न्यूयोर्कबाट दिल्लीका उडेको अमेरिकी एयरलाइन्सको विमानमा बमको धम्कीपछि रोम डाइभर्ट



प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार

white and red passenger plane flying in the sky during daytime

न्यूयोर्कबाट दिल्लीका उडेको अमेरिकी एयरलाइन्सको विमान बमको धम्कीपछि रोमतर्फ डाइभर्ट गरिएको छ । विमान क्यास्पियन सागरमाथि घुमाएर रोममा अवतरण गरिएको थियो । तर उक्त बमको धम्की पछि निराधार सावित भएको थियो ।

विमानमा सवार १९९ यात्रु र १५ जना चालक दलका सदस्यहरूलाई क्यास्पियन सागरमाथि हुँदा ने समस्याबारे जानकारी गराइएको थियो। त्यसपछि यस्तो प्रकारको समस्याको सामना गर्नसक्ने अपेक्षाका साथ लियोनार्डो दा भिन्ची इन्टरनेशनल एयरपोर्टमा अवतरण गरिएको थियो ।

एयरलाइन्सले उडान २९२ सुरक्षा चिन्ताको कारण डाइभर्ट गरिएको बताएपनि थप विवरण सार्वजनिक गरेको छैन । उडान सुरक्षित रूपमा मा अवतरण गरेपछि विमानलाई पुन प्रस्थान गर्नको लागि निरीक्षण र खाली गराइएको थियो भने धम्की निराधार भनेर निर्धारण गरिएको थियो। दिल्ली अवतरण हुनुभन्दा ३ घण्टा अगाडिविमान डाइभर्ट गरिएको थियो ।

न्यूयोर्कबाट दिल्लीका उडेको अमेरिकी एयरलाइन्सको विमानमा बमको धम्कीपछि रोम डाइभर्ट

न्यूयोर्कबाट दिल्लीका उडेको अमेरिकी एयरलाइन्सको विमानमा बमको धम्कीपछि रोम डाइभर्ट

जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान भारतको राजधानीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो। सोमबार विमान भारत जानु अघि चालक दलका लागि आवश्यक आरामको लागि उडान रातभर रोममा रहनेछ।

अमेरिकी एयरलाइन्सको विमानमार्फत धेरै नेपाली यात्रुहरुले दिल्लीका लागि उडान गर्दै आएपनि यो विमानमा नेपाली यात्रुहरु भए नभएको भने खुलेको छैन ।

 





Source link

Leave a Comment