आगामी नोभेम्बर ५ का दिन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ । रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि आफ्नो भाग्य परीक्षण गर्दै छन् । उनी २०१७ जनवरी २० देखि २० जनवरी २०२१ सम्म अमेरिकाका राष्ट्रपति थिए । नोभेम्बर २०१६ मा भएको निर्वाचनमा उनले पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी एवं पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई अप्रत्याशित ढंगले निर्वाचनमा हराएका थिए भने नोभेम्बर २०२० मा भएको निर्वाचनमा चाहिँ वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका हुन् । रिपब्लिकन पार्टीका तर्फबाट लगातार तेस्रोपटक उम्मेदवार बनेका ट्रम्पले एकपटक जिते भने अर्को पटक हारे । अबको यो तेस्रो प्रतिस्पर्धामा परिणाम के हुन्छ ? हेर्न बाँकी छ । यसपटक उनको प्रतिस्पर्धा वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँग हुँदै छ । ६ हप्ताअघिसम्म कमला डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार थिइनन् । वर्तमान राष्ट्रपति बाइडेन नै उम्मेदवार थिए र कमला उनको उपराष्ट्रपति उम्मेदवारका रूपमा मनोनित थिइन् । तर, बाइडेनले आफ्नो उम्मेदवारी त्यागेर कमलालाई समर्थन गरेपछि उनी उम्मेदवार बनेकी हुन् ।
यो आलेखको उद्देश्य आमपाठकलाई अमेरिकी राष्ट्रपति निर्वाचन प्रक्रिया व्याख्या गर्नु पटक्कै होइन
तमाम मत सर्वेक्षणहरूलाई हेर्दा समग्रमा कमला ह्यारिस थोरै अघि देखिए पनि मतान्तर चुकको परिधी (मार्जिन अफ एरर)भित्र रहेको हु ँदा प्रतिस्पर्धा टक्करको रहेको अनुमान गरिएको छ । बाइडेन नै उम्मेदवार रहिरहेको अवस्थामा त ट्रम्प जित्ने पक्कापक्की भएको अनुमान गरिँदै थियो । त्यही कारणले पार्टीभित्रको तीव्र दबाबले गर्दा नै बाइडेन प्रतिस्पर्धाबाट हटेका हुन् । डेमोक्रेटिक पार्टीका तर्फबाट कमला ह्यारिस आएपछि चाहिँ उनले अचम्मैसँग अवस्था सुधारेकी छन् ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको अलि फरक परिपाटी छ । राष्ट्रपति र उपराष्ट्रपति पदका लागि संयुक्त निर्वाचन हुन्छ । उदाहरणका लागि अहिले ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपति पदमा आफ्नो जोडीका रूपमा छानेका छन् भने कमला ह्यारिसले टीम वाल्जलाई । ट्रम्पले चुनाव जिते भने भान्स र कमलाले जितिन् भने वाल्ज स्वतः उपराष्ट्रपति चुनिने छन् ।
अर्को कुरा, अमेरिकाभरका मानिसले राष्ट्रपति पदका लागि मत हाल्छन् । तर, सम्पूर्ण जनसंख्याको बहुमत पाएर उम्मेदवार राष्ट्रपति पदमा चुनिन्नन् । सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनले कुल मतसंख्यामा ट्रम्पलाई जितेकी थिइन् । तर उनी राष्ट्रपति पदमा पराजित भइन् । त्यहाँ निर्वाचन जित्न कुल ५ सय ३८ इलेक्टोरल भोटको बहुमत अर्थात् २७० प्राप्त गर्नुपर्छ ।
अमेरिकाको ५० राज्यमध्ये प्रत्येकले निश्चित इलेक्टोरल मत बोकेको हुन्छ । उदाहरणका लागि क्यालिफोर्निया राज्यले ५४ र टेक्सासले ४० मत बोकेको छ र कुनै उम्मेदवारले क्यालिफोर्नियामा बहुमत प्राप्त ग¥यो भने त्यहाँको ५४ मत र टेक्सासमा बहुमत भोट प्राप्त ग¥यो भने ४० मत स्वतः उसलाई प्राप्त हुन्छ । यसरी प्रत्येक राज्यबाट प्राप्त इलेक्टोरल मत जोडेर २ सय ७० पु¥याउन सक्ने व्यक्ति राष्ट्रपतिका रूपमा चुनिन्छन् ।
सन् २०१६ मा कुल मतमा हिलारी क्लिन्टनले बढी मत प्राप्त गरे पनि उनी चुनिइनन् र ३ सय ६ इल्क्टोरल मत प्राप्त गर्ने ट्रम्प राष्ट्रपति बने । अर्को शब्दमा भन्ने हो भने अमेरिकामा राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान भए पनि मतदाताले आ–आफ्ना राज्यबाट राष्ट्रपति छान्ने ‘इलेक्टोरल कलेज’ चुन्ने हुन् । बहालवाला उपराष्ट्रपतिको अध्यक्षतामा जनवरी पहिलो हप्तामा बस्ने ‘इलेक्टोरल कलेज’ मत गणना गर्ने संसद्ीय बैठकले राष्ट्रपति निर्वाचनको औपचारिक घोषणा गर्छ । आगामी जनवरी पहिलो हप्तामा आफू जिते पनि हारे पनि वर्तमान उपराष्ट्रपतिले ‘इलेक्टोरल’ मत गनेर निर्वाचित राष्ट्रपतिको घोषणा गर्नेछिन् । यो भूमिकालाई आलंकारिक वा औपचारिक मात्र मान्दा पनि फरक नपर्ला !
