काठमाडौंको नदी किनारका अव्यवस्थित बस्ती सार्ने मन्त्रीको दावी


२८ चैत्र, काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई व्यवस्थापन गरिने बताएका छन् ।अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार मन्त्री बुढाले प्रक्रिया पूरा गरेर अव्यवस्थित बस्तीलाई व्यवस्थापन गरिने दावी गरे ।

नेपालको संविधानले आवासको मौलिक हक स्थापित गरेकाले वास्तविक घरवारविहीन र सुकुम्बासीको पहिचान गरेर बसोबास गराउने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै उनले सबैलाई आवास दिने बताए । खोला किनारमा रहेकाहरुको व्यवस्थापन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

‘नदी किनारमा निर्धारित दूरीसम्म स्थायी संरचना बनाउन नपाइने सरकारी मापदण्ड भएपनि यसको कार्यान्वयनमा सरकारी निकायबीच प्रभावकारी समन्वय हुन नसक्नु दुर्भाग्यपुर्ण हो, उनले भने,‘यसमा कसका के कति कमजोरी रहे, आत्मसमीक्षा गरौं । ’

धार्मिक एवम् सास्कृतिक रुपमा समेत बागमती सभ्यता राज्यको अमूल्य धरोहर भएकाले यसको विकास र सम्बद्र्धनमा आमजन समुदायको सहयोग आवश्यक रहेको उनले बताए । नदी सरसफाइ गर्ने भन्दा पनि नदीमा प्रदूषण नगर्ने प्रवृतिको विकास गर्न सके देशभरकै नदीको संरक्षण र सौन्दर्यकरणमा टेवा पुग्ने भन्दै मन्त्री बुढाले भने,‘भावी पुस्ताले गर्व गर्ने गरि बागमतीको विकासमा सवैले हातेमालो गरौं ।’ मन्त्रीले आफू कसैलाई विस्थापन भन्दा सभ्यता जोगाउने र पुनर्स्थापना गराउने काममा लाग्न चाहेको स्पष्ट पारे ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School