इतिहासको स्रोत खोज्ने र स्रोत बनाउने कसरी ? : RajdhaniDaily.com


इतिहास कसैको मौलिक रचना होइन । इतिहास त तथ्यगत ऐतिहासिक स्रोत सामग्रीको आधारमा तयार पारिएको लिखत हो । स्रोत सामग्रीले प्रमाणित नगर्ने इतिहास, इतिहास हुँदैन कथानक वस्तु मात्र हुन्छ । कसैको दिनचर्या, बानीव्यहोरा पेसाव्यवसाय एवं सामाजिक वातावरण सम्बद्ध यथार्थ तथा काल्पनिक विषय वस्तुलाई समेटेर कथा, उपन्यास, काव्य, खण्डकाव्य र जीवनी लेखेजस्तै गरी इतिहास लेखनकार्य सहज हुँदैन । मानव सभ्यता, ऐतिहासिक गौरवगाथा, जातीय संस्कार र रीतिरिवाज पहिचान गराउने प्रामाणिक आधार इतिहासका लागि अपरिहार्य स्रोत सामग्री हुन्छन् । यतार्थकै धरातलमा टेकेर इतिहास लेख्नुपर्ने भएकाले त्यस्ता स्रोत सामग्री कसरी संकलन गर्ने भन्ने’boutमा इतिहासकार जानकार हुनुपर्छ ।

यसका साथै इतिहास लेख्न हामीलाई आवश्यक पर्ने विगतका स्रोत सामग्री जस्तै ः हाम्रा भावी सन्ततिहरूका निम्ति भविष्यमा उपयोगी बन्न सक्ने ऐतिहासिक स्रोत सामग्री छोडिदिनु हामी सबैको कर्तव्य हो भन्ने स्थाम्भकारको मान्यता छ । यो आलेख विगतको ऐतिहासिक स्रोत जुटाउने र अहिलेका पिँढीले भावी पुस्तोका निम्ति ऐतिहासिक स्रोत सामग्री संरक्षित गरिदिने विषयमै केन्द्रित रहेको छ । हाम्रो मुलुकको सन्दर्भमा प्राचीन, प्रागेतिहासिक, ऐतिहासिक तथ्यगत सामग्रीकै आधारमा इतिहास लेख्न चाहने व्यक्ति संस्कृत, खस, नेवारी अंग्रेजी र तिब्बती भाषाको जानकार हुनुपर्दछ । किनकि हामीले उपलब्ध गर्न सक्ने कतिपय स्रोत सामग्री यिनै भाषामा प्राप्त हुन्छन् । जसलाई इतिहासकारले बुझेको अवस्थामा लेखन कार्य सहज बन्न सक्छ ।

(क) इतिहासको स्रोत के हो, कसरी संकलन गर्ने ?
विशेषगरी हामीले प्राप्त गर्ने ऐतिहासिक स्रोत सामग्री निम्नअनुसार हुन्छन् । जसलाई प्राप्त गर्न हामीले स्थलगत भ्रमण गर्नैपर्ने हुन्छ । हाम्रो कोठे लेखाइले मात्र इतिहास पूर्ण हुन सक्दैन ।

१. अलिभेखः शिलापत्र वा शिलालेख, ताम्रापत्र, भोजपत्र, ताडपत्र, कागज, काठ, धातु, भित्ता, सुन र भाटाका पात्रहरूमा लेखिएका शासक र जनताको कथन, श्रुति लिखित प्राचीन दस्तावेज नै अभिलेख हो । यस्ता अभिलेखले तत्कालीन समयको राज्य व्यवस्था, शासक, सामाजिक रहनसहन, परम्परा, मानवीय व्यवहार एवं चरित्र, आन्तरिक एवं परराष्टङ नीति, वंश, विकास निर्माण, न्याय, धर्म, परोपकार, प्राकृतिक प्रकोप, युद्ध, शान्ति, अर्थनीति र समाजमा नारी–पुरुषको स्थानका ’boutमा जानकारी दिन्छ । यस्ता अभिलेख कतिपय माटामुनि, कतिपय सार्वजनिक स्थलमा, कतिपय कार्यालयहरूमा र कतिपय व्यक्तिविशेषकै घरपरिवारमा हुन सक्छन् । त्यस्तै, अभिलेख खोजी, अभिलेखले बताएको विवरणअनुसारै इतिचहास लेख्ने हो भने त्यो तथ्यपक इतिहास बन्छ ।