अमेरिकामा भएका ५० राज्यहरूमध्ये कतिपयलाई ‘नीलो राज्य’ अर्थात् ‘ब्लू स्टेट’ र कतिपयलाई ‘रातो राज्य’ अर्थात् ‘रेड स्टेट’ भनिन्छ । क्यालिफोर्निया र न्युयोर्कजस्ता सामान्यतया डेमोक्रेटिक पार्टीतर्फ स्पष्ट झुकाव राख्ने राज्यहरूलाई ‘ब्लू स्टेट’ भनिन्छ भने टेक्सासजस्तो सामान्यतया अत्यधिक रिपब्लिकन झुकाव देखिने राज्यहरूलाई ‘रेड स्टेट’ भन्ने गरिन्छ । कहिले कता र कहिले कता अनि जित हारको मतान्तर झिनो हुने राज्यहरूलाई ‘स्विंग स्टेट’ वा ‘ब्याटलग्राउन्ड स्टेट’ भन्ने प्रचलन छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको अलि फरक परिपाटी छ । राष्ट्रपति र उपराष्ट्रपति पदका लागि संयुक्त निर्वाचन हुन्छ । उदाहरणका लागि अहिले ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपति पदमा आफ्नो जोडीका रूपमा छानेका छन् भने कमला ह्यारिसले टीम वाल्जलाई । ट्रम्पले चुनाव जिते भने भान्स र कमलाले जितिन् भने वाल्ज स्वतः उपराष्ट्रपति चुनिन्छन्
पछिल्ला केही निर्वाचनमा परिणाम यिनै ‘स्विंग स्टेट’ले निर्धारण गरेको देखिन्छ । हाल, एरिजोना, जर्जिया, मिचिगन, पेन्सिल्भानिया, विस्कोन्सिन, नेभाडा र नर्थ क्यारोलिना गरी ७ राज्यहरूलाई ‘स्विंग स्टेट’ मानिएको छ । समग्रमा यी राज्यहरूको परिणामले राष्ट्रपति पदको निर्वाचन निर्धारण गर्छ । बाइडेन उम्मेदवार हुँदासम्म यी ‘स्विंग स्टेट’मा ट्रम्प स्पष्ट रूपमा अगाडि देखिएको थियो । उम्मेदवारका रूपमा कमला ह्यारिस आएपछि भने उनी अगाडि वा कडा टक्कर देखिन थालेको छ ।
यो आलेखको उद्देश्य आमपाठकलाई अमेरिकी राष्ट्रपति निर्वाचन प्रक्रियाको व्याख्या गर्न ु पटक्कै होइन । विश्वको सर्वाधिक चलायमान एवं सफल लोकतन्त्र एवं व्यक्तिगत स्वतन्त्रताको सर्वोच्च मानक मानिएको मुलुक संयुक्त राज्य अमेरिकाको लोकतन्त्र र न्याय प्रणालीको बीभत्स कुरूपलाई कोट्याउनचाहिँ खोजिएको छ । आज राष्ट्रपति निर्वाचनमा ट्रम्प वा ह्यारिसमध्ये कसैले पनि जित्न सक्ने सम्भावना उत्तिकै छ । ट्रम्पले २ सय ७० इलेक्टोरल मत प्राप्त गरे भने उनी आगामी जनवरी २० देखि आगामी ४ वर्षका लागि अमेरिकाका राष्ट्रपति बन्नेछन् र अमेरिकी सेनाका सर्वोच्च सेनापति बन्नेछन् । साँच्चै भन्ने हो भने विश्वका जनतालाई सनकका भरमा ध्वस्त गर्न सक्ने अधिकारी बन्नेछन् ।
