कंगोको पूर्वी सहर गोमा नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी



प्रकाशित मिति : माघ १३, २०८१ आईतबार

विद्रोही समूहले कंगोको पूर्वी सहर गोमा नियन्त्रणमा लिएको दाबी गरेको छ । कंगोली सेनामाथि तिब्र आक्रमण गर्दै गोमा पुग्नुअघि विद्रोहीहरूले छिमेकी सहरहरू कब्जा गरेपछि हजारौं मानिसहरू भाग्न बाध्य भएका थिए ।

गोमाका बासिन्दाहरूले एम २३ विद्रोहीहरूलाई गोमाको मुख्य सडकमा गस्ती गरिरहेको भिडियोहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् । करिब १० लाख जनसंख्या रहेको यो सहरमा केही घण्टासम्म गोलीबारी र विस्फोटन भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी) का विदेशमन्त्रीले रुवाण्डाले एम २३ विद्रोहीलाई समर्थन गर्दै आफ्नो सेना पठाएर युद्ध घोषणा गरेको आरोप लगाएका छन् । तर, कंगोले रुवाण्डामा शासन परिवर्तन चाहने मिलिसियाहरूलाई समर्थन गरेको बताउदै आएको छ।

सन् २०२१ देखि एम २३ समूहले कंगोको खनिज सम्पदाले भरिपूर्ण पूर्वी क्षेत्रको ठूलो भाग कब्जा गरेको छ । पछिल्ला केही हप्तामा समूहले गोमा तर्फ तीव्र रूपमा अघि बढ्दै आएको छ ।

संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, २०२५ को सुरुदेखि नै उत्तर र दक्षिण किभु प्रान्तहरूमा ४ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

गोमाका मुख्य सडकहरू बन्द गरिएका छन् भने सहरको विमानस्थल उद्धार र मानवीय सहायता प्रयासका लागि प्रयोग गर्न नसकिने संयुक्त राष्ट्र संघले जनाएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले रुवाण्डालाई कंगोको भूभागबाट सेना फिर्ता गर्न र एम २३ समूहलाई कब्जा बन्द गर्न आग्रह गरेका छन् ।

गुटेरेसले एम २३ समूहलाई सबै शत्रुतापूर्ण गतिविधि तत्काल बन्द गर्न र कब्जा गरिएका क्षेत्रबाट फिर्ता जान भनेका छन्। यो द्वन्द्वमा १३ जना शान्ति सेनाका सैनिकहरू मारिएका छन्।

कंगोको पूर्वी सहर गोमा नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School