इस्तानबुल वार्ताबाट अमेरिका र रुसले दिन खोजेको सन्देश के हो ?



प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार

रुसी र अमेरिकी अधिकारीहरुबीच इस्तानबुलमा भेटवार्ता भएको छ । दुई देशबीचको सम्बन्ध पुनस्र्थापना गर्ने उद्देश्यका साथ दूतावासको समस्या समाधानका लागि वार्ता भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमा रूसी आक्रमण सुरु भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रूस र अमेरिकाबीच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता हुन लागेको हो ।

वार्तामा दुबै पक्षको कुटनीतिज्ञको सहभागिता भएको बताइए पनि सहभागीको परिचय दिइएको छैन । रुसको सरकारी तास एजेन्सीले रुसी प्रतिनिधिमण्डलमा ‘विदेश मन्त्रालयका प्रतिनिधि’ रहेको जनाएको छ ।

इस्तानबुल वार्ताबाट अमेरिका र रुसले दिन खोजेको सन्देश के हो ?

इस्तानबुल वार्ताबाट अमेरिका र रुसले दिन खोजेको सन्देश के हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना सत्तामा आएदेखि नै मस्कोसँगको सम्बन्ध लाई पुनस्र्थापित गर्ने प्रयास गरेका छन ।

उनले रूसी समकक्षी भ्लादिमिर पुटिनलगायत क्रेमलिनका अधिकारीहरूसँग तीन वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता सुरु गर्ने पहल थालेका छन ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो।

मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसङ्घमा सोमबार भएको मतदानमा अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।

इस्तानबुलमा भएको वार्ताको उद्देश्य पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका क्रममा दूतावासका कर्मचारीलाई एकअर्काबाट निष्कासन गरेपछि आफ्ना कूटनीतिक नियोगको कामलाई सामान्य बनाउने हो ।

इस्तानबुल वार्ताबाट अमेरिका र रुसले दिन खोजेको सन्देश के हो ?

नेटो सदस्य टर्कीएले युक्रेनमा शत्रुता अन्त्य गर्न वार्तामा भूमिका खेल्न चाहेको छ । टर्कीले सन् २०२२ मार्चमा रुस र युक्रेनकाबीचमा दुई पटक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School