एन्टिमाइक्रोबियल प्रतिरोध र जंगली जनावर : RajdhaniDaily.com

एन्टिमाइक्रोबियल प्रतिरोध र जंगली जनावर : RajdhaniDaily.com


एन्टिमाइक्रोबियल प्रतिरोधी एएमआर विश्वव्यापी रूपमा मानव र जनावरहरूको स्वास्थ्यका लागि ठूलो खतरा हो, जसमा बढ्दो संक्रमण र घट्दै गएको उपचार गर्ने क्षमताले झन् जटिल रूप लिएको छ । एन्टिबायोटिकहरूले पशु रोगहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्छन्, यद्यपि तिनीहरूको अत्यधिक प्रयोगले एन्टिबायोटिक–प्रतिरोधी सूक्ष्मजीवहरूको उदय भएको छ, जुन सार्वजनिक र पशु स्वास्थ्य दुवैलाई खतरामा पार्ने सबैभन्दा ठूलो विश्वव्यापी चुनौतीहरूमध्ये एक हो ।

वातावरणमार्फत एन्टिमाइक्रोबियल प्रतिरोधको फैलावटलाई अझ राम्रोसँग बुझ्न असंख्य अनुसन्धान प्रयासहरू गरिएको छ । वातावरणीय मार्गहरूमार्फत एन्टिमाइक्रोबियल प्रतिरोधको फैलावटले ‘सुपरबग्स’को उदय भएको छ । विगत धेरै दशकहरूले वातावरणभित्र विभिन्न स्तरहरूमा वन्यजन्तुहरूमार्फत पनि एन्टिमाइक्रोबियल प्रतिरोधको फैलावट देखेको छ । धेरै वन्यजन्तु प्रजातिहरूले मानव जनसंख्या, घरेलु जनावरहरू र प्राकृतिक पारिस्थितिकीय प्रणालीहरूबीचको अन्तक्र्रियामा एन्टिमाइक्रोबियल–प्रतिरोधी ब्याक्टेरिया फैलाउने कार्य गर्छन् । यसरी, वन्यजन्तुहरू वातावरणीय मार्गहरूमार्फत एन्टिमाइक्रोबियल प्रतिरोधको प्रसारलाई कम गर्ने रणनीतिहरूको प्रभावकारिता मूल्यांकन गर्न उपयोगी हुनसक्छ ।

एन्टिमाइक्रोबियल प्रतिरोधको व्यापकता कम गर्न, धेरै देशहरूले पशुधनमा गैरचिकित्सा प्रयोगका लागि चिकित्सकीय रूपमा महत्वपूर्ण एन्टिबायोटिकहरू प्रतिबन्धित गरेका छन् र चिकित्सकीय उद्देश्यका लागि पशु चिकित्सा–निर्धारित एन्टिबायोटिकहरू प्रयोग गर्न सिफारिस गरेका छन् । खाद्य उत्पादन गर्ने जनावरहरूमा अझै पनि प्रचलित बहुऔषधिप्रतिरोधी ब्याक्टेरियाको फैलावटलाई कम गर्न छनोट, खुराक र उपचारको अवधिका लागि एन्टिबायोटिक प्रबन्धनजस्ता धेरै प्रयास लागू गरिएको छ । यी प्रयासले वातावरणमा, घरेलु जनावरहरू र वन्यजन्तुहरूबीचमा एन्टिमाइक्रोबियल प्रतिरोध फैलिनबाट रोक्नसक्छ ।

वन्यजन्तुहरूमा बढ्दो एन्टिमाइक्रोबियल प्रतिरोधको उदय जुनोटिक रोगहरूका साथसाथै उदीयमान प्रतिरोधी रोगजनकहरूको पूर्वानुमानका लागि ठूलो महत्वको छ । मानव, पशुधन र वातावरणबीच एन्टिमाइक्रोबियल प्रतिरोध प्रसारण मार्गहरूको जटिल नेटवर्क अवस्थित छ । यस सञ्जालमा वन्यजन्तुको भूमिका र यस आदानप्रदानमा संलग्न प्रसारण मार्गहरूले सहयोग गर्छन् । वास्तवमा धेरै प्रसारण मार्गहरू अवस्थित छन्, जसमा संक्रमित व्यक्तिहरू÷जन्तुहरू तिनीहरूको तन्तु वा तिनीहरूको मल, पानी र माटोसँग प्रत्यक्ष सम्पर्क समावेश छ । अप्रत्यक्ष प्रसारण खाना र पानी साइटहरूमा धेरै सामान्य भएकाले वातावरण वन्यजन्तु र पशुधनबीच ब्याक्टेरिया स्थानान्तरणका लागि एक माध्यम हुनसक्छ ।

