एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडियाको साथ

एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडियाको साथ


एनएनआइपिए स्पोर्ट्स अवार्डले आगामी तीन वर्षका लागि केडिया ग्रुपको साथ पाएको छ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुँदै आएको अवार्डमा केडिया ग्रुप प्रायोजकका रूपमा भित्रिएको हो।

यस पटक १८औं संस्करणको अवार्ड आगामी चैत १२ गते ललितपुरमा हुँदै छ। बिहीबार कार्यक्रमका बीच केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडिया र अवार्ड आयोजक खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुरूप केडिया ग्रुपले समान एक पुरुष र महिला सर्वोकृष्ट खेलाडीका लागि हरेक वर्ष जनही एक लाख तथा अवार्ड व्यवस्थापनका लागि ५० हजार गरी दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ।

गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरेका ३६ खेललाई आधार मानेर खेलसंघका सिफारिसका आधारमा वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिनेछ।

उत्कृष्ट खेलाडीमध्येबाट समान एक पुरुष र महिला सर्वोत्कृष्ट खेलाडी, एक पुरुष महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेलपत्रकारलाई एनएनआइपिए खेलपत्रकारिता पुरस्कार, एक जना पाका खेलव्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान र एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले एक लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खेलपत्रकार र खेल व्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १ चैत्र २०८० २१:२९ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School