उपेक्षित उष्णकटिबन्धीय रोग रोगहरूको समूह हो, जसले प्रायः तातो, आद्र्र मौसममा मानिसलाई असर गर्छ । उपेक्षित उष्णकटिबन्धीय रोगलाई ‘उपेक्षित’ भनिन्छ किनकि ती रोग अन्य रोगजस्तै अनुसन्धान वा हेरचाहमा ध्यान दिने’boutमा छैनन् । उपेक्षित उष्णकटिबन्धीय रोगहरूले विगतका वर्षभन्दा हालका वर्षहरूमा मानिसको बढी ध्यान केन्द्रित गरेका छन् । उपेक्षित उष्णकटिबन्धीय रोगहरू मुख्य रूपमा उष्णकटिबन्धीय क्षेत्रहरूमा हुने रोगहरूको एक विविध समूह हो । यसले मुख्यतया अविकसित समाजलाई असर गर्छ र विशेषगरी महिला र बालबालिकालाई हानि पु¥याउँछ । यो अनुमान गरिएको छ कि, अर्बभन्दा बढी मानिस उपेक्षित उष्णकटिबन्धीय रोगबाट पीडित छन् तर पनि यी रोगलाई बेवास्ता गरिएको छ किनकि यसको अनुसन्धानमा एकातिर कम रकम छुट्ट्याइएको छ भने अर्कोतर्फ कमै मानिसको यसमा ध्यान पुगेको छ ।
उपेक्षित उष्णकटिबन्धीय रोगहरूको उदाहरणहरूमा डेंगु ज्वरो, कुष्ठरोग र सिस्टोसोमियासिस समावेश छन । यी रोगहरूको विनाशकारी स्वास्थ्य, सामाजिक र आर्थिक प्रभावहरू छन् । यी २० वटा उपेक्षित उष्णकटिबन्धीय रोगहरूमध्ये १२ वटालाई विश्वव्यापी रूपमा मान्यता दिइएको छ । २० उपेक्षित उष्णकटिबन्धीय रोगहरूको सूची निम्नानुसार छ ।
उपेक्षित उष्णकटिबन्धीय रोगको पहिलो नम्बरमा प्रोटोजोआ संक्रमण पर्छ । जसमा चागस रोग, अफ्रिकी ट्रिपैनोसोमियासिस (निद्रा रोग), कालाजार, लेसमनियासिस आदिको असर रहन्छ । यसैगरी, दोस्रोमा हेल्मिन्थियासिस पर्छ, जसमा टेनियासिसरसिस्टसेर्केसिस, ड्र्याकनकुलस रोग (गुनिया वर्म रोग), टेपवाम्र्स, खाद्य ट्रेमाटोड्स, लिम्फेटिक फाइलेरियासिस, ओन्कोसेरसियासिस, स्किस्टोसोमियासिस आदि देखापर्छ । त्यस्तै, तेस्रोमा भाइरल संक्रमण पर्छ, जसमा डेंगु, चिकनगुनिया, रेबिज आदि पर्छन् ।
ब्याक्टेरियल संक्रमण
बुरुली अल्सर, कुष्ठरोग (ह्यान्सन रोग)
रोहे, यावास (स्थानीय ट्रेपोनेमाटोसेस)
फंगल संक्रमणस माइकोटोमा, क्रोमोब्लास्टोमाकोसिस, एक्टोपरासाइटिक संक्रमण, स्क्याबीज र अन्य एक्टोपरासाइट्स
अन्य
सर्पदंश
विश्व स्वास्थ्य संगठनले एसियामा कुनै विशेष समस्या नभएका रोगहरूमध्ये चागस रोग, मानव अफ्रिकी ट्रिपानोसोमियासिस (सुत्ने रोग), फुडबोर्न ट्रेमाटोडायसिस, ओन्कोसेरसियासिस (रिभर ब्लाइन्डनेस), स्किस्टोसोमियासिस, चिकनगुनिया, बुरुली अल्सर र याउ (एन्डेमिक ट्रेप) समावेश छन् ।
कालाजार, लिम्फेटिक फाइलेरिया र कुष्ठरोगका आधा केस भारत र दक्षिण एसियामा पाइएको छ । र, रेबिजबाट हुने मृत्युमध्ये एक तिहाइ भारत र एक चौथाइ दक्षिण एसियामा हुने गरेको छ ।
डेंगु र जापानी इन्सेफलाइटिस सन् २०१४ सम्म राम्रोसँग थाहा थिएन । तर, यो रोगको भारतमा पनि ठूलो हिस्सा छ । सन् २०१७ मा विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त १७ उपेक्षित उष्णकटिबन्धीय रोगहरूमध्ये, एसियामा ६ वटा रोग सामान्य छन् । ती ६ रोग हुन्– लिम्फेटिक फाइलेरियासिस, कालाजार, लेप्टोस्पाइराटा, रेबिज, माटोबाट सर्ने हेल्मिन्थियासिस र डेंगु ज्वरो ।
