आन्दोलनमा सहभागि भएको आरोपमा अमेरिकी नागरिक पक्राउ



प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

अमेरिकी नागरिक काठमाण्डौमा पक्राउ परेका छन । आन्दोलनमा सहभागि भएका अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो ।

उनले आफुलाई जयानन्द कृपा भनेर चिनाउने गरेका थिए । उनलाई प्रहरी वृत सिंहदरवारले नियन्त्रणमा लिएको हो ।

प्रहरी परिसर काठमाण्डौका सुचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार राजनीतिक विषयको आन्दोलनमा आक्रामक रुपमा प्रस्तुत भएकाले नियन्त्रणमा लिइएको हो ।

आन्दोलनमा सहभागि भएको आरोपमा अमेरिकी नागरिक पक्राउ

आन्दोलनमा सहभागि भएको आरोपमा अमेरिकी नागरिक पक्राउ

सरकारले पदमुक्त गरेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा भइरहेको बिरोध प्रर्दशनमा राजतन्त्र समर्थित व्यानर बोकेर ब्लिस आन्दोलनमा पुगेको प्रहरीले बताएको छ ।

पक्राउ परेका अमेरिकी नागरिक ब्लिसलाई अध्यागन बिभागको जिम्मा लगाइने प्रहरीको तयारी छ ।

५८ बर्षीय ब्लिस पर्यटक भिसामा गत जनवरी १८ मा नेपाल आएका थिए । फेब्रुअरी ३ मा उनको भिसा सकिएपछि मार्च २४ सम्मको लागि भिसाको अवधि बढाएको देखिएको प्रहरीले बताएको छ ।

उनको भिसा अवधि सकिएकाले पक्राउ परेका ब्लिसलाई अध्यागमन विभागको जिम्मा लगाइने प्रहरीले बताएको हो ।





Source link

Leave a Comment