जागिरमा त्यो दिन व्यस्तताले गाँजेको थियो मलाई। अफिसमा भेट्न आउने मान्छेहरूको घुइँचोले गर्दा मिटिङ पछि मिटिङ चलिरहेको थियो। त्यस्तो व्यस्तताको बावजुद बेला–बेलामा इमेल चेक नगरी धरै थिएन। अलिकति फुर्सद हुनासाथ कहिले कम्प्युटर र कहिले फोनबाट इमेल चेक गरेर जवाफ पठाइरहेको थिएँ। मेरो अफिसमा इमेलको जवाफ तुरुन्तै नदिए हाकिम वा आफू मातहतका स्टाफहरूले फोन गरेर सोधिहाल्छन् किन इमेलको जवाफ नदिएको भनेर।
लन्च सकेर अर्को मिटिङको लागि पर्खिरहेको थिएँ, त्यत्तिकैमा इमेलको टिंग आवाज आयो। नयाँ इमेल आएछ, खोलेर पढिहालें। लेखेको रहेछ— “पस्पते सर, इन्टरनेटबाट हजुरको नाम पत्ता लगाएँ, म शर्मिला। भर्खरै पब्लिक हेल्थमा मास्टर्स सकेको हुनाले ‘इन्टर्नसिप’ को खोजीमा छु। सहयोगको अपेक्षा गर्दछु।”
मलाई एकजना काम गर्ने मान्छे तुरुन्तै चाहिएको थियो फेरि यो विदेशमा एक जना नेपालीले अर्को नेपालीलाई सहयोग गर्न पाउनु अहोभाग्य हो भन्ठानेर, तपाईंको रिजुमे र ट्रान्सक्रिप्ट पठाउनुहोस् है भनेर जवाफ पठाएँ। उनले तुरन्तै रिजुमे र ट्रान्सक्रिप्ट पठाइन्। रिजुमे इम्प्रेसिभ रहेछ र कोर्सहरू पनि राम्रो छानेर लिएकी रहिछन्। सबै प्रक्रिया पुर्याएर एक महिना पछि शर्मिलाको ‘इन्टर्नसिप’ मेरै अफिसमा, त्यो पनि मेरै प्रोजेक्टमा सुरु हुनेभयो।
ठीक एक महिना पछि, एउटा घमाइलो सोमबार बिहान नौ बजे शर्मिला रिसेप्सनमा आइपुगेको खबर सेक्युरिटी गार्डले फोन गरेर बताए। फोन राख्ना साथ म मेरो अफिसबाट रिसेप्सनतर्फ लागें। शर्मिला प्रतीक्षालयमा पर्खिरहेकी रहिछन्। उनलाई चिन्न गाह्रो भएन किनकि त्यहाँ पर्खने ४-५ जना मध्ये उनी मात्र एशियन मूलकी थिइन्।
“नमस्ते,” भन्दै म उनी नजिक गएँ। साना–ठूला सबैलाई नमस्कार गर्ने बानी छ मेरो। मलाई हाकिम पल्टिन आउँदैन। शर्मिलाले सोफाबाट झसङ्ग हुँदै उठेर नमस्कार फर्काइन्। केहीबेर पर्खनु पर्दा उनी फोनमा व्यस्त भएकी रहिछन्। “सरी, मैले तिमीलाई तर्साए जस्तो छ” भन्न नपाउँदै उनले जवाफ दिइन्, “हैन, हैन, इट्स ओके!” सुरुमा अलिक झसङ्ग भए पनि, उनलाई सम्हालिन धेरै समय लागेन।
करिब पाँच फुट सात इन्चकी दुब्ली पातली शर्मिला हँसिली स्वभावकी रहिछन्। उनले लगाएको कालो रङको छोटो स्कर्ट, सेतो शर्ट र हाई हिलले उनलाई खुबै राम्रो सुहाएको थियो। हातमा फोन बाहेक एउटा सुन्दर ह्यान्डब्याग थियो। गर्मी महिना भएकोले होला कोट भने लगाएकी थिइनन्। कलेजी रङको लिपिस्टिक बाहेक अरू मेकअप गरेको थिएन जस्तो लाग्यो। घाँटीमा रुद्राक्षको माला र मालाको टुप्पोमा भएको मुटु आकारको सुनको गहनाले देब्रे र दाहिने छातीलाई दुई भागमा विभाजन गरेको थियो।
