आफैले पहिचान गरेको लिङ्ग झल्कने पासपोर्ट जारी गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश



प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार

ट्रम्प प्रशासनलाई छ जना ट्रान्सजेन्डर व्यक्तिका लागि उनीहरूको आफैले पहिचान गरेको लिङ्ग झल्कने पासपोर्ट जारी गर्न आदेश दिएकी छन् । ट्रान्सजेन्डर भन्नाले नेपालीमा लिङ्ग रूपान्तरण भएका व्यक्ति बुझिन्छ ।

अमेरिकाको बोस्टनस्थित संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई यो आदेश दिएकी हुन । अब उनीहरुको पासपोर्टमा जन्म प्रमाणपत्रमा उल्लेखित लिङ्ग नभई उनीहरूले आफूलाई पहिचान गरेको लिङ्ग समावेश गरिनेछ ।

न्यायाधीश जुलिया ई कोबिकको यो आदेश ती छ जना अभियन्ताहरूको लागि अस्थायी जित हो । न्यायाधीशले ट्रम्प प्रशासनको नयाँ नीति संविधानको पाँचौं संशोधन अन्तर्गत असंवैधानिक लैङ्गिक भेदभाव र प्रशासनिक कार्यविधि ऐन को उल्लंघन हो भनेकी छन् ।

आफैले पहिचान गरेको लिङ्ग झल्कने पासपोर्ट जारी गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

आफैले पहिचान गरेको लिङ्ग झल्कने पासपोर्ट जारी गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

यो नयाँ नीति ट्रम्पको कार्यकारी आदेशअनुसार विदेश मन्त्रालयले यस वर्षको सुरुमा लागू गरेको हो । सबै सरकारी निकायहरूलाई ट्रान्सजेन्डर पहिचानको औपचारिक मान्यता सीमित गर्न आदेशमा निर्देशन दिइएको थियो ।

सरकारको नयाँ पासपोर्ट नीतिका कारण ट्रान्सजेन्डर व्यक्तिहरू प्रभावित भएका छन् । अब उनीहरू आफ्नो लिङ्ग पहिचानअनुसार पासपोर्ट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका छन ।

यो आदेश अहिले ती छ जना ट्रान्सजेन्डर आवेदकहरूमा मात्र लागु हुनेछ । उनीहरुले यसका लागि मुद्दा दायर गरेका थिए ।

अमेरिकन सिभिल लिबर्टीज युनियनका वकिलहरूले पासपोर्टमा आफ्नो पहिचानअनुसार लिङ्ग नभएमा उनीहरू अनावश्यक शंका र सामाजिक आक्रोशको सिकार हुनसक्ने छन भनेर मुद्धा दायर गरेका छन ।

ट्रम्पको कार्यकारी आदेशमा जसको लिङ्ग जन्म प्रमाणपत्रमा उल्लेखित लिङ्गसँग मेल खाँदैन, ती व्यक्तिहरू झूटो दाबी गर्दैछन् र लिङ्ग पहिचान सेक्सको सट्टा प्रयोग गर्न मिल्दैन भनिएको छ ।

आफैले पहिचान गरेको लिङ्ग झल्कने पासपोर्ट जारी गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

सरकारी वकिलहरूले अदालतमा पासपोर्टमा व्यक्तिको ठीक लिङ्ग उल्लेख गर्नु राष्ट्रिय हितको कुरा हो भनेका थिए । उनीहरूले पीडितहरूलाई अझै पनि यात्रा गर्नबाट नरोकिएको दावी गरेका थिए ।

तर न्यायाधीश कोबिकले सरकारी तर्कलाई अस्वीकार गर्दै सरकारले आफ्नो नीति लैङ्गिक भेदभाव भएको प्रमाण पेस नगरी लागू गर्न खोजेको छ भन्दै यो संविधानको दृष्टिकोणले स्वीकार्य छैन भन्दै सरकारी दावीलाई अस्वीकार गरेकी छन ।

विदेश मन्त्रालयले सन् १९९० दशकदेखि ट्रान्सजेन्डर व्यक्तिहरूलाई शल्यक्रिया गरेपछि पासपोर्टमा लिङ्ग परिवर्तनको अनुमति दिँदै आएको थियो । सन् २०१० मा यो प्रक्रिया लचिलो बनाउँदै चिकित्सकको प्रमाणपत्रकै आधारमा परिवर्तन गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

सन् २०२१ मा पहिलो पटक एक्स चिन्ह सहितको पासपोर्ट जारी गरिएको थियो । बाइडेन प्रशासनले सन् २०२२ मा आवेदनमा एम , एफ वा एक्स रोज्न पाउने नीति ल्याएको थियो ।





Source link

Leave a Comment