एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?


विदेशी खेलाडी अनुबन्धपछि सबै टिमले आफ्नो टिमको अन्तिम संरचना पनि निर्माण गरिसकेका छन् । अब सबै टिम मैदानमा आफ्नो चुनौती प्रस्तुत गर्न तयार छन् ।

१५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ सुरु हुन अब एक दिन मात्र बाँकी छ । करिब एक महिना चल्ने नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी ७ वटै टोलीले आफ्नो अन्तिम तयारी पूरा गरिसकेका छन् ।

नेपाली खेलाडीको अक्सन र ड्राफ्टपछि सबै टिमले विदेशी खेलाडीहरु अनुबन्ध गरेका छन् । यस पटक ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम रहेकोले एनएसएलको तेस्रो सिजनमा विदेशी खेलाडी धेरै देखिनेछ । लिगमै विदेशी खेलाडी हावी हुन सक्ने सम्भावना छ ।

विदेशी खेलाडी अनुबन्धपछि सबै टिमले आफ्नो टिमको अन्तिम संरचना पनि निर्माण गरिसकेका छन् । अब सबै टिम मैदानमा आफ्नो चुनौती प्रस्तुत गर्न तयार छन् ।

यसपटक पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सिटी एफसी, दुवैपटक उपविजेता बनेको धनगढी एफसीसहित पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

झापा एफसी दोस्रो संस्करणमा थपिएको टिम हो भने बाँकी ६ टिमले पहिलो संस्करणबाटै खेल्दै आएका छन् ।

विदेशी खेलाडी अनुबन्धपछि कुन टोली कस्तो बनेको छ ?

ललितपुर सिटी एफसी

साविक विजेता ललितपुर सिटी एफसी पेपरमा बलियो देखिएको छ । राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङलाई मार्कीमा निरन्तरता दिँदा २ खेलाडी रिटेन गरेको ललितपुरले अक्सनमा पनि राम्रो खेलाडी पायो भने विदेशी खेलाडी अनुबन्ध पनि आक्रमक रह्यो ।

‘लाखे’को रुपमा चिनिने ललितपुर सिटीले दोस्रो संस्करणको एनएसएल खेलेको टिमबाट ३ नेपाली र ३ विदेशी गरी कूल ६ खेलाडीलाई निरन्तरता दिएको छ । उपाधि जित्दाकै कोर टिमका खेलाडीहरुलाई रिटेन गर्न सफल भएको ललितपुर यस पटक सन्तुलित टोलीको रुपमा देखिएको छ ।

ललितपुरले राष्ट्रिय टिमका अर्का डिफेण्डर सनिश श्रेष्ठसँगै मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको थियो । यस्तै उपाधि जिताउन मदत गर्ने तीन विदेशी खेलाडी गोलकिपर जेफ्री बाल्टुस, डिफेढ्डर पापा इबोउ केबे र फरवार्ड इमोह इजेकेलले लगातार दोस्रो पटक ललितपुरका लागि खेल्दैछन् ।

यी तीनबाहेक ललितपुरले प्यालेस्टाइनका मिडफिल्डर जोनाथन कान्टिलाना, हाईटिकी विंगरफरवार्ड केरभेन्स बेलफोर्ट र सेनेगलका पापा डिएकेटेलाई अनुबन्ध गरेको छ ।

गोलकिपिङ देखि फरवार्ड लाइनसम्म ललितपुरले राम्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

नेपाली खेलाडीहरुमा पनि ललितपुर राम्रो देखिएको छ । अनन्त र सनिशसँगै योगेश गुरुङ, अभिषेक वाइवा लामा, मनोज राई जस्ता डिफेण्डर रहेको ललितपुरको मिडफिल्डमा मणि कुमार लामा, सन्तोष खत्री, नविन लामा, सुदिप गुरुङ जस्ता खेलाडी छन् । उनीहरुलाई कान्टिलाना र पापा इबोउ केबेको साथ हुनेछ ।