हामी दुःखसुखका साथी बनिसकेका थियौं। हामीबीच प्रेम थिएन, तर एकअर्काप्रतिको सम्मान र माया थियो। हामी धेरैजसो दुई जना मात्र लन्च खान थाल्यौं। हिंड्न जाँदा होस् वा कुनै पनि कार्य गर्दा होस्, हामी प्रायः सँगै हुन्थ्यौं। कुरै कुरामा उनी भन्थिन्, “मेरो श्रीमान् भन्दा हजुरसँग बढी कुराकानी हुन थालेको छ, जुन मलाई मन पर्छ।”
भेट्नासाथ मेरो पहिलो मनमनैको प्रतिक्रिया थियो: “जीउडाल र सुन्दरता हेर्दा त यी युवती हिरोइन हुनुपर्ने, जागिर खान किन आएकी होलिन्?” फेरि सोचें, राम्रा मान्छेले जागिरै खान नहुने भन्ने कति नराम्रो सोच पालेर बसेको हुँला म! जेहोस्, हरेक प्रोफेसनमा सुन्दर महिलाले अरू अलिक कम सुन्दर महिलाभन्दा बढी फाइदा लिन सक्छन् भन्ने कुरा पढेको याद आयो।
अब हामी मेरो अफिसतर्फ हिंड्न थाल्यौं। बाटोमा पर्ने क्याफ्टेरिया र पुस्तकालय देखाइदिएँ। साधारण भलाकुसारी गर्दै हिंडिरहेका थियौँ। बाटोमा मेरै अफिसको साथी ‘जोन’ भेटिए, परिचय भयो। इलिभेटर चढेर पाँचौं तलामा गयौं।
मलाई उनीसँग कुरा गर्न धौ–धौ परिरहेको थियो। उनी चिसो पाखामा फुलेको लालीगुराँसको फूल जस्ती थिइन्। उनीसँगको भलाकुसारीभन्दा मेरो ध्यान उनको सुन्दरता र व्यक्तित्वमा बढी केन्द्रित भयो। बाटोभरि मैले न उनको कुरालाई ध्यान दिएर सुन्न सकेको थिएँ, न आफ्ना कुराहरू संगठित रूपमा अभिव्यक्त गर्न सकिरहेको थिएँ। उनीसँग आँखा जुधाएर कुरा गर्न सकस भइरहेको थियो। अन्त हेरेर कुरा गर्दा सभ्य नमानिएला भनेर सजग पनि भएको थिएँ। यसअघि मेरो थुप्रै महिला सहकर्मीहरूसँग भेटघाट भएको थियो, काम गरेको थिएँ तर आज जस्तो कहिल्यै भएको थिएन।
इलिभेटरबाट निस्किएर दाहिने मोडिएर अघि बढ्यौं। मेरो अफिस आइसकेछ, उनलाई देखाइदिएँ। सहयात्री अनुसार एउटै दूरी पनि लामो वा छोटो लाग्नु स्वाभाविकै हुन्छ। मैले मेरो अफिस नजिकै उनलाई एउटा क्युबिकलको व्यवस्था गरिदिएको थिएँ। त्यो क्युबिकलमा गएर अफिसको बारेमा साधारण जानकारी दिएँ। कामको बारेमा लन्च मिटिंगमा छलफल गर्ने सल्लाह भयो। योजना मुताबिक उनी कम्प्युटर र इमेल लगायतका प्रशासनिक काममा व्यस्त भइन्। म आफ्नो अफिसतिर लागें।
अफिसमा आएर म सोचमा डुबें। खै किन हो शर्मिलासँग मेरो केमिस्ट्री पहिलो भेटमै मिले जस्तो लाग्यो। उनको फुर्रफुर्र उड्ने कालो केश, त्यो नशालु हेराइ, अनि नरम र मिठो बोलीले लठ्याएको थियो मलाई। पहिलो भेटमा नै उनको सकारात्मक सोच राख्ने प्रवृत्ति मलाई औधी मन पर्यो।