वन्यजन्तुले खाने मरेका जनावर वा पशुजन्य उत्पादनमा सामान्यतया एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया हुन्छ

घरेलु जनावरहरू र मानिसहरू बस्तीनजिकै बस्ने वा खुवाउने वन्यजन्तु प्रजातिहरूसँग सम्पर्कमा आउँछन् । मानिसहरू जंगली जनावरहरूलाई पासोमा पारेपछि, सिकारपश्चात र पशुचिकित्सकका रूप काम गरेपश्चात जंगली जनावरसँग प्रत्यक्ष सम्पर्कमा आउँछन् । अन्जानमा वन्यजन्तुको मलले दूषित खाना खाएमा मानिसमा पनि असर पर्न सक्छ । यो प्रसारण मार्ग धेरै जुनोटिक रोगहरू जस्तै– टुलेरेमिया वा ब्रुसेलोसिसका लागि महत्वपूर्ण मानिन्छ । वन्यजन्तुले कहिलेकाहीँ मरेका जनावर वा पशुजन्य उत्पादनहरू खान्छन्, जसमा सामान्यतया एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया हुन्छ । घरपालुवा जनावरको दूषित मासु पनि खान्छन् । त्यस्ता प्रदूषण मार्गहरूले वन्यजन्तुहरूमा एन्टिमाइक्रोबियल प्रतिरोधको फैलावट नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।

एन्टिमाइक्रोबियल प्रतिरोध मानव र पशु चिकित्सामा एक वैश्विक मुद्दा हो । यस अवस्थाको वृद्धिका लागि प्रमुख खतरा एन्टिमाइक्रोबियल ड्रग्सको व्यापक प्रयोग हो, जसले प्रतिरोधी ब्याक्टेरिया, जनावरहरू र मानवहरूमा प्रतिरोधी जीनहरूको फैलावटमा निम्त्याउँछ । यसबाहेक, पशु चिकित्सा, पशुपालन र एन्टिमाइक्रोबियल औषधिको कृषि प्रयोगलाई एन्टिमाइक्रोबियल–प्रतिरोधी ब्याक्टेरिया फैलाउने प्रमुख कारक मानिन्छ । रोगप्रतिरोधकहरूको अनुपयुक्त र अत्यधिक प्रयोग, स्वच्छ पानीमा पहुँचको अभाव, मानिस र जनावरहरूको सरसफाई र अस्पतालहरूमा प्रभावकारी संक्रमण रोकथाम, नियन्त्रण उपायहरू, जताततै औषधि र खोपहरूको पहुँच नहुनु, सचेतना र ज्ञानको अभाव एवं कानुन पालनामा कडाइ नहुनु रोग फैलनुका जिम्मेवार कारणहरू हुन् । एन्टिमाइक्रोबियल ड्रग्सले रोगजनक मात्र होइन, मानिस र जनावरको आन्द्राको कमेन्सल ब्याक्टेरियामा पनि दबाब दिन्छ ।

वन्यजन्तुसँग वातावरणीय प्रदूषण, मानव प्रयोग र पशुधनको प्रयोगबाट उत्पन्न हुने एन्टिमाइक्रोबियल प्रतिरोधका लागि संरक्षकका रूपमा सेवा गर्ने क्षमता छ । मानव र जनावरको मलले प्रदूषित बनेको पानी सबैभन्दा महत्वपूर्ण वाहक हो । फलस्वरूप, एन्टिमाइक्रोबियल–प्रतिरोधी ब्याक्टेरियाहरू फोहोर पानी वा मलका माध्यमबाट वातावरणमा निरन्तर प्रवेश गरिन्छ । लामो दूरीको यात्रा गर्ने प्रवासी चराहरूले प्रतिरोधी ब्याक्टेरियाको भण्डारका रूपमा काम गर्छन् र एन्टिमाइक्रोबियल प्रतिरोध फैलाउन महत्वपूर्ण भूमिका खेल्छन् । जंगली चराहरूसँग एन्टिमाइक्रोबियल ड्रग्ससँग कम सम्पर्क हुन्छ, पानीको सम्पर्क र खानाका माध्यमबाट प्रतिरोधी ब्याक्टेरियासँग दूषित हुन्छ । जंगली चराहरूले विशेषगरी मानिसहरूले उपलब्ध गराएका खाद्य स्रोत र फोहोर खान्छन् । जंगली मुसाहरूले पनि यी ब्याक्टेरियाहरूको संक्रमणमा अर्को महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