यस पटक ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम रहेकोले एनएसएलको तेस्रो सिजनमा विदेशी खेलाडी धेरै देखिनेछ । लिगमै विदेशी खेलाडी हावी हुन सक्ने सम्भावना छ ।

यस्तै फरवार्ड लाइनमा अघिल्लो सिजनका सर्वाधिक गोलकर्ता इमोहसँगै हाइटियन केरभेन्स बेलफोर्ट हुनेछन् । त्यसमा नेपालका दिपेश घलेले साथ दिनेछन् ।

ललितपुरको पोष्ट अघिल्लो सिजनको बेस्ट गोलकिपर जेफ्री बाल्टुसले नै सम्हाल्नेछन् । नेपाली गोलकिपरमा समित श्रेष्ठ छन् ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

ललितपुर सिटी एफसी स्क्वाड

गोलकिपर : जेफ्री बाल्टुस, समित श्रेष्ठ, यती राज गुरुङ

डिफेण्डर : अनन्त तामाङ, सनिश श्रेष्ठ, योगेश गुरुङ, अभिषेक वाइवा, मनोज राई, पवन शाही, पापे डिएकेटे

मिडफिल्डर : मणि कुमार लामा, सन्तोष खत्री, नविन लामा, सुदिप गुरुङ, आदित्य शाक्य, जोनाथान कान्टिलाना, पापा इबोउ केबे

फरवार्ड : इमोह इजेकेल, केरभेन्स बेलफोर्ट, दिपेश घले, अनिश क्षेत्री, अनमोल भण्डारी (एनआरएन)

काठमाडौं रेजर्स एफसी

काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणमा तेस्रो भएको काठमाडौं यस पटक पुरानो साख फर्काउने लक्ष्यमा छ ।

राष्ट्रिय टिमका युवा मिडफिल्डर रोहन कार्कीलाई मार्की प्लेअर बनाएको काठमाडौंले यस पटक खेलाडी अक्सन र विदेशी खेलाडी नियुक्तिमा ध्यान दिएको छ ।

तीन खेलाडी रिटेन गरेको काठमाडौंले सबै विदेशी खेलाडी नयाँ भित्र्याएको छ । दोस्रो सिजन खेलेका दिपेश गुरुङ, कुलदिप कार्की र अभिषेक बराललाई रिटेन गरेको काठमाडौले अक्सनमा भाग्यमानी बन्दै राष्ट्रिय टिमका फरवार्ड जिलेस्पी जंग कार्की सहित राष्ट्रिय टिमबा६ खेलिसकेका मिडफिल्डर दिनेश हेन्जनलाई अनुबन्ध गर्न सफल भएको थियो ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

यस बाहेक काठमाडौंले आशिष चापागाईँ, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन, भरत चौधरी, मौसम मगर, पुष्कर खड्का र पेम्बा दोर्जी लामालाई अनुबन्ध गर्‍यो ।

काठमाडौंले यस पटक फ्रान्स देखि सेनेगलसम्मका विदेशी खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । जसमा फ्रान्सका मिडफिल्डर भिनसेन्ट कोजिएलो मुख्य नाम हुन् । बुण्डेसलिगा र प्रेन्च लिग खेलिसकेका उनी काठमाडौका लागि हेर्न लायक खेलाडी बन्न सक्छन् ।

यस बाहेक काठमाडौंले सेनेगलका गोलकिपर चिएख गुए, डिफेण्डर बेकरी माने र विंगर अमादोउ डिओपलाई अनुबन्ध गर्‍यो भने सियरालियोनका फरवार्ड बुया टुरेलाई अनुबन्ध गरेको छ ।

यस्तै नेपालमा आहारारा गोल्डकप लगायत नकआउट प्रतियोगिता खेलेका उज्वेकिस्तानका डिफेण्डर अलीजोन अलिजोनोभलाई पनि काठमाडौंले अनुबन्ध गरेको छ ।