यस्तै सोचाइ बीच म भित्र एउटा ज्वाला दन्दनी बल्न थालिसकेको रहेछ। त्यो केको ज्वाला थियो मैले ठम्याउन सकिरहेको थिइनँ। उनी मेरो लागि विपरीत ध्रुवकी चुम्बक भएकी थिइन्। म उनीप्रति नरम भइसकेको थिएँ। ममा नयाँ जोश र जाँगर पलाएको थियो। लाग्थ्यो मेरो मस्तिष्कमा डोपामाइन, अक्सिटोसिन, एड्रिनालिन, र भ्यसोप्रेसिन जस्ता रासायनिक तत्वहरू एकैपल्ट प्रवाह हुन थालेका छन्।
लन्चमा भेट हुँदा कामको र पारिवारिक कुरा पनि भयो। उनी विवाहित रहिछन्। बिहे गरेको ३ वर्ष भए पनि केटाकेटी भने भएका रहेनछन्। उनको र मेरो गफगाफ भलाकुसारी एकदमै आत्मीय र सौहार्दपूर्ण रह्यो। मलाई अचम्म के लाग्यो भने उनी पहिलो दिननै मसँग खुलेर र रमाइलो मानेर कुरा गरिरहेकी थिइन्।
लन्चभरि म उनीसँग मुखले एउटा कुरा गरिरहेको थिएँ तर दिमागले अर्कै सोचिरहेको थियो। घरीघरी सोच्दथें, म उनीप्रति आकर्षित भएको त हैन? डरले मनमा ढ्यांग्रो ठोकिरहेको थियो। मनले भन्दै थियो, “हैट्, यसरी एउटा सुन्दर युवतीलाई देखेर लट्ठ हुने हो? तँ त सादीसुदा आदमी मात्र हैन, तीन जना केटाकेटीको बाउ पनि होस्! काममा हुने यौन उत्पीडन र दुर्व्यवहारको विषयमा पनि सचेत होलास्। आफूलाई सम्हाल, नत्र ठूलो समस्यामा पर्लास्।”
हामी कहिल्यै झगडा वा विवाद गर्दैनथ्यौं। हाम्रो सम्बन्धमा कुनै समस्या थिएन। समस्याले गर्दा मान्छेहरूको असली रूप बाहिर आउन सक्छ। संकटको समयमा असली सम्बन्धको परीक्षा हुने गर्दछ। तर, हामी यस्तो अवस्थामा थियौं जहाँ त्यो परीक्षा आउने संकेत थिएन
पहिलो भेटमा एउटा सुन्दर महिलाले पुरुषबाट हुन सक्ने उनीप्रतिको हेराइ वा नजरप्रति उनी अनभिज्ञ छैनन् जस्तो लाग्यो। राम्रा केटीहरूले त्यस्तो समस्या सानैदेखि भोगेका हुन्छन्। उनीप्रति मेरो गिद्धे दृष्टि नहोस् वा उनले त्यसरी नबुझुन् भन्ने कुरामा म निकै सतर्क थिएँ। तैपनि उनलाई मेरो नजरको नजरअन्दाज गर्न गाह्रो भएन होला भन्ठानें। त्यो नजर एउटा साधारण हाकिम र इन्टर्नको जस्तो छँदै थिएन।
दिउँसो हामी दुवै आ-आफ्नो काममा व्यस्त भयौं। बेलुका घर जाने बेलामा उनले भनिन्, “हजुरसँग भेटेर र कुरा गरेर खुशी लाग्यो। मैले यो तीन महिनाको इन्टर्नसिपमा गर्ने काम पनि मलाई मन पर्यो।”
“हो नि, एउटा नेपालीले अर्को नेपाली भेट्दा त्यसै पनि खुशी लाग्दो रहेछ। इन्टर्नसिपको पहिलो दिन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई छ। भोलि भेटौंला है” भनेर हामी बिदा भयौं।
दिन र हप्ता बित्दै गयो। अब हामी कामको सिलसिलामा हरेक दिन कम्तीमा एकपटक भेट्न थाल्यौं। कतिदिन त बिहान एकपटक, लन्च खाँदा एकपटक, दिउँसो तीन बजे हिंड्न जाँदा एकपटक, र घर जाने बेलामा पाँच बजे एकपटक समेत भेट्यौं। व्यस्तताको बावजुद मैले उनलाई समय दिन कन्जुस्याईं गरिनँ। उनीसँग बिताएका पलहरू मेरो निम्ति खुशीका क्षणहरू थिए। दिन बितेको थाहै हुँदैनथ्यो।
