एआईका ‘गडफादर’ हिन्टन र हपफिल्डलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार



प्रकाशित मिति : आश्विन २२, २०८१ मंगलबार

अमेरिकी वैज्ञानिक जोन हपफिल्ड र बेलायती क्यानेडियन जेफ्री हिन्टनले मेसिन लर्निङमा गरेका खोज र आविष्कारका लागि सन् २०२४ को नोबेल भौतिकशास्त्र पुरस्कार दिइने भएको छ ।

यी खोजहरूले कृत्रिम बुद्धिमत्ताको बिस्फोटको मार्ग प्रशस्त गरेका थिए। अत्याधुनिक वैज्ञानिक खोजदेखि प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने क्षेत्रमा यसको क्रान्तिकारी सम्भावनाको प्रशंसा भए पनि, यो प्रविधिले मानव जातिलाई नै आफ्नो सिर्जनाले पराजित गर्ने डर पनि उत्पन्न गरेको छ।

हिन्टनलाई एआईको ‘गडफादर’ मानिन्छ । गत वर्ष उनले गुगलमा आफ्नो काम छाडेका थिए । उनले नोबेल पत्रकार सम्मेलनमा भने, हामीसँग हामीभन्दा बढी बुद्दिमान चीजहरू कसरी ह्यान्डल गर्ने अनुभव छैन।

हिन्टनले यो प्रविधि स्वास्थ्यजस्ता क्षेत्रमा चमत्कारिक हुने बताए। तर उनले यसको नियन्त्रण बाहिर जानसक्ने सम्भावित खतरा पनि चिन्ताजनक रहेको बताए ।

हपफिल्ड, ९१ वर्षीय प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक एमेरिटस हुन्। उनले एसोसिएटिभ मेमोरी बनाएका छन्, जसले तस्बिरहरू तथा अन्य डेटा ढाँचाहरूलाई भण्डारण र पुनर्निर्माण गर्न सक्छ।

यस वर्षको नोबेल भौतिकशास्त्र पुरस्कारको विजेताहरूले मेसिन लर्निङको आजको शक्तिशाली जग खडा गर्ने विधिहरू विकास गर्न भौतिकशास्त्रका उपकरणहरूको प्रयोग गरेको बताइएको छ। यो पुरस्कारको राशी ११ मिलियन स्विडिश क्रोनर छ, जुन दुवै विजेताबीच बाँडिनेछ।

बेलायतमा जन्मेका हिन्टन, अहिले टोरन्टो विश्वविद्यालयका प्राध्यापक एमेरिटस हुन्। उनले डेटा स्वतः विश्लेषण गर्न र तस्बिरहरूमा विशेष तत्वहरू पहिचान गर्न सक्ने विधि आविष्कार गरेका थिए। २०२३ मा उनले गुगल छोडेपछि उनले मानिसहरू भन्दा कम्प्युटर चाँडै नै बुद्दिमान हुनसक्ने कुरा पहिचान गरेका थिए , तर उनले गुगलले जिम्मेवार ढङ्गले काम गरेको पनि बताए।

उनले आफ्नो अनुसन्धानमा पछुतो भएको बताए पनि, त्यतिबेला आफूले उपलब्ध जानकारीकै आधारमा काम गरेको बताएका छन्।
नयाँ प्रविधिको तीव्र विकासले हाम्रो भविष्यमा खतरा निम्त्याउने आशंकालाई सम्बोधन गर्दै, नोबेल समितिका अध्यक्ष एलेन मुन्सले भने,मेसिन लर्निङले ठूला फाइदा दिन सक्छ, तर यसलाई सुरक्षित र नैतिक रूपमा प्रयोग गर्ने जिम्मेवारी हामी सबैको हो।

एआईका ‘गडफादर’ हिन्टन र हपफिल्डलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

सन् १९०१ देखि नोबेल पुरस्कारहरू प्रदान गरिंदै आएको छ , भौतिकशास्त्रको क्षेत्रका वैज्ञानिकहरूको लागि यो सबैभन्दा प्रतिष्ठित मानिन्छ। यस सूचीमा अल्बर्ट आइन्स्टाइन, नील्स बोर र एनरिको फर्मी जस्ता वैज्ञानिक सुपरस्टारहरू रहेका छन्।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School