६ जनवरी २०२१ मात्र लेखेर गुगलमा सर्च गर्नोस् त ! अनौठो घटनाको विवरण आउने छ । त्यसदिन ट्रम्पकै उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा अमेरिकी संसद्को बैठक बसेर नोभेम्बर २०२० मा भएको निर्वाचनको ‘इलेक्टोरल’ मत गन्ने औपचारिक काम सम्पन्न हुँदै थियो । निर्वाचन परिणामअनुसार बाइडेन र ह्यारिसले ३ सयभन्दा बढी मत प्राप्त गरेका थिए र बहालवाला ट्रम्प र पेन्सको जोडी पराजित भएका थिए ।
राष्ट्रपतीय निर्वाचनको औपचारिक प्रमाणिकरणको आलंकारिक दायित्व स्वयं पेन्सलाई थियो । उनी त्यही गर्दै थियो । तर डोनाल्ड ट्रम्पलाई त्यो परिणाम मन परेको थिएन । उनका अनुसार उनी हार्न सम्भवै थिएन । उनले निक्कै ठूलो होहल्ला नै मच्चाएका थिए । त्यो दिनचाहिँ उनले संसद् भवन क्यापिटल हिल अघि निक्कै ठूलो भीड जम्मा गरे । सार्वजनिक भाषण गर्दै भीडलाई संसद् घेर्न अह्राए । माइक पेन्सलाई बाइडेन जितेको प्रमाणिकरण नगर्न आह्वान गरे । भीडलाई उत्तेजित बनाएर उनी ह्वाइट हाउस गए । उत्तेजित भीड संसद्तर्फ लाग्यो । तोडफोड सुरु ग¥यो । एक दुई सुरक्षाकर्मी त मारिए पनि । भीड ‘माइक पेन्सलाई झुन्ड्याऊ’ भन्ने नारा लगाउँदै थिए । भवनभित्र रहेका उपराष्ट्रपति र साभामुखलगायत सबै सांसदलाई बडो मुश्किलका साथ बंकरतर्फ भगाइएको दृश्य देखिए । उपराष्ट्रपति र अन्यले राष्ट्रपति ट्रम्पलाई आपतकालीन स्थितिको जनाऊ दिन खोज्दा उनले वास्तै गर्न चाहेनन् । बहालवाला राष्ट्रपतिले आफ्नै उपराष्ट्रपतिलाई मार्नै खोजेको देखियो र लोकतान्त्रिक प्रक्रियालाई जबर्जस्ती अपहरण गर्न खोजेको स्पष्ट देखियो ।
तर, अमेरिका लोकतन्त्र र न्यायीक व्यवस्था हेरौं त ! यस्ता व्यक्तिलाई दण्डित गर्ने कुरा छोडौं, पुनः निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषणा गर्नसम्म सकेन । राष्ट्रपतीय दायित्वसँगै आउने कथित प्रतिरक्षा (इम्म्युनिटी) को हवाला दिँदै अदालतले उनलाई चोख्यायो नै । न्यायाधीश पनि उनले नियुक्ति गरेका रहेछन् र तिनलाई ’boutमा चुपचाप मान्नुपर्ने व्यवस्था रहेछ ।
झण्डै ३४ मुद्दामा उनलाई दोषी ठह¥याइँदा पनि उनलाई उम्मेदवार बन्न भने रोक्न नसकिने प्रणाली रहेछ ! उनका अन्य व्यवहारका ’boutमा त कुरै नगरौं ! पूरै सनकी पाराको कुरा गर्छन्, विपक्षीलाई आफूखुसी भन्छन् । बोलीमा वा व्यवहारमा कुनै लगाम छैन । अनौठो कुरा त ठूलो संख्यामा आमजनतासमेत उनको प्रशंसक छन् । उनले आगामी चुनाव जित्ने सम्भावना बराबरी छ ।
अब अमेरिकी प्रणालीलाई महान स्वतन्त्रता पक्षधर लोकतान्त्रिक मान्ने ? त्यहाँको न्याय प्रणालीलाई महानतम् विधिको शासन मान्ने ? अनि त्यहाँका जनतालाई सचेत स्वतन्त्रताप्रेमी लोकतन्त्रवादी मान्ने ?
(Visited 7 times, 1 visits today)