उनी काम गर्न अत्यन्तै सिपालु रहिछन्। एक हप्ताको काम दुई दिनमा गर्थिन् त्यो पनि उच्चतम गुणस्तरको साथ। जहिले पनि सिक्न चाहने भएकाले मैले जानेको कुरा सिकाउन गाह्रो भएन। म उनको बौद्धिक ज्ञान र क्षमतालाई परम सम्मान गर्न थालें। नयाँ पिंढीका युवा-युवतीहरू अत्याधुनिक प्रविधिमा निपुण हुने नै भए। उनको प्रतिभाको कदर मैले मात्र हैन, अफिसका सबै जनाले गर्न थाले।
बेलुका घरमा एक्लै भएको बेला मेरो दिमागमा नानाथरी कुराहरू खेल्थे। म चालीस वर्षे हाकिम, र उनी मभन्दा १४ वर्ष कान्छी विद्यार्थी हुन्। पदको होस् वा उमेरको हिसाबले होस्, म उनीप्रति आकर्षित हुनु न्यायपूर्ण हुँदैन। मैले नराम्रो दृष्टिकोणले हेरेको थिइनँ तर आकर्षण भने बढेको थियो। एकान्तमा हुँदा अब म उनीसँग साधारण हाकिम-इन्टर्नको व्यवहार गर्छु भनेर जान्छु, तर जब उनको छेउ पुग्छु आगोमा नौनी पग्ले जस्तै पग्लिन्छु। म उनको सौन्दर्य र बौद्धिकताको पुजारी भइसकेको रहेछु।
जिन्दगीमा यस्तो कहिल्यै भएको थिएन र होला भन्ने मलाई दश मनमा एक मन पनि लागेको थिएन। म प्रतिरोध गर्ने अवस्थामा पनि थिइनँ, मैले मेरा भावनाहरूलाई बग्नबाट रोक्न सकिनँ।
समय बित्दै जाँदा हामीबीच कामको मात्र हैन अरू सबै विषयमा कुरा हुन थाल्यो। घर-परिवार, धर्म, आर्थिक सम्पन्नता, खेलकुद र संगीत आदि कुरामा खुलेर कुरा हुन थाल्यो। उनीसँग कुरा गर्दा म अर्कै किसिमको खुशी पाउँथें। अचम्म के भइदियो भने उनको र मेरो कुराकानी र सोचाइ ठ्याक्कै मिल्दो रहेछ। कहिलेकाहीं, मैले भन्न लागेको कुरा उनले पहिल्यै भनी दिन्थिन्। हामी दुई लाइक-माइन्डेड हाकिम र इन्टर्न थियौं। सबैसँग कुरा वा व्यक्तित्व ठ्याक्कै त्यसरी कहाँ मिल्छ र?
अब उनले मलाई विश्वास गर्न थालिन् र मैले उनलाई। हामी बीच पारस्परिक ऐक्यबद्धता बढ्न थाल्यो, जसले हाम्रो शारीरिक हैन मनोवैज्ञानिक र भावनात्मक निकटतालाई अझ नजिक्यायो। यो त्यस्तो बन्धन थियो जहाँ सँगै जिउने र सँगै मर्ने प्रतिबद्धता नभएर, केवल एक अर्काप्रतिको लगाव थियो। तीन महिनाको छोटो समयका लागि एकअर्कासँग समय बिताउने चाहना थियो। हामी छुट्टा–छुट्टै गन्तव्यमा जाने तर एउटै रेलको डिब्बामा यात्रा गर्ने यात्री थियौं।
सोच्न थालें, आखिर उनलाई त्यस्तो के भयो होला जसले गर्दा उनले मलाई चटक्कै बिर्सनुपर्यो ? सम्झना त आउँदो हो तर कुनै न कुनै कारणले कन्ट्रोल गर्नु परेको होला। उनी र मेरो सम्बन्ध पहिले देखिने नक्कली थियो जस्तो त मलाई लाग्दै लाग्दैन। जिन्दगीको गोरेटोमा कतै भेट भयो भने सोध्न मन थियो, आखिर के भयो ?
