इतिहासकै ठूलो बाढी, खुर्कोटमा अत्यधिक क्षति : RajdhaniDaily.com

इतिहासकै ठूलो बाढी, खुर्कोटमा अत्यधिक क्षति : RajdhaniDaily.com


सिन्धुली । असोज १२ गते विहान ११ बजे सुनकोशीमा आएको बाढीले गोलञ्जोर ७ खुर्कोटका ६१ वर्षिय बालकृष्ण श्रेष्ठको खुर्कोट मन्थली जोड्ने पक्कि पुलको नजिकै भएको घरमा रहेको गोदाम र आफु बस्ने घर डुवायो ।

स्थलगत रिपोर्ट

घरको माथिल्लो तलासम्म बाढी पसेपछि गोदामका सामान, घरका पकाउने खाने सबै सामान नष्ट भए, कति खोलाले बगायो, कतिपय सामान पु¥यो । उनको घरका सामान गोदाम गरेर झण्डै साढे चारलाख बराबरको क्षति भयो ।

रोशी र तामाकोशीको बहाव बढेसँगै सुनकोशीको बहाव उच्च हुने भन्दै सुरक्षाकर्मीले अलर्ट गराएपछि श्रेष्ठ सहितका स्थानीयहरु बजार, घर र सामान छोडेर सुरक्षित स्थान खुर्कोटको माथिल्लो बजारतर्फ लागे । विगतका वर्षहरुमा जस्तो बाढी आउँदा विध्वंश नै गर्ने गरि आउँछ भन्ने स्थानीयहरुलाई लागेन र घर र पसलका सामान सारेनन । सुरक्षा अलर्ट अनुसार स्थानीयले ज्यान त जोगाए तर धनसम्पत्ति भने जोगाउन सकेनन ।

सुनकोशीमा अत्यधिक बाढी आएपछि सुनकोशीमा भएको पक्कि पुलमा काठहरु अड्किए । पुल थुनियो । नयाँ वस्ती र वसपार्क पुरै डुवायो । जब पुल भत्कियो बाढीले बस्तीका घर, व्यवसाय, वस्ती सबै बगायो । सामान निकाल्न चाहेकाले पनि सबै निकाल्न भ्याएनन ।

श्रेष्ठले ४१ सालको बाढी पनि हेरेका छन । उनका अनुसार ४१ सालमा आएको ठूलो बाढीमा पनि बस्तीमा सामान्य पानी पसे पनि यसपालीको जस्तो ठूलो क्षति गरेको थिएन । झोलुंगे पुलको पखेटा मात्रै हल्लाएको थियो । बुढापाकाका अनुसार त्यस अघि पनि त्यति ठूलो बाढी आएको थिएन र पछि पनि आएको थिएन । रातीमा बाढी आएको भए धेरै नै मानवीय क्षति हुने उनको अनुमान छ ।

बाढीले खुर्कोट पुलचोकका गोविन्दकृष्ण श्रेष्ठको घर, मिल, माछापोखरी, गोठ, कुखुराको खोर, बाख्राको खोर सबै बगायो । घर भत्केर सबै सामान पुरिएको छ । कुनै पनि सामान निकाल्न पाएनन् । कागजपत्र पनि निकालेको ननिकालेको आंकलन गर्न सकेका छैनन ।

बाढीबाट पशुपंक्षी र मान्छे बाहेक अरु जोगिन नसकेको उनले बताए । घर पुरिएपछि नेपाली सेनाको टोलीले सामान निकाल्दै छन । बालकृष्ण, राधाकृष्ण, गोविन्दकृष्ण र प्रेम कृष्ण श्रेष्ठ एकै परिवारका चार भाई हुन । उनीहरु सबैको घरमा क्षति पुगेको छ । सबैभन्दा बढी गोविन्दकृष्ण कै क्षति छ । कति क्षति भयो त्यसको कुनै आँकलन गर्न नसकिएको उनले बताए । अहिले चार भाईको परिवार बजारमाथि रहेको प्रेम कृष्णको घरमा बसेका छन ।

इतिहासकै ठूलो बाढी, खुर्कोटमा अत्यधिक क्षति : RajdhaniDaily.com

उनका अनुसार नजिकै रहेको सुरज श्रेष्ठको सुहाना पानी फ्याक्ट्री पनि पुरियो । पानीको इनार पनि पुरियो । नजिकै रहेको फर्निचर उद्योगका कुनै पनि सामान र फर्निचर बाँकी रहेनन । धेरैको पसलका सटरहरु विग्रेका छन । घरभरी बालुवा, काठ र पाँको छ । कति घरहरु पूर्ण ध्वस्त छन त कतिपयमा आंशिक क्षति छ । नयाँ वस्तीका करीब ३५, ४० घरमा बाढीले क्षति पु¥याएको छ ।