वातावरणीय मार्गमार्फत् एन्टिमाइक्रोबियल प्रतिरोधको फैलावटले ‘सुपरबग्स’को उदय भएको छ

यस प्रजातिले सजिलै मानव फोहोर निल्नसक्छ र ढल निकास प्रणालीमा मानव मललाई सम्पर्क गरेर बहुप्रतिरोधी ब्याक्टेरिया सजिलै प्राप्त गर्न सक्छ । केही अध्ययनहरूले जंगली खरायोहरूमा एन्टिमाइक्रोबियल–प्रतिरोधी ब्याक्टेरियाको उपस्थिति पनि फेला परेको छ । फक्सहरू खाद्य शृंखलाको शीर्ष स्थानमा छन् र तिनीहरूको सिकारबाट बहुप्रतिरोधी ब्याक्टेरियाहरू प्राप्त गर्दै छन् । जंगली बँदेललाई पनि यी ब्याक्टेरियाहरूको ‘होस्ट’का रूपमा वर्णन गरिएको छ । हालैका अध्ययनहरूले इबेरियन ब्वाँसो र इबेरियन लिंक्समा एन्टिमाइक्रोबियल–प्रतिरोधी ब्याक्टेरिया देखापरेको छ । राता स्यालहरूमा एन्टिमाइक्रोबियल–प्रतिरोधी ब्याक्टेरिया हुनुको कारण तिनीहरूको आहार हो । ’cause, यी जंगली जनावरहरूले सामान्यतया जंगली खरायो, साना मुसा र चराहरूको सिकार गर्छन् ।

जंगली जनावरहरूले प्रतिरोधी जीनहरूको भण्डारका रूपमा काम गर्छन् र जंगली वातावरणमा प्रतिरोधी ब्याक्टेरिया फैलाउन सक्छन् । विभिन्न अध्ययनहरूले देखाएको छ कि उच्च पशुधन र मानव घनत्व भएका क्षेत्रहरू र कुनै पनि प्रकारको मानव–प्रभावित बासस्थानहरू (पशुपालन फार्म, ल्यान्डफिल, ढल निकास प्रणाली वा फोहोर पानी प्रशोधन सुविधाहरू)सँग वन्यजन्तुको बारम्बार सम्पर्कले वन्यजन्तुहरूमा एन्टिमाइक्रोबियल प्रतिरोधको जोखिम हुने भएकाले यिनीहरूले बढी मात्रमा ब्याक्टेरिया प्राप्त गर्ने गर्छन् ।

एन्टिमाइक्रोबियल प्रतिरोध एक स्वास्थ्य र विश्वव्यापी स्वास्थ्य समस्या हो, जसको उदय, विकास र फैलावटले विभिन्न पारिस्थितिक प्रणाली र भौगोलिक क्षेत्रहरू समावेश गर्छ । ‘एक स्वास्थ्य दृष्टिकोण’ उदाउँदो रोगहरूको अध्ययनमा लागू गरिएको छ र एन्टिमाइक्रोबियल प्रतिरोध कम गर्न वन्यजन्तुहरू समावेश गर्छ । यो मान्यता छ कि मानव, जनावर र वातावरण÷इकोसिस्टमको स्वास्थ्य एकअर्कासँग जोडिएको छ । त्यसैले, समन्वयात्मक, सहयोगी र बहुअनुशासनात्मक दृष्टिकोण लागू गर्नु आवश्यक छ । घरपालुवा र जंगली जनावरहरूमा एन्टिमाइक्रोबियल प्रतिरोधको उदय र प्रसारको अध्ययनलाई बढावा दिनु पनि उत्तिकै आवश्यक छ । अन्यथा, रोगहरूको उपचार गर्न धेरै गाह्रो हुनेछ । एन्टिमाइक्रोबियल प्रतिरोधको अनुगमन र रोकथाम रणनीतिहरूको विकास र कार्यान्वयनमा वन्यजन्तुलाई संलग्न गराउनु पनि प्राथमिकतामा पर्छ । त्यसैले मानव, पशुपन्छी, वन्यजन्तु र वातावरणलाई सँगै लैजाने ‘एउटै स्वास्थ्य दृष्टिकोण’ आजबाट अति आवश्यक भएको निष्कर्ष निकालिएको छ ।

(Visited 6 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School