नयाँ खेलाडीलाई विश्वास गरेको काठमाडौंले यस पटक कोचिङ स्टाफ पनि परिवर्तन गरेको छ । यसअघि लगातार दुई सिजन बालगोपाल महर्जन काठमाडौंको मुख्य प्रशिक्षक थिए । यसपटक भने क्लबले बेल्जियमबाट युइएफए प्रो लाइसेन्स कोच प्याट्रिक विल्डेलाई अनुबन्ध गरेको छ । यस्तै मेघराज केसी टेक्निकल डिरेक्टरको भूमिकामा छन् ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

काठमाडौं रेजर्स स्क्वाड

गोलकिपर : अभिषेक बराल, मौसम मगर, चिएख गुए

डिफेण्डर : कुलदिप कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन, पुष्कर खड्का, पेम्बा दोर्जी, बेकरी माने, अलिजोन अलिजोनोभ

मिडफिल्डर : रोहन कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, भरत चौधरी, भिनसेन्ट कोजिएलो

फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चापागाईँ, बुया टुरेय, अमादोउ डिओप

धनगढी एफसी

सुरुवाती दुवै सिजन फाइनल खेल्ने एक्लो टिम धनगढी एफसी दुवै सिजनको उपविजेता हो । राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङदेखि नेपालका खेल्ने अनुभवी विदेशी खेलाडी ओलावाले आफिजसम्म खेलाएको धनगढी अझै उपाधिको प्रतिक्षामा छ ।

पहिलो संस्करणमा काठमाडौं रेजर्ससँग फाइनलम पराजित भएको धनगढी दोस्रो सिजनमा ललितपुर सिटीसँग पराजित भएको थियो । धनगढी यस पटक भने बलियो दाबेदारी पेश गर्ने लक्ष्यमा छ ।

त्यसका लागि धनगढी पनि विदेशी प्रशिक्षक भित्र्याएको छ भने नेपालीदेखि विदेशी खेलाडी अनुबन्धमा पनि ध्यान दिएको छ ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

धनगढीले अघिल्लो सिजनका ओलावाले र लेवनानी फरवार्ड मोहम्मद हिजाजीलाई निरन्तरता दिँदै स्पेन र ब्राजिलसम्मका विदेशी खेलाडीलाई भित्र्याएर टिम बलियो बनाएको छ ।

यस बाहेक धनगढीले स्पेनका गोलकिपर वालिद बिरोय, ब्राजिलका फरवार्ड सर्जियो बार्बोजा, मोरोक्कोका मिडफिल्डर मोहमेद अल जाउनी र स्पेनिस डिफेण्डर जोर्ज काइसेडोलाई भित्र्याएको छ ।

धनगढीले अघिल्लो सिजन टिमकै रहेको मिडफिल्डर कृतिश रत्न छुन्जुलाई नयाँ मार्की बनाएको छ भने देवेन्द्र तामाङसहित रनदिप पौडेल र रामचन्द्र वाजीलाई रिटेन गरेको थियो ।

अक्सनमा धनगढीले विवेक पौडेल, पासाङ लामा, जर्ज प्रिन्स कार्की, जियारथ शेख, प्रशान्त लक्षम जस्ता खेलाडीलाई अनुबन्ध गरेको थियो ।

धनगढीले स्पेनका युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक जुवान म्यानुएललाई पनि अनुबन्ध गरेको छ ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

धनगढी एफसी स्क्वाड

गोलकिपर : जियारथ शेख, सन्तोष महत, वालिद विरोउ

डिफेण्डर : देवेन्द्र तामाङ, पासाङ लामा, रनदिप पौडेल, अशोक खवास, अमृत श्रेष्ठ, जोर्ज कासेइडो

मिडफिल्डर : कृतिश रत्न छुन्जु, विवेक पौडेल, रामचन्द्र वाजी, प्रशान्त लक्षम, मोहमेद एल जाउनी