२. वंशावलीः वंशका अग्रज पिँढीका पुर्खाले व्यावहारिक जीवनमा तयार पारेका लिखत, विभिन्न कालखण्डमा घटेको घटना, वृत्तान्त तथा पारिपारिक एवं वैयक्तिक रूपमा तयार गरी छोडेका सबै प्रकारका अभिलेख वंशावलीभित्र पर्छन् । वंशावलीले व्यक्ति वा समूहको नाम, उनीहरूको दिनचर्या, सामाजिक घटना, युद्ध, शान्ति सामाजिक, आर्थिक, राजनीतिक, लौकिक, परलौकिक, दैविक, प्राकृतिक तथा देश, काल र परिस्थितिको विवरण दिन्छ । यसर्थ, वंशावली पनि इतिहासको स्रोत मानिन्छ । तर, वंशावलीमा उल्लिखित कतिपय कुरा पुष्टि गर्ने सम्बद्ध आधार प्रमाण नभए त्यो भरपर्दो हुन सक्दैन । पछि प्राप्त हुने तथ्यसँग वंशावलीअनुसार उल्लिखित कुरा बाझिन गए इतिहासलाई संशोधन गर्दै जानुपर्छ ।

३. मुद्राः सर्वसाधारण नागरिकलाई सरसामान खरिद–बिक्री गर्न सहजता प्रदान गर्ने उद्देश्यले राज्यले प्रचलनमा ल्याएका रुपैयाँ, टक्का वा दामलाई मुद्रा भनिन्छ । मानिसको उत्पत्ति र विकासको क्रमसँगै मुद्राको पनि क्रमिक रूपमा सुधार हुँदै आएको हो । यस क्रममा प्रारम्भमा माटाको मुद्रा प्रचलनमा ल्याएको मानिसले पछि छाला, ढुंगा, स्पात, फलाम तामा, पित्तल, ढलौट, चाँदी र सुनका मुद्रा क्रमिक रूपमा प्रयोग गर्दै आयो । अहिले त कागजी मुद्रा नै अत्यधिक मात्रामा प्रचलनमा आएको छ । कागजी मुद्रा बोक्न र प्रयोग गर्न सहज हुने भएकैले विश्वव्यापी रूपमै प्रयोग हुँदै आएको हो । मुद्राले राजा वा राज्यको अस्तित्व, मिति वा समय, मान्यता, संस्कृति, आर्थिक गतिविधि, देवदेवी र ध्वजाका ’boutमा वर्णन गरेको हुन्छ । त्यसले बताउने भाषा बुझेर इतिहासकारले इतिहास लेख्नुपर्छ । मुद्राले अन्य ऐतिहासिक स्रोतलाई प्रमाणित पनि गर्छ ।

४. लिखित ग्रन्थः सर्वसाधारण नागरिकले जीवनयापनको क्रममा गरेका घरायसी लिखत तथा प्रकाशित पुस्तक लिखित ग्रन्थ मानिन्छन् । राज्य सञ्चालकहरूले पनि जनता सम्बद्ध कार्य विवरण कतिपय पुस्तक वा अभिलेखमा राखेका हुन्छन् । त्यस्ता पुस्तकलाई लिखित ग्रन्थ भनिन्छ । यस्ता लिखित ग्रन्थहरूमा तत्कालीन समाजकै सर्वपक्षीय विषयवस्तु समावेश गरिएको हुन सक्छ । जस्तो– कसैको सीप, विद्या दर्शनका ’boutमा, कसैको तन्त्रमन्त्र, सुखदुःख, मिलन, विछोडको विवरण, राज्य प्रशासकको घोषणा, कानुनी व्यवस्था, आम्दनी, खर्च र सम्झौता, कसैले लेखेको महाकाव्य, बक्रोक्ति र चित्र, नेवारी भाषामा लेखिएको ‘ठ्यासफु’ आदि लिखित ग्रन्थ मानिन्छन् । यस्ता ग्रन्थबाट देश, काल, शासक लेखक, स्थान, लक्ष्य, उपयोग, प्रयोजन र मितिका ’boutमा जानकारी हुने भएकाले त्यसले इतिहासलेखनमा सहयोग पुग्छ ।

५. उत्खननबाट प्राप्त सामग्रीः कतिपय अवस्थामा ऐतिहासिक महŒवको स्थलमा उत्खनन गर्दा, अवलोकन भ्रमण गर्दा र स्थलगत निरीक्षण गर्दा महŒवपूर्ण ऐतिहासिक स्रोत फेला पार्न सकिन्छ । यस क्रममा भेटिने कलाकृति, प्राचीन मानवले प्रयोग गरेका सरसामान इतिहास लेखनका महŒवपूर्ण आधार बन्छन् ।

हामीले निर्माण गरेका स्थिर भौतिक संरचना, मठमन्दिर, पाटीपौवा, पुलपुलेसाले त हामीलाई अमरत्व नै प्रदान गर्छन् । यसैगरी अहिले हामीले प्रकाशित गर्ने पुस्तक, पत्रपत्रिका, लेखरचना तथा पेसा वा व्यवसाय सञ्चालनको क्रममा गरेका लिखित पछिका हाम्रै सन्ततिका निम्ति अमूल्य सामग्री हुन्छन्

