उच्च रक्तचाप, कुनै रोग लाग्दा विशेष ध्यान दिनुपर्ने कुरा हो, खाना । दीर्घरोगीले त खानेकुरामा अझ धेरै सतर्क हुनुपर्छ । के खाँदा हुन्छ, के हुँदैन ? भन्ने जानिराख्नुपर्छ । खान नहुने नखाई मुख बार्न सकिएन भने रोग निको पार्न समय लाग्नसक्छ वा रोग नै निको नहुन सक्छ । त्यसकारण उच्च रक्तचापको समस्या भएका बिरामीले खान सकिने १३ खानेकुरा उल्लेख छन् ।
उच्च रक्तचाप
केरा
केरामा पोटासियम हुने भएकाले उच्च रक्तचाप भएका व्यक्तिको लागि उपयोगी हुन्छ । यसलाई दिनको दुईवटासम्म खान सकिन्छ । पोटासियमले रगतमा सोडियमको मात्रा कम गर्ने र रक्तसञ्चारमा नियमित गराउन मद्दत गर्छ । यसलाई पकाएर होइन, प्राकृतिक रुपमा खानुपर्छ ।
तर उच्च रक्तचापसँगै मधुमेहको समस्या छ भने यसको सेवन गर्नु हुँदैन ।
स्याउ
स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरमा तौल नियन्त्रण गर्न मद्दत गर्छ । स्याउमा पाइने घुलनशील फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिने र खराब कोलेस्टोरोल घटाउँछ । रक्तसञ्चारलाई स्वस्थ बनाइराख्छ । किनभने उच्च रक्तचाप पनि शरीरमा तौल बढ्नाले वा तौल बढेका व्यक्तिलाई हुने गर्छ । दिनको दुईवटा स्याउ खान सकिन्छ । स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टिअक्सिडेन्टले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
किबी
दैनिक किबीको सेवनले पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । मेडिकल न्युज टुडेमा रक्तचापका लागि उपयोगी १८ खानेकुरामा दैनिक ब्रेकफास्ट खानुअघि दुईवटा किबी खाँदा ब्लड प्रेसर २.७ मिलिमिटर मर्करी (एमएमएचजी) कम भएको जनाएको छ । सात हप्ता दैनिक दुई किबी फ्रुट सेवन गर्दा शरीरमा मेटाबोलिक र रक्तचापको प्रभाव अनियमितता नियन्त्रण गर्छ । उच्च रक्तचाप नियन्त्रण गर्न भिटामिन सी सप्लिमेन्ट खान दिइन्छ । किबीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ ।
खर्बुजा
खर्बुजामा सिटुलिन नामक एमिनो एसिड हुन्छ । यसले शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्छ । यसले रक्तनलीलाई आराम दिनुका साथै धमनीलाई लचिलो बनाउन सहयोग गर्छ । यसकारण रक्तसञ्चारलाई नियमित बनाएर उच्च रक्तचाप कम गर्न मद्दत गर्छ ।
सन् २०२३ मा प्रोसिडिङ अफ द न्युट्रिसियन सोसाइटीले स्वस्थ वयस्कहरुलाई रक्तचापको असर हेर्न खर्बुजाको जुस खुवाएर त्यसको प्रभाव मापन गरेका थिए, जसमा खर्बुजाको रस सेवनले दुई घण्टामा सिस्टोलिक रक्तचाप कम गर्छ ।
सन् २०२१ सानो अध्ययनमा २७ जनामध्ये व्यायाम गर्नुअघि केहीलाई खर्बुजाको जुस र केहीलाई अन्य पेय पदार्थ सेवन गराएका थिए । खर्बुजाको जुस पिउने महिलाहरुले व्यायामपछि रक्तचाप बढेको अनुभव गरेनन् भने पुरुषहरुले गरेका थिए ।
गोलभेंडा