ग्लोबल बर्डन अफ डिजिज स्टडी नियमित रूपमा अद्यावधिक गरिएको प्रतिवेदन हो, जसले विश्वका प्रत्येक प्रमुख रोगहरू के हो र ती रोगबाट मानिसहरू कतिको प्रभावित छन् भनी प्रकट गर्ने प्रयास गर्छन् । यस प्रतिवेदनले अचम्मलाग्दो संख्यामा रोगहरूको पहिचान गर्छ र तिनीहरूलाई स्वास्थ्य पेसेवरहरूबीच अज्ञात रहेको वर्णन गर्छ ।
सन् २०१६ ग्लोबल बर्डन अफ डिजिज अध्ययनबाट एउटा अचम्मलाग्दो निष्कर्ष यो छ कि, एसियामा १६ वटा उपेक्षित उष्णकटिबन्धीय रोगहरूमध्ये ११ वटा रोगबाट सबैभन्दा धेरै र सबैभन्दा खराब घटनाहरू घटेका छन् । विश्वमा सबै उपेक्षित उष्णकटिबन्धीय रोगहरूका सबैभन्दा बढी घटना भारतमा घटेको पाइन्छ ।
उपेक्षित उष्णकटिबन्धीय रोग फैलावटका कारण
जलवायु परिवर्तन उपेक्षित उष्णकटिबन्धीय रोगहरूको फैलावटको सबैभन्दा महत्वपूर्ण कारणहरूमध्ये एक हो । तापक्रम, वर्षा र आद्र्रताजस्ता मौसमी ढाँचामा हुने परिवर्तनले उपेक्षित उष्णकटिबन्धीय रोगहरू, विशेषगरी डेंगुको फैलावटमा प्रभाव पार्छ ।
तापमान वृद्धिसँग भेक्टर घनत्व बढ्छ । बढ्दो तापक्रमका कारण, भेक्टरहरू सामान्य रूपमा पाइने ठाउँमा हजार फिटभन्दा माथि उड्न सक्षम हुन्छन् । थप रूपमा, पानी जम्ने, द्रुत सहरीकरण र बाढीजस्ता चरम मौसमी अवस्थाहरूले पनि रोगहरू, विशेषगरी डेंगु बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । तिनीहरूले लामखुट्टेहरूको प्रजननका लागि अनुकूल अवस्थाहरू सिर्जना गर्छन् र तातो तापक्रमले लामखुट्टेको शरीरभित्र भाइरसहरूको संख्या बढाउँछ ।
रोकथाम र नियन्त्रण उपायहरू
सरकारले उपेक्षित उष्णकटिबन्धीय रोगहरूलाई न्यूनीकरण र उन्मूलन गर्ने उद्देश्यले स्वास्थ्य सेवामा वित्तीय लगानी गर्न विश्व स्वास्थ्य संगठनलाई सहयोगका लागि आग्रह गर्छ, ताकि यी रोगलाई सकेसम्म चाँडो निर्मूल गर्न सकियोस् ।
सन् २००५ मा भारतको स्वास्थ्य मन्त्रालय, बंगलादेशको स्वास्थ्य मन्त्रालय र नेपालको स्वास्थ्य मन्त्रालयले आ–आफ्नो साझा क्षेत्रमा सन् २०१५ सम्ममा कालाजार उन्मूलन गर्ने सम्झौता गरेका थिए, जुन निकै फाइदाजनक साबित पनि भएको थियो ।
सन् २०१५ को एक अध्ययनले भारतको जनस्वास्थ्य कार्यक्रमले कुष्ठरोगको दर कम गर्न काम गरिरहेको रिपोर्ट गरेको थियो । यस रोगलाई छिट्टै हटाउन असफल भए पनि सरकारले यसका लागि निरन्तर प्रयास भने गरिरहेको छ ।
सन् २०१७ मा सरकारले उपेक्षित उष्णकटिबन्धीय रोगहरू उन्मूलन गर्न विश्व स्वास्थ्य संगठनको योजनाहरूमा भाग लिन थाल्यो । ताकि, यो रोग चाँडोभन्दा चाँडो उन्मूलन होस् । यी सबै संस्थामा सरकारको प्रत्यक्ष उद्देश्य गरिबी घटाउने, सरसफाइको प्रवर्धन गर्ने र सबैले राम्रो स्वास्थ्य र शिक्षा पाउने भएकाले यो उद्देश्य पूरा गर्न सरकारले नयाँ रणनीति बनाएको हो ।
उपेक्षित उष्णकटिबन्धीय रोगहरूसँग सम्बन्धित केही तथ्य र तथ्यांकहरू