६. यात्रा वृत्तान्तः अधिकांश यात्रीले आफ्नो यात्राको क्रममा पाएको देखेको वृत्तान्त टिपोट गरेका हुन्छन् । नयाँ ठाउँको यात्रा गर्दा यात्राको क्रममा कस्तो कस्तो ठाउँ पुगियो । कहाँका मानिसको व्यवहार कस्तो थियो । त्यहाँका शासक कस्ता थिए । उनीहरूको प्रशासनिक व्यवहार र प्रवृत्ति कस्तो थियो । त्यहाँ प्रचलित मुद्रा, आम्दानीको स्रोत, समाजको जीवनस्तर कस्तो थियो ? भन्ने कुरा आफ्नो यात्रा वृत्तान्तमा समेटेका हुन्छन् । यात्रा प्रारम्भ कहाँबाट कहिले गरियो र अन्त्य कहिले कुन ठाउँमा भयो ? भन्ने विवरण वृत्तान्तमा टिपोट हुने भएकाले त्यो महŒवपूर्ण इतिहासको स्रोत हुन्छ ।

७. लेख गोष्ठीपत्र, पत्रिका र पर्चाः आज गरिएको जुनसुकै टिपोट पनि भोलिका लागि इतिहास हुन्छ । प्राचीन ग्रन्थ, लेख, गोष्ठीपत्र, पत्रिका र पर्चाले तत्कालीन सामाजिक ऐतिहासिकता उजागर गर्छ । त्यस्ता ज्ञानगुणका लिखतमा गहन सभ्यताको इतिहास हुन्छ । पूर्वप्रकाशित पुस्तक र लेखरचनाहरू इतिहासको भरपर्दो स्रोत बन्छ । अझ विभिन्न समयमा घटेका घटनालाई बयान गरेर प्रकाशित भएका पुस्तक र आलेख, गोष्ठीपत्र, पत्रिका र चिठीपत्रबाटै तत्कालीन सामाजिक अवस्था पहिचान गर्न सकिन्छ । यस्ता स्रोत स्वदेशी विदेशी दुवै हुन सक्छन् ।

८. लोक इतिहासः लोक इतिहास भनेको पढलेख गर्न नजान्ने व्यक्तिले बोलेको ऐतिहासिक भाषा हो जो कतिपय सन्तान दरसन्तानसम्म फैलँदै आएको हुन्छ । लोक इतिहास कथाजस्तै आफ्नै पुस्तौनी पिँढीमा सर्दै जाने भएकाले पछिको पुस्ताका निम्ति यो आफैं इतिहास बन्छ । लोक इतिहास प्रमाणि स्रोत नभए पनि कतिपय अवस्थामा इतिहास लेखमा यसको प्रयोग गर्नैपर्ने हुन्छ । यस्ता अपुष्ट स्रोतहरूमा लोकगाथा, दन्त्यकथा, जनश्रुति, लोकगीत, उखान टुक्का, कर्रा, धामरी, झोडा, टमौटा, चाकरीदार, दबारिया भाइभारदार, भरौटे, आसेजस्ता व्यक्तिविशेषको लुकेको पक्षलाई उजागर गर्न मद्दत गर्ने भएकाले इतिहास लेखनमा यसको महŒव हुन्छ ।

९. गहना, कपडा, मूर्ति, बाजा, औजार र शृंगारका सामानः सामान्यतया राजनीतिक परिवर्तन चाँडो हुन सक्छ तर सांस्कृति परिवर्तन अत्यन्त ढिलो हुन्छ । पुरुष र महिलाले प्रयोग गर्ने उल्लिखित साधनले तत्कालीन समयको सिङ्गो सामाजिक अवस्था नै चित्रित गर्छ । तर, त्यसले बताएको भाषालाई बुझ्न सक्नुपर्छ । जीवनोपयोगी वस्तुहरू जस्तो ः खेलौना, कौतुक, बाजागाजा, दैवी विश्वासका प्रतीकजस्तो चित्र, भित्तेचित्र, पौभाचित्र, यन्त्र तथा जुक्तिहरू पनि तत्कालीन इतिहासका स्रोत मानिन्छन् । मानव जीवनका यस्ता प्रयोगका सामानले तत्कालको सामाजिक संरचना एवं परम्पराको ज्ञान दिन्छ । यसैले यस्ता सामग्री पनि महŒवपूर्ण ऐतिहासिक स्रोत मानिन्छन् ।