यस्तै गोलञ्जोरको हैवारकी इन्दिरा माझी वसपार्क क्षेत्रमा फलफुल पसल गर्दै आएकी थिईन । वसपार्कको सुनकोशी तर्फको लाईनमा दुई वटा सटर लिएर फलफूल पसल गर्दै आएकी उनले बाढी आउँदैछ भने पनि ज्यान जोगाउन भागिन । पसलको सटर तानेर भागेकी उनले लगाएको लुगा बाहेक केहि पनि लगिनन । पैसा सामान निकालिनन । बाढीले सटर सहित सबै सामान माटोमा मिलाईदियो ।

रोजी रोटी घरबार सबै त्यहि भएकी उनको शरीरको लुगा बाहेक सबै सकिएको छ । पाँच जनाको परिवार पाल्ने पसल नै उनको सबैथोक थियो । ‘घरै बगाएर लान्छ जस्तो लागेन, सबै बगायो,’ उनले भनिन । उनीसँगै साना ठूला घर पसल गरेर ६० वटा भन्दा बढी व्यवसायीक संरचना थिए बसपार्कमा । अहिले सबै खण्डहर भएका छन । व्यवसायीका सामानहरु माटोमा पुरिएका छन, खोलाले बगाएका छन । क्षतिको एकीन तथ्यांक अहिलेसम्म आएको छैन ।

इतिहासकै ठूलो बाढी, खुर्कोटमा अत्यधिक क्षति : RajdhaniDaily.com

शुक्रबार र शनिबार सुनकोशी र रोशीमा आएको बाढीले खुर्कोट सहित सुनकोशी गढतिरका दर्जनौं वस्तीहरुमा क्षति पु¥यायो । ति वस्तीमध्ये सुनकोशीको छेउँमै रहेको खुर्कोट बजारका सय भन्दा बढी घर तथा व्यवसायहरु बाढीले बगायो । खुर्कोट रामेछाप जोड्ने पक्कि पुल र झोलुंगे पुल दुवै बगायो । पुलचोक र बसपार्क क्षेत्रका सार्वजनिक संरचना तथा नीजि संरचनाहरुमा अपूर्णनिय क्षति भयो ।

बस्ती र बजार नै खण्डहर हुने गरि बाढीले क्षति गर्दा अरबौंको क्षति भएको छ । नेपाल सरकारका दश वटा नयाँ शहर मध्येको खुर्कोटको एक क्षेत्रका भौतिक संरचनाहरु पूर्ण रुपमा ध्वस्त भएका छन । नयाँ शहर योजनामा बनेका हेलिप्याड, रंगशाला लगाएतका संरचनाहरु पूर्ण रुपमा ध्वस्त भएका छन ।

यो सँगै सशस्त्र वेश क्याम्पमा पूर्ण क्षति भएको छ । इलाका प्रहरी कार्यालयको भवनमा समेत पानी र लेदो पसेको छ । खुर्कोटदेखि कानढुंग्री परसम्मको विपी राजमार्ग चिरा चिरा परेको छ भासिएको छ । सुनकोशीले सडकको वेशमा खोलीरहेको छ । राजमार्ग जोखिममा परेको छ । राजमार्ग भासिएपछि बनाईएको डाईभर्सन पनि सुरक्षित छैन ।

यस्तै बाढीले गोलञ्जोर गाउँपालिकाका बलेनी, हैवार, मुर्गिवेशी, ग्वालटार लगाएतका विभिन्न स्थानमा भौतिक क्षति गरेको छ । घर, वस्ती, खेतियोग्य जमिन, सडक सबैतिर क्षति छ । खानेपानीका आयोजनाहरु ध्वस्त हुँदा पानीको समस्या समेत पर्न थालेको छ । सुनकोशीको बाढीले फिक्कलको गढतिर क्षेत्र पनि प्रभावित छ । सुनकोशीका पाँचवटा झोलुंगेपुलमा क्षति छ । सुनकोशीको मुलकोट पूर्ण रुपमा ध्वस्त छ । विद्यालय, होटलहरु सहितका भौतिक संरचनाहरुमा बाढीले क्षति पुराएको छ ।

