स्वेच्छाले अमेरिका छोड्दै छन् कागजातविहीन आप्रवासीहरू, स्वनिर्वासन गर्ने संख्यामा तीव्र वृद्धि



प्रकाशित मिति : भाद्र १९, २०८२ शुक्रबार

a black and green sign hanging from the side of a wall

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि कानूनी दर्जा नभएका कागजातविहीन आप्रवासीहरू स्वेच्छाले देश छाड्ने अर्थात् स्वनिर्वासन गर्ने संख्यामा तीव्र वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ।

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) बाट प्राप्त नयाँ तथ्यांकअनुसार सन् २०२५ जुलाई ३१ सम्म ट्रम्प प्रशासनले १,४५,४१९ कागजातबिहीन आप्रवासीलाई देशनिकाला गरिसकेको छ। यसमध्ये सबैभन्दा धेरै जुन महिनामा २७,९७० जनालाई देश बाहिर पठाइएको छ।

तथ्यांकअनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो पूर्ण महिना फेब्रुअरीमा ५९२ आप्रवासीले स्वेच्छाले देश छाडेका थिए। तर, जुलाईमा यो संख्या बढेर ४,२४१ पुगेको छ। यसरी स्वेच्छिक प्रस्थान तीन गुणाले बढेको देखिन्छ।

स्वेच्छाले अमेरिका छोड्दै छन् कागजातविहीन आप्रवासीहरू, स्वनिर्वासन गर्ने संख्यामा तीव्र वृद्धि

पूर्व राष्ट्रपति जो बाइडेनले प्रयोगमा ल्याएको सीबीपी वन एपलाई   ट्रम्प प्रशासनले  सीबीपी होम एपमा रूपान्तरण गर्दै कागजातविहीनहरूलाई स्वनिर्वासन रिपोर्ट गर्न प्रयोग हुने गरी विकास गरेको हो। तर कति आप्रवासीहरूले सीबीपी होम प्रयोग गरेर देश छाडे भन्ने तथ्याङ्क भने अहिलेसम्म सार्वजनिक भएको छैन।

आप्रवासन अध्ययन केन्द्रकी नीतिगत अध्ययन निर्देशक जेसिका भॉनले स्वेच्छिक प्रस्थानबारे टिप्पणी गर्दै भनिन्, “यो तथ्यांकले सधैं आइसको नीति मात्र देखाउँछ भन्ने होइन, किनभने स्वेच्छिक प्रस्थान आप्रवासन न्यायाधीशहरूले पनि प्रायः प्रस्ताव गर्ने विकल्प हो।”

उनका अनुसार ट्रम्प प्रशासनमा ३८ प्रतिशत स्वेच्छिक प्रस्थान सीमा क्षेत्रबाट भएको थियो भने बाइडेन शासनमा यो अनुपात २० प्रतिशत मात्र थियो।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले बारम्बार उच्च देशनिकाला संख्या प्रस्तुत गरे पनि  होमल्याण्ड सेक्युरिटी र आइसले निरन्तर रूपमा तथ्यांक सार्वजनिक नगरेको आलोचना हुँदै आएको छ।

बाइडेन प्रशासनमा  होमल्याण्ड सेक्युरिटीले मासिक विवरण सार्वजनिक गर्ने गरेको थियो। जुलाई २०२४ मा करिब २५,००० देशनिकाला भएको थियो भने यस वर्ष जुलाईमा यो संख्या घटेर २३,२५० पुगेको तथ्यांक देखिन्छ।

स्वेच्छाले अमेरिका छोड्दै छन् कागजातविहीन आप्रवासीहरू, स्वनिर्वासन गर्ने संख्यामा तीव्र वृद्धि

भॉनले भनिन्, “सामान्यतया, ट्रम्प प्रशासनमा आन्तरिक कारवाही  र त्यससँगै हुने देशनिकाला बाइडेनको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी, ट्रम्प प्रशासनमा आपराधिक अभियोग खेपिरहेका वा सजाय भोगेका आप्रवासीहरूको संख्या लगभग दोब्बर देशनिकाला गरिएको छ, जसले समुदायलाई सुरक्षित बनाएको छ।”

क्याटो संस्थानका आप्रवासन अध्ययन निर्देशक डेविड बियरले कुल देशनिकाला संख्याबारे प्रश्न उठाउँदै भने, “कुल देशनिकाला  संख्या गत वर्षभन्दा धेरै फरक छैन, जसको अर्थ यो हुन सक्छ कि कुल देशनिकाला क्षमतामा निश्चित सीमा छ।”

तर उनले थपे, “हालै सीमा पार गर्नेहरूको देशनिकाला  घटेको छ किनभने प्रवेश गर्नेहरूको संख्या कम छ, तर ६ महिनाभन्दा बढी अमेरिकामा बसिरहेका आप्रवासीहरूको देशनिकाला भने तीन गुणाले बढेको छ।”





Source link

Leave a Comment