पारस्परिक कर सम्बन्धी नीतिबाट अमेरिका फर्कनुको विकल्प नभएको चीनको भनाई



प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक कर सम्बन्धी निर्णयप्रति चीनले कडा प्रतिक्रिया दिएको छ ।

ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामानहरूमा लाग्दै आएको कर हटाउने घोषणा गरेपछि चीनको औपचारिक प्रतिक्रिया आएको हो । यो छुट पाउनेमा चीनबाट आयात हुने सामानहरू पनि समावेश छन् ।

चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले आफ्नो गल्ती सुधार्न ठूला कदम चाल्नु पर्ने बताएको छ । पारस्परिक कर अर्थात रेसिप्रोकल ट्यारिफलाई गलत नीति भन्दै चीनले पूर्ण रूपमा खारेज गर्न र आपसी सम्मानको सही बाटोमा फर्किन अमेरिकासँग आग्रह गरेको छ ।

पारस्परिक कर सम्बन्धी नीतिबाट अमेरिका फर्कनुको विकल्प नभएको चीनको भनाई

पारस्परिक कर सम्बन्धी नीतिबाट अमेरिका फर्कनुको विकल्प नभएको चीनको भनाई

ट्रम्पको यो ट्यारिफ नीति सार्वजनिक भएपछि विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू अमेरिका र चीन—बीच ‘ट्यारिफ युद्ध’ चर्किएको छ ।

यद्यपि, अमेरिकाका वाणिज्य मन्त्री हॉवर्ड लुटनिकले यी छुटहरू अहिलेका लागि अस्थायी मात्र भएका बताएका छन ।

राष्ट्रपति ट्रम्पले अप्रिल २ मा भारतसहित थुप्रै मुलुकहरूबाट आयात हुने सामानहरूमा रेसिप्रोकल ट्यारिफ लागू गर्ने घोषणा गरेका थिए ।

यद्यपि, चीनलाई लक्षित गर्दै ट्रम्पले ट्यारिफ दर १४५ प्रतिशतसम्म पुर्याएका छन् । अन्य देशहरूलाई भने ९० दिनको अस्थायी राहत दिँदै ट्यारिफ १० प्रतिशतमा झारिएको छ ।

चीनले यस नीतिलाई गलत भन्दै अमेरिकालाई पुनर्विचार गर्न आग्रह गरेको हो ।

पारस्परिक कर सम्बन्धी नीतिबाट अमेरिका फर्कनुको विकल्प नभएको चीनको भनाई

चीनको भनाइ अनुसार यस्तो व्यवहारले व्यापारिक सम्बन्ध बिगार्नेछ र आपसी विश्वासमा गम्भीर असर पार्नेछ ।

राष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्पले कर आयात कर नीतिलाई प्रमुख हतियार बनाएका छन । उनले आयात करले अमेरिकी उत्पादनलाई बढवा दिने र रोजगारीका अवसर बढाउने दावी गर्दै आएका छन ।

अमेरिकी कर नीतिको कतिपय देशहरुले प्रतिरोध कर लगाउदै विरोध गरेका छन । अमेरिकी कर नीतिका विरुद्ध अन्तिमसम्म लड्ने भनेर चीनले प्रतिरोध कर लगाएको छ ।





Source link

Leave a Comment