इतिहासकै ठूलो बाढी, खुर्कोटमा अत्यधिक क्षति : RajdhaniDaily.com

यो व्यवसायीक क्षेत्र भएकाले आर्थिक क्षति अध्यधिक छ । जहाँ अरवौंको आर्थिक क्षति भएको छ । रोशीले दुम्जा, नेपालथोक क्षेत्रमा ठूलो क्षति गरेको छ । घरहरु कति क्षति भए, कति खेतियोग्य जमिन कटान भयो ? यसको आँकलन गर्न सकिएको छैन । उद्धारको काम भईरहेको छ । विपी राजमार्गमा पहिरो र हिलो पन्छाउने काम भईरहेको छ । पहिरो र बाढीका कारण अलपत्र परेका ५ सय बढीको हेलिकप्टर र स्थलगत उद्धार गरिरहेको छ । राहतका काम अगाडि बढेका छैनन । अब तथ्यांक संकलन, राहतका काम अगाडि बढाईने छ ।

अहिलेसम्मकै ठूलो बाढी : प्रवक्ता थापा
गोलञ्जोर गाउँपालिका वडा नं. ७ का अध्यक्ष रेगनराज थापा खुर्कोटका स्थानीय बासिन्दा पनि हुन । उनी गोलञ्जोर गाउँपालिकाका प्रवक्ता पनि । उनका अनुसार सुनकोशीमा इतिहासकै ठूलो बाढी आएको हो । बुढापाकालाई उद्दृत गर्दै उनले भने, ‘कहिले पनि यति ठूलो बाढी आएको थिएन ।’ २०४१ सालको भन्दा यो पटक १५ फिट माथि पानीको सतह बढेर आएको पनि उनले बताए ।

उनका अनुसार २०७६ सालमा जुरे पहिरोले भोटेकोशी थुन्दा पनि बाढीले बसपार्क क्षेत्रको बजार भेटेन । जुरे पहिरोको बेलामा सबै वस्ती र सामान उठाईयो तर बाढी नै बजारमा उक्लेन । २०४१ सालमा सामान्य क्षति मात्र भएको थियो । ठूलो बाढी आउँदा पनि सामान्य पानी बाहेक नपसेको बसपार्क यो पटक सबै संरचना सहित बगायो । पहिले आउने स्थान भन्दा माथि १२, १५ फिट पानी उक्लियो । बाढीको इतिहास हेर्दा कोशीले बगाउँदैन भनेर पसलका सामानहरु सार्न ध्यान दिएनौं । मान्छेलाई मात्र हटायौं । सबै बगायो ।

बाढीको उच्च क्षतिको आँकलन नभएकाले नै बसपार्क क्षेत्रमा धेरै संरचना सहितको बजार बसालिएको उनले बताए । बसपार्क क्षेत्रमा भिमज्योति क्याम्पसले सञ्चालन गरेका सटरहरु थिए । होटल, पसल रहेका थिए । पचास वटा भन्दा बढी व्यवसाय सञ्चालनमा रहेका थिए । सशस्त्र वेश क्याम्प, जेसिवी स्वरुम, मदिराको डिलर, तल्लो क्षेत्रका घरहरु अवशेष मात्र छन भने भिमज्योति क्याम्पसले सञ्चालन गरेका १४ वटा सटर पूर्ण रुपमा क्षति भएका छन ।

इतिहासकै ठूलो बाढी, खुर्कोटमा अत्यधिक क्षति : RajdhaniDaily.com

नयाँ शहर आयोजना खुर्कोटले निर्माण गरेको रंगशाला खेल मैदान पूर्ण रुपमा क्षति भएको छ । हेलिप्याड, लिफ्ट गरिएको खानेपानी, खानेपानीको फ्याक्ट्री, फर्निचर पूर्ण रुपमा क्षति भएको छ । एकसय भन्दा बढी घरहरु क्षति भएका छन । पक्कि घरहरुमा समेत क्षति पुगेको छ । उनका अनुसार क्षतिको विवरण संकलन हुँदैछ । छिट्टै पूर्ण विवरण आउने छ । क्षतिको विवरण संकलनसँगै बाढीले ध्वस्त बनाएका संरचना पन्छाउने काम समेत सुरु गरिएको उनले बताए ।

स्थानीय बाहेकका बाहिरबाट आएर व्यवसाय सञ्चालन गरेकाहरुलाई सुरक्षित रुपमा मेस चलाएर राखेका छौं । उनीहरुको अस्थायी व्यवस्थापन समेत गरेका छौं ।

राहत र पुनस्र्थापनामा कुनै कसर राख्दैनौं : न्यौपाने
गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले गाउँपालिका भित्रका बाढी पीडितलाई राहत दिन र पुनस्र्थापनामा गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताए । उनका अनुसार गाउँपालिकाका सबै क्षेत्रमा जनप्रतिनिधिहरु, कर्मचारीहरु जनजीवन सहज बनाउन खटिएको समेत बताए ।
फोटोहरु : बिमला पाण्डे

(Visited 47 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School