एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै



प्रकाशित मिति : असार २९, २०८१ शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको ४५ औ प्रधानमन्त्री नियुक्त हुँदैहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लाग्नु भएको हो ।

राष्ट्रपतिको आव्हानपछि शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए ।

दाबी पेस गर्न राष्ट्रपति पौडेलले दिनुभएको समय सकिएपछि आइतबार साँझ ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने तयारी छ । आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने बताइएको छ ।

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

कांग्रेसले गृह र परराष्ट्रका अतिरिक्त ऊर्जा–जलस्रोत तथा सिँचाइ, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र अर्को कुनै एक मन्त्रालय लिने गरी छलफल अघि बढेको छ ।

एमालेले अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, रक्षा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने मोटामोटी समझदारी छ ।

सभापति शेरबहादुर देउवाले कांग्रेस महामन्त्री गगन थापालाई उपप्रधानसहित मन्त्रीहरूको नेतृत्व गरेर सरकारमा पठाउने प्रयास गरे पनि थापा तयार नभएपछि पूर्वउपसभापति प्रकासमान सिंहको नेतृत्वमा पठाउने तयारी गर्नुभएको हो ।

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

एमाले अध्यक्ष ओली पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बन्नुभएको थियो । ।





Source link

Leave a Comment