गोलभेंडामा लाइकोपिन नामक एन्टिअक्सिडेन्ट हुन्छ । सन् २०२१ मा गरेको एक अनुसन्धानमा गोलभेंडा उपभोग गर्दा उच्च रक्तचाप भएका वा नभएका व्यक्तिमा सिस्टोलिक रक्तचापलाई उल्लेखनीय रुपमा कम गर्न सक्छ । यद्यपि गोलभेंडालाई प्रयोग गर्दा समान परिणाम उत्पन्न भएन ।
अनार
अनारमा एन्टिअक्सिडेन्ट र अन्य तत्व हुन्छन्, जसले उच्च रक्तचाप र एथेरोस्क्लेरोसिसलाई रोक्न मद्दत गर्छ । सन् २०१८ को एक परीक्षणले दैनिक अनारको जुस सेवन गर्ने मान्छेमा सिस्टोलिक र डायस्टोलिक रक्तचाप कम गर्नुका साथै मधुमेह पनि कम गर्न मद्दत गर्छ । रक्तचापको उच्च मापन हुँदा मुटु धड्किएसँगै धमनीहरुमा पर्ने चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ ।
धड्कनका बीचमा हुने कम चापलाई डाइअस्टोलिक रक्तचाप भनिन्छ । सन् २०१७ नेसनल लाइब्रेरी अफ मेडिसिनले आठजना व्यक्तिमा गरेको परीक्षणमा नियमित अनारको जुस सेवन गर्दा रक्तचाप कम गर्ने प्रमाण फेला पारेको छ ।
फर्मेन्टेड फुड
फर्मेन्टेड खाना जस्तै गुन्द्रुक, सिन्की, दहीमा प्रोबायोटिक्स प्रशस्त मात्रामा हुन्छ । यसले रक्तचाप व्यवस्थापन गर्न मद्दत गर्छ । सन् २०२० मा नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले कोरियामा ५० वर्ष वा सोभन्दा माथिका ११ हजार ५६६ वयस्कको डाटा विश्लेषण गरेका थिए । यसमा फर्मेन्टेड फुड सेवन गरेका महिलालाई उच्च रक्तचापको जोखिम कम थियो । उच्च रक्तचापको प्रो-बायोटिक्स सप्लिमेन्टको रुपमा दिइन्छ ।
लसुन
लसुनमा एन्टिबायोटिक र एन्टिफंगल भरपुर हुन्छ । अमेरिकाका सन् २०२० मा नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार लसुनले हुने एलिसिन नामक तत्वले धमनीलाई कडा हुनबाट जोगाउने र गट माइक्रोबायोटा (मानव शरीरमा हुने सूक्ष्म जीवाणु) सुधार गरेर उच्च रक्तचाप कम गर्न मद्दत गर्छ । यही एलिसिन शरीरमा कोलेस्टेरोलको स्तरलाई कम गर्छ, जसले मुटुरोगको जोखिम कम हुन्छ । त्यसैले लसुनको उपयोगले एलडीएल अर्थात् नराम्रो कोलेस्टेरोललाई कम गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै ब्लड प्रेसर (रक्तचाप)को स्तरलाई ठीक राख्न सघाउँछ ।
माछा
नेपालमा पाइने रोहु माछा (ओयली फिस) ओमेगा थ्रीको राम्रो स्रोत हो । यसले उच्च रक्तचाप र हृदयरोगको जोखिम कम गर्न सक्छ । जनरल अफ तथा अमेरिकन आर्ट एसोसियनले सन् २०२२ मा गरेको अनुसन्धान अनुसार दैनिक तीन ग्राम ओमेगा थ्री फ्याटी एसिडको खानाले रक्तचाप कम गर्न मद्दत गर्छ । माछा हप्तामा दुई पटक खाँदा राम्रो हुन्छ ।
ओखर
दैनिक नियमित ओखरको सेवन गर्दा वृद्धवृद्धामा हुने सिस्टोलिक रक्तचाप र मानसिक समस्याका कारण हुने उच्च रक्तचाप कम गर्छ । ओखरमा ओमेगा थ्री भएका कारण शरीरमा कोलेस्टेरोलको स्तर कम मद्दत गर्छ । उच्च रक्तचापको मूल कारण तनाव भएकाले उच्च रक्तचापलाई नियन्त्रण गर्न यसको महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