१०. रसिद, बिल, भर्पाई, भौचर, वाणिज्यपत्र र करारः यी सबै व्यपार व्यवसायमा प्रयोग गरिने लिखत हुन् । कारोबार गर्दा हुने लेनदेनका बिल दस्तावेज, रसिद, भर्पाई, भौचर, वाणिज्य आदेशपत्र, कसैसँग गरिएको करारपत्र अहिले गरिने भए पनि त्यस्ता लिखतहरू भविष्यका पुस्ताका लागि इतिहासको स्रोत बन्छन् । यस्ता डकुमेन्टले तत्कालको आर्थिक स्थितिको झलक दिन्छ । व्यावसायिक कागजपत्र पनि स्वदेशी र विदेशी दुवै हुन सक्छन् । दुई देशबीच व्यापार गर्दा, सम्बन्ध स्थापित गर्दा, तयार पारिने लिखतले बोल्ने अमुक भाषा इतिहासकारले बुझ्न सक्नुपर्छ । राजनीतिक इतिहासभन्दा वाणिज्यको इतिहास पुरानो मानिन्छ ।

(ख) भावी पुस्ताका लागि इतहिासको स्रेस्ता कसरी सुरक्षित गर्ने ?
हामीले जीवनयापनकै क्रममा माथि उल्लिखित कतिपय स्रोत त्यसै पनि संकलन गर्दै ल्याएकै हुन्छौं । तिनै चीजवस्तु सुरक्षित गरिदिए भावी पुस्ताका निम्न अमूल्य ऐतिहासिक स्रोत हुन्छन् । पहिलेका पिँढीको तुलनामा हामी अहिले धेरै सुविधाभोगी र सम्पन्न पनि छौं । सोखले पनि आफ्नै दिनचर्याको झलक हामी संकलित गर्छौं । जस्तो : फोटो, कलाकृति, प्रतिमा र स्मरणीय अन्य विविध सामग्री । यसैगरी हामीले सोखले संकलन गर्ने रुचिकर विषयवस्तु जस्तो: मनपरेकै पुस्तक, लत्ताकपडा, गरगहना, उपयोग्य सामग्री, वेशभूषालाई संरक्षित ग¥यो भने तिनै वस्तु पछिका सन्तानका लागि ऐतिहासिक स्रोत बन्छन् । हामीले निर्माण गरेका स्थिर भौतिक संरचना, मठमन्दिर, पाटीपौवा, पुलपुलेसाले त हामीलाई अमरत्व नै प्रदान गर्छन् । यसैगरी अहिले हामीले प्रकाशित गर्ने पुस्तक, पत्रपत्रिका, लेखरचना तथा पेसा वा व्यवसाय सञ्चालनको क्रममा गरेका लिखित पछिका हाम्रै सन्ततिका निम्ति अमूल्य सामग्री हुन्छन् ।

दुष्टान्तका निम्ति हामीले युट्युब र फेसबुकमै राखेका लिखत वा अभिव्यक्तिलाई हेर्ने हो भने यसले अहिलेको समाज र मुलुककै सर्वपक्षीय परिदृश्यको चित्रण गर्छ । सामान्य पारिवारिक जमघटकै होस् वा कुनै सभासमारोहकै तस्बिर भावी पुस्ताका निम्ति इतिहासको मात्र होइन, शिक्षाकै स्रोत हुन्छ । कुनै कार्यक्रम एवं समारोहस्थलको तस्बिरले धेरै कुरा बताउन सक्छ । समूहमा लिएको तस्बिरले सामाजिक एकता, सामाजिक व्यवहार र सामाजिक जीवनस्तरको अवस्था, पारस्परिक सम्बन्ध र आत्मीयता, आर्थिक अवस्था, मिलन र आक्रोशको झलक दिन्छ भने कार्यक्रमस्थलको तस्बिरले चेतनाको स्तर, संस्कार र रीतिरिवाज एवं मिति उल्लेख गरेको भए विगत र अहिलेको समाजको अवस्थालाई तुलनात्मक रूपमा अध्ययन गर्न सहयोग पु¥याउँछ ।

यसर्थ, अहिले हामीले फेसबुकमै राखेको सामग्रीले नै आफ्नै आर्थिक अवस्था, हाम्रो सोच र दृष्टिकोण जीवनयापन शैली, संस्कार र रीतिरिवाज, आत्मीय सम्बन्धको झलक दिन्छ । आलेख वा लिखित अभिव्यक्ति भए त समाजको मात्र होइन राष्ट्रकै सर्वपक्षीय वृत्तान्तको ज्ञान दिन्छ । अहिले सामान्य लाग्ने यिनै सामग्रीहरू भावी पुस्तका निम्ति दुर्लभ ऐतिहासिक स्रोत हुन्छन् । यसर्थ, यस्तै सामग्रीलाई सुरक्षित गरी भावी पुस्ताका लागि इतिहास लेखनको स्रोत भण्डारण गर्नेतर्फ सबैले ध्यान पु-याउँछ ।

(Visited 13 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School