इन्टर्नसिपको आधा समय बितिसकेको थियो। समयको रफ्तारको बारेमा चिन्ता बढ्न थालेको थियो। एकदिन बिहान उनी मेरो अफिस आउँदा अलि थकित र उदास देखिइन्। उनको अनुहार मलिन थियो र आँखा रसाएका थिए। मैले अफिसको ढोका बन्द गरें र सोधें, “के भयो? सबै ठिक छ?” मैले मेरो वाक्य टुंग्याउन नपाउँदै उनले मलाई अँगालो हालिन् र हुँक्क हुँक्क रुन थालिन्।
त्यो दिन उनको घरपरिवारमा ठूलो झगडा भएको रहेछ। मैले उनलाई सम्झाउने र सान्त्वना दिने प्रयास गरें। निकै बेरको अँगालोपछि हामी लामो ‘वाक्’मा गयौं र उनको समस्या बारे लामो कुरा गर्यौं। उनले केही राहत महसुस गरिन्।
शर्मिलाले काम गरेको दुई महिना भएको थियो। कामको सिलसिलामा हामी दुवैलाई अर्को शहरमा एउटा सम्मेलनमा भाग लिन जानुपर्ने भयो। एउटै होटलमा, उनी पाँचौं तलामा र म चौधौं तलामा बसेका थियौं। यो एक हप्ताको अवधिमा हामीलाई एकअर्कासँग समय बिताउन मौका मिल्यो। सम्मेलनमा जानु होस् या घुम्न, हामी सँगै गयौं। ब्रेकफास्ट, लन्च र डिनर पनि सँगै खायौं। राति बारमा गएर वाइन पिउँदै कुरा गर्यौं। ट्रिपबाट फर्किंदा, हामी दुई अझ नजिकिएका थियौं।
यो यात्रा पछि मलाई लाग्यो कि हाम्रो सम्बन्ध कहिल्यै नटुट्ने र बिर्सनै नसकिने नातामा परिणत भएको छ। मलाई लाग्यो साना साना घटनाले पनि एकअर्कालाई जिन्दगीभर याद हुने सम्झना दिन सक्दो रहेछ। आ-आफ्नो गन्तव्य रोज्नु परे पनि, कसै-कसैसँगको याद मनमस्तिष्कमा नमेटिने छाप बनेर बस्दो रहेछ।
त्यो ट्रिपबाट फर्केपछि, उनले अझ खुलेर कुरा गर्न थालिन्। लाज नमानी सबै कुरा भन्न थालिन्। यहाँसम्म कि आफ्नो वैवाहिक र शारीरिक सम्बन्धका बारेमा पनि मलाई बताइन्। मैले पनि आफ्ना नितान्त व्यक्तिगत कुराहरू बाहेक सबै कुरा खुलाउन थालें। उनी आँ गर्दा अलंकार बुझ्ने युवती रहिछन्।
एकदिन उनले भनिन्, “मैले मेरो श्रीमान्लाई भन्न नसकेको कुरा तपाईंलाई खुलाउन थालेकी छु। कति कुरा आफ्नो श्रीमान्लाई पनि भन्न नमिल्ने रहेछ। मनमा गुम्सिएका कुराहरू कसलाई पोखुँ? यो सात समुद्रपारिको देशमा मेरो अरु को छ र? तपाईंसँग मनका कुरा व्यक्त गरेर मन शान्त र आनन्दित हुन्छ। मैले त्यसैगरी, मेरो श्रीमानबाट नपाएका र पाउनै नसक्ने कुरा तपाईंबाट पाएको छु। घरपरिवारमा कुनै समस्या परे पनि म तपाईंलाई सम्झिन थालेकी छु र सम्झेर मानसिक रूपमा राहत मिल्न थालेको छ।”
उनले यो कुरा गर्दै गर्दा, म अलि भावुक भएँ अनि सोचें। मैले उनलाई एउटा असल साथीको रूपमा लिएको थिएँ, तर उनले भने के सोच्दै होलिन्? खुलेर उनका भित्री मनका कुरा सोध्ने हिम्मत जुटाउन सकेको थिइनँ। त्यसै पनि हाम्रो फिलिङ्ग छिटो छिटो बदलिंदै गइरहेको थियो। हाम्रा कुरा झन् झन् मिल्दै थिए। दुवै मन एक भइरहेका थिए। सायद हामी दुवैको मनलाई थाहा थिएन, हाम्रो यात्रा कहाँसम्म पुग्छ भनेर।