फरवार्ड : जर्ज प्रिन्स कार्की, रोहन खड्गी, हरिश राज भट्ट, ओलावाले आफिज ओलाडिपो, अहमद हिजाजी, सर्जियो बार्बोजा

एफसी चितवन

एनएसएलको सुरुवाती दुई सिजन राम्रो प्रदर्शन गर्न नसकेको टिम हो एफसी चितवन । तर तेस्रो संस्करणका लागि भने चितवनले नेपाली र विदेशी खेलाडी अनुबन्धमा निकै मिहिनेत गरेको छ ।

राष्ट्रिय टिमका लागि सर्वाधिक १३ गोल गरेका फरवार्ड अन्जन विष्टलाई मार्की प्लेअर बनाएको चितवनले रिटेन्सन देखि अक्सन र विदेशी खेलाडी अनुबन्धमा राम्रो गर्‍यो । पेपरमा चितवनको टिम पनि सन्तुलित देखिएको छ ।

दोस्रो सिजनमा मार्की तथा गोलकिपर विशाल श्रेष्ठसहित छिरिङ गुरुङ र रोशन राना मगरलाई रिटेन गरेको चितवनले त्यसबाहेक सबै नयाँ टिम बनाएको छ । मार्कीसहित प्रशिक्षक पनि चेन्ज गर्दै चसतवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

यस्तै विदेशी खेलाडीमा चितवनमा नेपालमा खेलिसकेका दुई खेलाडी देखि जमैकन राष्ट्रिय टिम र अमेरिकाको उमेर समूहको टिमबाट खेलिसकेका खेलाडी छन् ।

चितवनले अघिल्लो सिजनका टोरिक जेबरिनलाई यस सिजन पनि भित्र्याएको छ भने मछिन्द्र एफसीबाट यस वर्ष नकआउट फुटबलमा राम्रो खेलेका युसफ मलिकलाई पनि अनुबन्ध गरेको छ ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

यसबाहेक चितवनले जमैकाका लागि खेलिसकेका गोलकिपर अमल नाइट, अमेरिकाको उमेर समूहबा६ खेलेका भिक्टोर मानसारे, अमेरिकाकै जोनाथन क्याम्पबेल र उज्वेकिस्तानका नोदिरबेकलाई अनुबन्ध गरेको छ ।

चितवन टिमको विशेषता के छ भने घरेलु फुटबलका दुई क्लब मछिन्द्र र एनआरटीबाट मोफसलमा खेलेका धेरै खेलाडीहरु यही टिममा छन् ।

अन्जनसँगै एनआरटीमा खेलेका सुमित श्रेष्ठ, अभिषेक लिम्बु, जय गुरुङ, शिशिर लेखी जस्ता खेलाडी चितवनमा छन् । यस्तै गोलकिपर विशालसँग मछिन्द्रमा खेलेका रोशन राना मगर, छिरिङ गुरुङ, प्रदिप भण्डारी अनी युसुफ मलिक छन् ।

यी १० खेलाडीसँगै अन्य ५ विदेशीको साथ रहने चितवनमा घरेलु फुटबलका मिलन राई र निरज चौधरी पनि छन् । जसले गर्दा चितवनको टिम पेपरमा बलियो देखिएको छ भने सबै पोजिसनमा सन्तुलित छ ।

गोलकिपरमा विशाल र प्रदिप मछिन्द्रबाट खेल्छन् उनीहरुलाई अमलको साथ हुनेछ । यस्तै डिफेन्समा एनआरटीबाटै सँगै खेल्ने अभिषेक र सुमितसहित छिरिङ गुरुङ हुनेछन् भने अमेरिकन क्याम्पबेलको साथ हुनेछ ।

मिडफिल्डमा जय, शिशिर, निरज र मिलनसँगै टोरिक जेबरिन र नोदिरबेक हुनेछन् भने फरवार्डमा अन्जनलाई युसुफ र भिक्टोर मानसरेले साथ दिनेछन् ।