सन् २०२० मा उष्णकटिबन्धीय रोगहरूलाई उपेक्षा गरिएको थियो, जसको परिणामस्वरूप लगभग २ लाख मानिसमा उष्णकटिबन्धीय रोगहरूका कारणले गर्दा अन्धोपन, विकृति र अशक्तता हुनसक्ने अनुमान गरिएको छ । सीमित स्रोत साधनले गर्दा उपेक्षित उष्णकटिबन्धीय रोगहरूको अनुसन्धान, पहिचान एवं निदानमा असर गरिरहेको गर्छ । विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा विश्व उपेक्षित उष्णकटिबन्धीय रोग दिवसका अवसरमा ‘उपेक्षित ट्रपिकल रोगहरू सन् २०२३’ मा विश्वव्यापी रिपोर्ट जारी गरेको छ ।
प्रतिवेदनका हाइलाइटहरू यसप्रकार छन्–
उपेक्षित उष्णकटिबन्धीय रोगहरूले मुख्यतया संसारका सबैभन्दा गरिब मानिसहरूलाई असर गर्छ ।
समाज र संस्कृति
उपेक्षित उष्णकटिबन्धीय रोगहरू गरिबी क्षेत्रका रोगहरू हुन् र समाजमा गरिबी घटाएर कम गर्न सकिन्छ । कसैलाई रोग लाग्दा लाज लाग्छ, तर रोग कसैको रहर होइन । सरकारले कहिलेकाहीँ रोगहरूका ’boutमा चेतना फैलाउन स्वास्थ्य अभियानहरू सुरु गरेको छ, ताकि मानिसहरूले आवश्यक पर्दा चिकित्सा सहायता खोज्न सहज महसुस गर्न सकून् ।
उपेक्षित उष्णकटिबन्धीय रोगहरू हटाउन आवश्यक हस्तक्षेपहरू
भेक्टर नियन्त्रणका लागि एक एकीकृत दृष्टिकोण अपनाउनुपर्छ, ’cause प्रत्येक भेक्टरका लागि, हामी एक अलग नियन्त्रण उपाय डिजाइन गर्न सक्दैनौं । निवारक वा उपचारात्मक औषधिहरू पहिचान गरी रोगबाट प्रभावितहरूलाई प्रदान गर्ने जोखिममा रहेका मानिसहरूमा औषधिको पहुँच सुनिश्चित गर्ने । प्रारम्भिक चरणमा रोग पत्ता लगाउने, ताकि समयमै उपचार सुरु गर्न सकियोस् र यस कार्यमा सहभागी संस्थाहरूलाई पर्याप्त रकम उपलब्ध गराउनुका साथै जोखिममा परेका मानिसहरूमा एनटीडीहरू’bout चेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने हुन्छ । देशका दुर्गम क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई सरसफाइका ’boutमा चेतना फैलाउनका लागि ग्रामीण क्षेत्रहरूमा जनचेतना अभिवृद्धि गर्नुपर्छ । रोगको सचेतनाका ’boutमा अधिक जनसंख्याको सहभागिता सुनिश्चित गर्न गरिबहरूलाई स्वास्थ्य सुविधाहरूमा पहुँच प्रदान गर्दै प्रमुख हटस्पटहरू पहिचान गर्नुपर्छ ।
निष्कर्ष
उपेक्षित उष्णकटिबन्धीय रोगहरूले व्यक्ति र समुदायमा पर्याप्त प्रभाव पार्छ । गरिब र सीमान्तकृत क्षेत्रहरूले महत्वपूर्ण बोझ वहन गर्छन् । अन्य स्वास्थ्य चिन्ताहरूको तुलनामा यी रोगहरूलाई अक्सर बेवास्ता गरिन्छ । उपेक्षित उष्णकटिबन्धीय रोगहरूले सार्वजनिक स्वास्थ्य र सामाजिक, आर्थिक विकासमा दूरगामी प्रभाव पार्छ । दिगो विकास लक्ष्यहरू हासिल गर्न उपेक्षित उष्णकटिबन्धीय रोगहरूलाई सम्बोधन गर्नु आवश्यक छ । प्रभावित जनसंख्याको जीवनस्तर सुधार गर्न उपेक्षित उष्णकटिबन्धीय रोगहरू’bout सम्बोधन गर्नुपर्छ ।
उपेक्षित उष्णकटिबन्धीय रोगहरूको सामना गर्न सरकारहरू, अन्तर्राष्ट्रिय संस्थाहरू र सरोकारवालाहरू मिलेर काम गर्छन् । यसले व्यापक औषधि प्रशासन, भेक्टर नियन्त्रण, स्वास्थ्य शिक्षा र निगरानी प्रगतिमा योगदान गर्छ । सीमित स्रोतहरू, अपर्याप्त स्वास्थ्य सेवा पूर्वाधार र स्वास्थ्यका सामाजिक निर्धारकहरूले चुनौतीहरू सिर्जना गर्छन् । प्रभावकारी उपेक्षित उष्णकटिबन्धीय रोग नियन्त्रण र उन्मूलनका लागि यी चुनौतीहरू पार गर्नु महत्वपूर्ण छ ।
(Visited 14 times, 1 visits today)