एकदिन म सोच्दैथिएँ, म हाकिम भएकाले उनले नाइँ भन्न नसकेर मसँग नजिक भएकी त होइनन्? यदि त्यस्तो भएको हो भने अनर्थ हुनेछ। म उनको मन अलिकति पनि दुखाउन चाहन्नथें। यो प्रश्न मैले उनलाई हाकाहाकी सोध्न सकेको थिइनँ। सोधिहाले पनि उनले सही जवाफ देलिन् कि नदेलिन् भन्ने पीर पनि थियो।
फेरि सोच्छु, उनले भनेका कुराहरू नक्कली हुनै सक्दैनन्। शर्मिलाले भन्ने गर्छिन्, ‘मैले यति राम्रो र सम्मानजनक व्यवहार गर्ने पुरुष भेटेको थिइनँ।’ उनीमा देखिएको खुसी स्वस्फूर्त थियो। उनको अनुहारमा पोतिएको खुसीले ढाँटेको छँदै थिएन।
हामी दुई सधैं भेट्न र कुरा गर्न आतुर रहन्थ्यौं। सोमबारदेखि शुक्रबारसम्म हरेक दिन भेट्दा पनि पुगेको थिएन। विकेन्ड कहिले सकिएला र सोमबार बिहानी भेट होला जस्तो लाग्थ्यो। हामी एकअर्कालाई देख्नासाथ प्रफुल्लित हुन्थ्यौं।
हामी कहिल्यै झगडा वा विवाद गर्दैनथ्यौं। हाम्रो सम्बन्धमा कुनै समस्या थिएन। समस्याले गर्दा मान्छेहरूको असली रूप बाहिर आउन सक्छ। संकटको समयमा असली सम्बन्धको परीक्षा हुने गर्दछ। तर, हामी यस्तो अवस्थामा थियौं जहाँ त्यो परीक्षा आउने संकेत थिएन।
एक दिन मैले उनलाई सोधें, “मैले तिमीलाई चोट वा दर्द त दिइरहेको छैन?” मबाट असुरक्षित अनुभव त गरिरहेकी छैनौं? उनीले भन्थिन्, “नाइँ, त्यस्तो कुरा नगर्नुहोस्।” उल्टै जिस्क्याउँदै भन्थिन्, “मन लाग्छ भने त्यो चोट वा दर्द दिनुहोस् न त।”
जिन्दगीभर म मेरो परिवारप्रति समर्पित थिएँ। उनीहरूको सुख नै मेरो सुख थियो। तर, यस्तो समय आएको रहेछ जहाँ मेरो खुशीले पनि समान महत्व राख्न थाल्यो। मभित्रको द्वन्द्व र विरोधाभास तीव्र भएको थियो। मैले आफ्नै मनलाई प्रश्न गर्थेँ, यो के भइरहेको छ? म कर्तव्यविमुख त भइरहेको छैन? मैले मेरो नैतिकता उल्लंघन गरिरहेको त छैन? सायद त्यही आत्मग्लानिले होला म घरपरिवारमा अझ नरम र समझदार भएको थिएँ। यो परिवर्तन घरपरिवारमा कसैलाई थाहा भएन जस्तो लाग्थ्यो।
उनी अलिकति पनि परिवर्तन भएकी रहिनछन्। मेरो बारेमा सबै जानकारी लिइरहेकी रहिछन्। अहिले उनी पनि एक्लो जीवन बिताइरहेकी रहिछिन्। मैले चिया बनाएँ, चियाको अन्तिम चुस्की नसकिंदै उनले भनिन्, “अबको बाँकी जीवन हजुरसँग बिताउन चाहन्छु, विल यु एक्सेप्ट मि ?” मैले भने, “आई डु।”
बेला–बेलामा मलाई डर लाग्थ्यो कि घरपरिवारले शर्मिलासँग नजिकिएको कुरा थाहा पाए भने त बर्बाद हुन्छ। तर, उनीसँगको भेट गर्दा र समय बिताउँदा हुने खुशीले त्यो डर कहाँ हराएर जान्थ्यो कहाँ। खुशीको अघि डर ओझेलमा परेको थियो।