यसबाहेक चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।

एफसी चितवन स्क्वाड

गोलकिपर: विशाल श्रेष्ठ, प्रदिप भण्डारी, अमल नाइट

डिफेण्डर : अभिषेक लिम्बु, सुमित श्रेष्ठ, छिरिङ गुरुङ, विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान, जोनाथन क्याम्पबेल

मिडफिल्डर : रोशन राना मगर, मिलन राई, शिशिर लेखी, जय गुरुङ, निरज चौधरी, नोदिरबेक माभलोनोभ, टोरिक जेबरिन

फरवार्ड : अन्जन विष्ट, मलिक युसुफ, भिक्टोर मानसारे

लोकल स्टार : रोजल दाहाल

रुकी : गणेश नेपाली

बुटवल लुम्बिनी एफसी

यसअघिका दुई स्स्रकणमा प्लेअफमा पुग्न नसकेको बुटवल लुम्बिनीले यस पटक पेपरमा राम्रो टिम बनाएको छ । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई नयाँ मार्की प्लेअर बनाएको बुटवल लुम्बिनीले अर्का मिडफिल्डर एरिक विष्टलाई पनि रिटेन गर्‍यो ।

यसबाहेक अक्सनमा ठिकठाक देखिएको बुटवल लुम्बिनीले विदेशी खेलाडीमा ध्यान दियो । बुटवलले जापान देखि इंग्ल्याण्ड र अमेरिकन खेलाडी भित्र्याएर टिमलाई सन्तुलित बनाएको छ । तर बुटवलले गोलकिपरमा भने नेपाली खेलाडीमै विश्वास गरेको छ । बुटवलले विदेशी गोलकिपर राखेको छैन ।

विदेशी खेलाडीमा बुटवल लुम्बिनीले इंग्ल्याण्डका डिफेण्डरद्वय एडम मिट्टर र नाथन माभिला, जापानका केन्टा होरा र स्कटिस फ्रांक रोसलाई अनुबन्ध गरेको छ । यस्तै नाइजेरियन इजेकेल तामारा र घानाका फरवार्ड फिलिप अजालाई पनि बुटवलले भित्र्याएको छ ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

नयाँ सिजनका लागि बुटवलले नयाँ जोश र उर्जाका साथ टिम बनाएको छ । यस्तै मुख्य प्रशिक्षकमा भुटानका पुष्प लाल शर्मालाई नियुक्त गरेको छ ।

बुटवले युवा फरवार्ड निराजन धामीलाई रिटेन गरेको थियो । यस्तै बुटवले क्याटेगोरी सी को ८राप्टमा अनुबन्ध गरेको डिपेण्डर सुमन श्रेष्ठले भर्खरै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।

बुटवलमा राष्ट्रिय टिमको अनुभव भएका आधा दर्जन खेलाडी छन् । युवा र अनुभवी खेलाडीहरु भएको बुटवलले गोलकिपर बाहेक अन्य पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

मनिष र एरिकसहित सुमन श्रेष्ठ, निराजन धामी, विमल पाण्डे, दीप कार्कीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने टिकेन्द्र थापा पनि राष्ट्रिय टिममा परिसकेका खेलाडी हुन् ।

यसबाहेक टिममा डिफेण्डर सरोज तामाङ, मिडपिल्डर प्रदिप लामा र फत्तेमान लामा लगायत खेलाडी छन् ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

बुटवल लुम्बिनी स्क्वाड

गोलकिपर : दिप कार्की, टिकेन्द्र थापा

डिफेण्डर : सरोज तामाङ, विमल पाण्डे, सन्दीप कार्की, सुमन श्रेष्ठ, निङसाङ लिम्बु, खेमराज श्रेष्ठ, नाथन माभिला, एडम मिट्टर

