लाख ६० हजार टन अदुवा उत्पादन भएको तथ्यांक छ । २०२३ मा आइपुग्दा उत्पादन बढेर २४ लाख ३१ हजार टन पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको सबैभन्दा ठूलो अदुवा उत्पादन गर्ने राज्य मध्यप्रदेश हो, जहाँ हरेक वर्ष ठूलो मात्रामा अदुवा खेती गरिन्छ र त्यहाँबाट विभिन्न राज्य र विदेशमा अदुवा आपूर्ति गरिन्छ । यस्तै आन्ध्र प्रदेश र केरलमा पनि अदुवा उत्पादन हुन्छ । मध्यप्रदेश राज्यमा ६ लाख ९२ हजार १ सय १० टनसम्म अदुवा उत्पादन रेकर्ड गरिएको छ ।

भारतीय बजारमा अदुवा किलोको न्यूनतम ४५ देखि अधिकतम २ सय ४० भारु अर्थात् ७२ देखि ३ सय ८४ रुपैयाँसम्म पर्ने गर्छ । यसको मूल्य सहर अनुसार फरक छ ।

अदुवाको विश्व बजार

सन् २०२४ मा अदुवाको अन्तर्राष्ट्रिय बजारको आकार ३ अर्ब ४० करोड अमेरिकी डलर (४ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ) बराबर रहेको छ ।

यो आकार सन् २०३३ सम्म वार्षिक ६.७ प्रतिशतका दरले बढेर ६ अर्ब १० करोड डलर (८ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ) बराबर पुग्ने अध्ययनले देखाएका छन् ।

 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School