त्यो हप्ताको शुक्रवारको दिन उनको जन्मदिन परेको थियो। मैले उनलाई उपहार दिन चाहें र सोधें, “के दिउँ जन्मदिनको उपहार?” उनले भनिन्, “पर्दैन, महँगो उपहार घरमा कसरी लिएर जानु? कसले दियो भन्नु?” मैले भने, “मैले महँगो उपहार दिने भनेकै छैन।” ‘हा हा’ भनेर जवाफ फर्काइन्। उनले नाइँ भने पनि उनको अफिसमा राख्नको लागि सानो उपहार दिएँ। त्यो उपहार महँगो थिएन, तर उनी खुशी भइन्। त्यस दिन हामी दुईले एउटा राम्रो रेस्टुरेन्टमा गएर लन्च पनि खायौं।
हामी दुःखसुखका साथी बनिसकेका थियौं। हामीबीच प्रेम थिएन, तर एकअर्काप्रतिको सम्मान र माया थियो। हामी धेरैजसो दुई जना मात्र लन्च खान थाल्यौं। हिंड्न जाँदा होस् वा कुनै पनि कार्य गर्दा होस्, हामी प्रायः सँगै हुन्थ्यौं। कुरै कुरामा उनी भन्थिन्, “मेरो श्रीमान् भन्दा हजुरसँग बढी कुराकानी हुन थालेको छ, जुन मलाई मन पर्छ।”
सधैं सँगसँगै हुने हुनाले अफिसमा गाइँगुई हल्ला हुन् थालिसकेछ। हल्ला निकै फैलिसकेको रहेछ। “यिनीहरू बीच प्रेम चलिरहेको छ”, “शर्मिला पस्पतेको गर्लफ्रेन्ड हो” आदि इत्यादि भन्न थालिएछ। यहाँ सम्म कि “शर्मिलाले काम नै नगरी सबै सविधा पाइरहेकी छिन्” भन्ने हल्ला पनि चलेछ। अफिसमा एक किसिमको विषाक्त वातावरण सिर्जना भइसकेछ। स्टाफले मप्रति हेर्ने दृष्टिकोण बदलिइसकेछ। मेरो अफिसको पूरै टिमको मनोबल कमजोर भइसकेछ।
हुँदाहुँदै यो हल्ला अफिस बाहिर पनि छताछुल्ल भइसकेछ। नेपाली समाजमा पनि हल्ला चलेछ। हामी दुवैको मानमर्यादा र इज्जतमा त्यसले नराम्रोसँग धक्का पुर्यायो। समाजले फरक नजरले हेर्न थाल्यो। वर्षौं लगाएर कमाएको मानमर्यादाको द्रुत गतिमा क्षति भयो। हाम्रो समाज नै त्यस्तै छ, मलाई भन्दा बढी उनलाई असर पर्यो।
मैले उनलाई एकदिन सोधें – हाम्रो बारेमा हल्ला चल्न थालेछ नि त ? उनले जवाफ दिइन् ‘नबिराउनु नडराउनु ।’ सायद उनले पनि केही न केही भेउ पाएकी थिइन् होला । तर हल्ला हुनलाई बिराउनै पर्ने रहेनछ । मान्छेहरूले जे देख्छन् त्योभन्दा बढी कल्पना गर्दा रहेछन् । सही वा गलत, एउटा व्यक्ति प्रति धारणा बनाइसकेपछि त्यसलाई बदल्न निकै गाह्रो हुने रहेछ ।
जसले जे भने पनि शर्मिला काममा नआउँदा मलाई खल्लो लाग्थ्यो। हप्तामा पाँचै दिन उनलाई देख्नै पर्ने जस्तो हुन्थ्यो। उनलाई भेट्नकै लागि भए पनि हरेक दिन अफिस धाउँथें। उनलाई मन पर्ने लुगा फाटो लगाउँथें, अलिक चिटिक्क परेर जान्थें। एक्लै यात्रामा पनि एकदमै जरुरी नपरिकन नजाने भएको थिएँ। जाँदा उनलाई सँगै लिएर जान्थें वा उनी गएको यात्रामा मात्र जान्थें। शर्मिलासँग बिताएका पलहरू कति छोटा हुन्थे कति!