मिडफिल्डर : मनिष डाँगी, एरिक विष्ट, प्रदिप लामा, फत्तेमान घले, फ्रांक रोस, केन्टा होरा

फरवार्ड : निराजन धामी, मनिष सेढाई‌, इजेकेल तामारा, फिलिपि अजा

झापा एफसी

स्पोर्टिङ इलामले नाम फिर्ता लिएपछि झापा एफसी यस पटक एनएसएलमा पूर्वको एक्लो टोलीको रुपमा हुनेछ । एनएसएलको दोस्रो संस्करणमा डेब्यु गरेको झापाले औसत प्रदर्शन गरेको थियो । अन्जन विष्टलाई मार्की र कप्तान बनाएपनि झापा प्लेअफमा पुग्न सकेन ।

यसपटक झापाको टिम धेरै फेरिएको छ । अघिल्लो सिजनका दुई खेलाडी लकेन लिम्बु र डिफेण्डर छिरिङ लामाबाहेक झापामा सबै नयाँ छन् ।

लकेनलाई नयाँ मार्की बनाएको झापाले छिरिङलाई मात्र रिटेन गरेको थियो । यसैगरी झापाले स्थानिय प्रवेश कटुवाललाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्दै कोचिङ टिम पनि चेन्ज गरेको छ ।

झापाले सर्वियादेखि नाइजेरियासम्मको विदेशी खेलाडी अनुबन्ध गरेको छ । तर झापामा नाम चलेका धेरै खेलाडी भने छैनन् । स्वदेशी खेलाडीमा राष्ट्रिय टिमका लकेन र छिरिङ बाहेक अरु खासै चर्चामा छैनन् । राष्ट्रिय टिममा परिसकेका आशिष गुरुङ र एन्जल श्रेष्ठ पनि यस टिममा छन् ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

यस्तै झापाले विदेशी खेलाडीमा सर्बिया, नाइजेरिया र उज्वेकिस्तानका खेलाडी भित्र्याएको छ ।विदेशी खेलाडीमा उज्वेकिस्तानका अजामात अब्दुलेभ र मुहम्मद इसाएभ, सर्वियन फरवार्ड लाजर अर्सिक, नाइजेरियन फरवार्ड अल्जेरी गेरो र मोन्टेनेग्रोका गोलकिपर नेमान्जा लेमासिकलाई अनुबन्ध गरेको छ ।

यस्तै अमेरिकामा खेल्ने भुटानी मुलका खेलाडी प्रविन बस्नेत र हङकङमा खेल्दै आएका नेपाली खेलाडी आर्यन राईलाई पनि झापाले अनुबन्ध गरेको छ ।

झापाले गोलकिपरदेखि फरवार्डसम्म सबै पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेर सन्तुलित बनाउने प्रयास गरेको छ । पोष्टमा नेमान्जासँगै भर्खरै राष्ट्रिय टिममा परेका नेपालका अन्जल श्रेष्ठ छन् । अन्जलले दोस्रो सिजन काठमाडौं रेजर्सबाट खेलेका थिए ।

डिफेन्समा छिरिङ लामासँगै पहिलो सिजन काठमाडौं रेजर्सबाट उपाधि जितेका आशिष गुरुङ छन् । मिडफिल्डमा मार्की लेकनसँगै आर्यन राई, रोशन पहारी, अभिनाश स्याङग्तान, आरोन थापा जस्ता खेलाडी छन् । फरवार्डमा अघिल्लो सिजन झापाबाटै खेलेका उज्वल राई छन् । झापा विदेशी खेलाडीमा धेरै निर्भर हुनुपर्ने देखिएको छ ।

यस पटक अक्सनमै अभागी बनेका झापाले चाहेको नेपाली खेलाडी पाउन सकेन ।

झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा प्रतिनिधित्व गर्नेछ । पहिलो सिजन पूर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो । तर दोस्रो सिजन विराटनगरले नाम फिर्ता लिँदा पूर्वबाट झापा एफसी र स्पोर्टिङ इलाम एफसी नयाँ टिमको रुपमा थपिएको थियो । तेस्रो सिजनमा इलामले नाम फिर्ता लिएपछि झापा मात्र पूर्वको क्लबको रुपमा रहेको हो ।