सन् २०२२ क्रससेक्सन अध्ययनले उच्च रक्तचाप व्यवस्थापन गर्न दैनिक ५५ देखि १०० ग्राम सेवन गर्न सकिन्छ । यसले बालबालिकामा उच्च रक्तचापमा नियन्त्रण गर्न मद्दत गर्छ । पस्टा, बदाम समावेश गर्न सकिन्छ ।
कागती, सुन्तला तथा अंगुर खाने
उच्च रक्तचाप भएका व्यक्तिले डाइटचार्ट अनुसार कागती, सुन्तला तथा अंगुर (अमिलो) लगायत खाना खाने गर्नुपर्छ । यस्ता खानेकुरामा पोटासियम मात्र बढी हुन्छ यस्ता खानेकुराले उच्च रक्तचाप घटाउन मद्दत गर्छ । यस किसिमका फलफूल तथा खानामा भिटामिन, मिनरल्स तथा प्लान्ट कम्पाउन्ड तत्व रहेको हुन्छ । यसले मुटुलाई राम्रो बनाउँछ ।
हरियो सागसब्जी
हरियो सागसब्जी भरपुर मात्रामा फाइबर, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता पोषक तत्व पाइन्छ । यसले धमनीलाई सफा राख्न मद्दत गर्छ । उच्च रक्तचापबाट घटाउँछ । त्यस्तै हरियो सागपातमा पनि भिटामिन सी पाइन्छ । फलफूलको तुलनामा तरकारीमा भिटामिन सी कम मात्र हुन्छ । दिनको दुई–तीन पटक खानामा समावेश गर्दा तरकारीबाट पनि भिटामिन सी पर्याप्त प्राप्त हुन्छ ।
सकेसम्म हरियो सागसब्जी काँचै खाँदा राम्रो हुन्छ । किनकि यी भिटामिन पानीमा घोलिने हुनाले पखाल्दा, काट्दा धेरै नष्ट हुन्छ । बन्दा, काँक्रो, गाँजर, पालुंगो, रायोको साग, तोरीको साग खान सकिन्छ । त्यसमा कम फ्याट हुने भएको पनि उच्च रक्तचाप नियन्त्रणमा आउँछ । काँक्रो र गाँजरमा भिटामिन सीको अधिक मात्रामा पाइन्छ, जुन उच्च रक्तचापको बिरामीलाई सप्लिमेन्टको रुपमा दिने गरिन्छ ।
अनस्याचुरेट फ्याट
अनस्याचुरेटेड फ्याटले शरीरमा राम्रो कोलेस्टेरोल (एचडीएल)लाई बढाएर खराब कोलेस्टेरोल (एलडीएल)लाई घटाउँछ । खराब कोलेस्टोरोलले धमनीमा बोसो जम्मा भएर रक्तसञ्चार अवरोध गर्ने काम गर्छ भने राम्रो कोलेस्टेरोलले रक्तसञ्चार राम्रो गराएर उच्च रक्तचाप घटाउँछ । तोरीको तेल, जैतुन, बदाम, सोयाबिन र सनफ्लावरको तेलको प्रयोग गर्न सकिन्छ ।
उच्च रक्तचाप भएकाले के खान हुँदैन ?
नुन, क्याफिन, मद्यपान र प्रशोधित खानेकुरा कम गर्नुपर्छ । दैनिक खानेकुरामा नुनको प्रयोग कम गर्नुपर्छ, किनभने यसले रक्तचाप बढाउन सक्छ । युनाइटेड स्टेड डिपार्टमेन्ट अफ एग्रिकल्चर यूएसडीएले १३ वर्षभन्दा माथिकालाई २.३ ग्राम नुनको सेवन गर्न सकिन्छ ।
क्याफिनको पनि केही फाइदा गर्छ । तर धेरै सेवनले गरेमा यसले पनि उच्च रक्तचाप गराउन सक्छ । सन् २०२२ मा जनरल अफ द अमेरिका हार्ट एसोसियन (एएचए)ले कफीको अत्याधिक सेवनले उच्च रक्तचाप भएका व्यक्तिमा हृदयघातका कारण मृत्यु हुने जोखिम बढेको पत्ता लगाएको थियो ।
नियमित रक्सी सेवन व्यक्तिमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । सन् २०२२ मा नेसनल लाइब्रेरी अफ मेडिसिनको अध्ययनले रक्सी कम खाने महिलामा पनि उच्च रक्तचाप निम्त्याउन सक्ने देखाएको छ । थप पढ्नुहोस्