स्टाफहरूको हामीप्रतिको सोचाइ जे जस्तो भए पनि, यो मित्रताले मलाई र शर्मिलालाई मात्र हैन मेरो अफिसलाई पनि फाइदा पुगिरहेको थियो। उनीसँग भेट्दा र काम गर्दा मलाई थप ऊर्जा मिल्थ्यो। नयाँ नयाँ काम गर्न प्रेरणा मिल्थ्यो। उनीसँगको सहकार्यले कामको मात्रा र गुणस्तर दुवैमा वृद्धि भएको थियो। त्यो प्रगतिले मलाई व्यक्तिगत रूपमा पूर्ण सन्तुष्टि मिलेको थियो। त्यति मात्र कहाँ हो र? जागिरमा दिनको आठ घण्टा खुशी भएर काम गर्दा मेरो मानसिक र शारीरिक स्वास्थ्यमा सुधार आएको थियो।
तर के गर्नु, उनको तीन महिनाको इन्टर्नसिप सकियो। कामको अन्तिम दिन उनी र म डिनर खान एउटा लोकल रेस्टुरेन्टमा गयौं। छुट्टिनु परेकोमा हामी दुवै दु:खी भएका थियौं। जिन्दगीमा भेट होला नहोला तर जिन्दगीभर एकअर्कालाई नबिर्सने बाचा गर्यौं हामी दुवैले। कम्तीमा सम्पर्कमा चाहिं बसौंला भन्ने प्रण गर्यौं।
भोलिपल्ट उनी बिदा भएर अर्कै शहरमा गइन्। बेला-बेलामा फोनमा कुरा हुन्थ्यो, कहिले उनले फोन गर्थिन्, कहिले मैले। २-३ महिना बितेपछि उनले फोन गर्न छोडिन्, तर मैले गरिरहें। लगातार रूपमा मैले १ वर्षसम्म फोन गरें, तर उनको फोन कहिल्यै आएन। मैले फोन गर्दा राम्रोसँग कुराकानी हुन्थ्यो, यद्यपि पहिलेभन्दा कुरा छोट्टिन थालेको थियो। अन्त्यमा उनले फोन पनि उठाउन छोडिन्।
सम्पर्क चटक्कै छुटेपछि म असमञ्जस्यमा परें। सोच्न थालें, आखिर उनलाई त्यस्तो के भयो होला जसले गर्दा उनले मलाई चटक्कै बिर्सनुपर्यो ? सम्झना त आउँदो हो तर कुनै न कुनै कारणले कन्ट्रोल गर्नु परेको होला। उनी र मेरो सम्बन्ध पहिले देखिने नक्कली थियो जस्तो त मलाई लाग्दै लाग्दैन। जिन्दगीको गोरेटोमा कतै भेट भयो भने सोध्न मन थियो, आखिर के भयो ?
xxx
तीस वर्षपछि, एउटा सानो अपार्टमेन्टमा एक्लो र निराश जीवन बिताइरहेको थिएँ। एउटा घमाइलो सोमबार बिहान कसैले ढोका ढकढक्यायो। ढोका खोलेर हेर्दा, एक जना चिनेचिने जस्तो महिला रहिछिन्। “म शर्मिला” उनले सहज बनाइदिइन्। अपार्टमेन्ट भित्र गएर लामो भलाकुसारी गर्यौं हामीले। उनी अलिकति पनि परिवर्तन भएकी रहिनछन्। मेरो बारेमा सबै जानकारी लिइरहेकी रहिछन्। अहिले उनी पनि एक्लो जीवन बिताइरहेकी रहिछिन्। मैले चिया बनाएँ, चियाको अन्तिम चुस्की नसकिंदै उनले भनिन्, “अबको बाँकी जीवन हजुरसँग बिताउन चाहन्छु, विल यु एक्सेप्ट मि ?” मैले भने, “आई डु।”
(गिरी अमेरिकी वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार र ड्यूक विश्वविद्यालय, अमेरिकाका एड्जंक्ट प्रोफेसर हुन्।)