झापा एफसी स्क्वाड

गोलकिपर : अन्जल श्रेष्ठ, नेमान्जा लेमाजिक

डिफेण्डर : छिरिङ लामा, आशिष गुरुङ, दिपेश धिमाल, दिपेन्द्र विक, अजामात अब्दुलेभ, सृजन दानी, अभिषेक गुरुङ

मिडफिल्डर : लकेन लिम्बु, रोशन पहारी, अभिनाश स्याङ्गतान, आरोन थापा, मुहम्मद इसाएभ, आर्यन राई, श्याम मुर्मु

फरवार्ड : उज्वल राई, प्रविन बस्नेन, लाजार अर्सिक, अल्हाजी गेरो, आर्यन राई

पोखरा थण्डर्स

पोखरा थण्डर्सको टिम पनि यस पटक धेरै फेरिएको छ । दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेपनि पोखराले उपाधि जित्न सकेन । लिग चरणमा शीर्ष स्थानमा रहेर पनि दुवै क्वालिफायरमा पराजित हुँदा पोखराले अवसर गुमाएको थियो । अन्तिममा पोखरा तेस्रो भयो ।

यस पोखराले पनि मार्की प्लेअर र कप्तानसहित कोचिङ स्टाफ सबै परिवर्तन गरेको छ ।

यस पटक पोखराले युवा खेलाडीहरुमाथि विश्वास राखेको छ । युवा मार्की र कप्तान बनाएको पोखराले विदेशी खेलाडी अनुबन्ध गर्न पनि ढिला गर्‍यो ।

पोखराले नेपालमा ए डिभिजन लिग र एनएसएल खेलिसकेका अनुभवी स्टेफेन समिर विनोङला२ पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । त्यसपछि नाइजेरियन भेट्रान फरवार्ड माइकल चुक्वबुन्नालाई भित्र्याएको पोखराले , बिएस्सी न्याक्वे, साइददोस्तोन जाफारोभलाई भित्र्याएको छ ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

पोखरा एनआरएन कोटाबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

पोखराले युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की बनाएको छ । यस्तै सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

पोखराले अघिल्लो सिजनको मार्की आयुष घलानसँगै पदम भट्टराई र नरेन्द्र चौधरीलाई रिटेन गरेको थियो ।

यस बाहेक पोखरामा राष्ट्रिय टिमबाट खेलिसकेका मिडफिल्डर सुरज ज्यु ठकुरी छन् । अन्य खेलाडीमा चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकी, गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार छन् ।

समिर, आयुष, नवयुग र सुरज बाहेक पोखरामा खासै नाम चलेका खेलाडी छैनन् । यस्तै विदेशी खेलाडीमा स्टेफेन समिरले यसअघि नेपालमा खेलेको अनुभव छ । पेपरमा पोखराको टिम अघिल्लो सिजन भन्दा कमजोर देखिएको छ ।

एनएसएल ३.० : विदेशी खेलाडी अनुबन्धपछि कुन टिम बलियो ?

पोखरा थण्डर्स स्क्वाड

गोलकिपर : कृशल मोक्तान

डिफेण्डर : पदम भट्टराई, एकराज बुढाथोकी, नरेन्द्र चौधरी,गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार

मिडफिल्डर : आयुष घलान, सुरज ज्यु ठकुरी, विशाल तामाङ, चन्दन दास, बिएस्सी न्याक्वे, साइददोस्तोन जाफारोभ

फरवार्ड : समिर तामाङ, नवयुग श्रेष्ठ, स्टेफेन समिर बिनोङ, माइकल इजेजी चुक्वुबुन्ना





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School