गत बिहीबार अर्थात् १५ अगस्ट २०२४ मा भारतले आफ्नो ७८औं स्वतन्त्रता दिवस मनायो । राजधानी दिल्लीको लालकिल्लासहित मुलुकभर झन्डोतोलन गरियो । काठमाडाैंसहित विदेशस्थित भारतीय नियोगहरूमा पनि त्यस्तै आयोजना गरियो । १५ अगस्ट १९४७ को मध्यरात भारतले अंग्रेज साम्राज्यको दासताबाट मुक्ति पाएको थियो । त्यसपछि प्रत्येक वर्ष लालकिल्लालगायत सबै ठाउँमा झन्डोतोलनको परम्परा रहिआएको छ । यस वर्षको मुख्य समारोह पनि नयाँदिल्लीको लालकिल्लामा आयोजना गरिएको हो । मुलुकका कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले ११औंपटक भारतको राष्ट्रिय ध्वजा फहराए र डेढ घण्टाभन्दा बढी लामो सम्बोधन गरे । सो अवसरमा छिमेकी राष्ट्र बंगलादेशमा देखिएको अशान्तितर्फ पनि उनले संकेत गरे र अल्पसंख्यक हिन्दूहरूको असुरक्षाप्रति चिन्ता व्यक्त गरे । मोदीले बंगलादेशका ’boutमा उल्लेख गरेपछि मलाई अनायासै भारतका सबैजसो छिमेकीहरूसँगको असहज सम्बन्धका ’boutमा थोरै खोतल्न इच्छा जाग्यो ।
आज भारतको कुनै पनि छिमेकीसँग सहज सम्बन्ध छैन भन्दा अत्युक्ति नहोला । ठूलो राष्ट्र चीनसँगको सम्बन्ध त विवादित नै छ र त्यो बुझ्न सकिने कुरा हो । सन् १९६२ को भारत–चीन युद्धपछि जेलिएको दुई राष्ट्रबीचको सम्बन्ध सतहमा शान्त देखिए पनि सहज र सरल पटक्कै छैन । अर्को छिमेकी पाकिस्तानसँग त लगभग शत्रुतापूर्ण सम्बन्ध नै छ । सन् १९४७ को भारत विभाजनको पीडा र त्यसले जन्माएको द्वेषको पृष्ठभूमि र सन् १९७१ को युद्धले पाकिस्तानको विभाजन र त्यसले पैदा गरेको घृणाले गर्दा भारत र पाकिस्तान सदाबहार दुस्मन बनेका छन् । अचम्मचाहिँ यी दुई छिमेकीबाहेक भारतको ’round रहेका सबैजसो साना छिमेकी राष्ट्रहरूमा पनि प्रचूर मात्रामा भारतविरोधी भावना विद्यमान छ । बंगलादेशको जन्मको मूल कारक राष्ट्र भएर पनि भारतप्रति बंगलादेशमा अत्यधिक रोष देखिन्छ । त्यही अवस्था श्रीलंका र माल्दिभ्समा पनि छ । म्यान्मारभित्र पनि भारतप्रति धेरै राम्रो धारणा रहेको पाइन्न । भारतसँग पुरै निर्भर राष्ट्र भुटानका जनताबीच समेत भारतको छवि राम्रो छैन ।
अब आउँ नेपाल–भारत सम्बन्धका ’boutमा । औपचारिक र आधिकारिक तहमा नेपाल र भारतबीच सुमधुर र सौहार्दपूर्ण सम्बन्ध रहेको बताइन्छ । तर, अधिकांश नेपालीहरू र त्यसमा पनि विशेषतः पहाडी मूलका बासिन्दाबीच भारतविरोधी भावना भरिएको पाइन्छ । मधेसी जनताहरूको नातागोता सम्बन्ध इत्यादिका कारण भारतीयहरूसँग अन्तरंग सम्बन्ध हुँदाहुँदै पनि भारत राष्ट्रप्रति धेरै सकारात्मक धारणा छैन भन्दा गलतचाहिँ हुन्न । किन यस्तो भयो ? जवाफ सरल छैन ।
नेपालमा भारतविरोधी भावना जंगलको डढेलोझैं फैलिनुका पछाडिको एक प्रमुख कारण त निःसन्देह राजा महेन्द्रको धुत्र्याइँपूर्ण कपट हो । राजा महेन्द्रले सुरुदेखि नै र विशेषतः आफूलाई ‘नेपाललाई भारतको पञ्जाबाट मुक्त गर्ने तारणहार’ एवं महान् राष्ट्रवादीका रूपमा प्रस्तुत गरे । आफूले लादेको निरंकुश पञ्चायती व्यवस्थालाई स्थापित गराउन र औचित्य स्थापित गराउन संसदीय प्रजातान्त्रिक व्यवस्थालाई नै भारतको इशारामा भारतद्वारा नेपालविरुद्ध रचिएको षड्यन्त्रका रूपमा प्रचार गरे ।
आज भारतको कुनै पनि छिमेकीसँग सहज सम्बन्ध छैन भन्दा अत्युक्ति नहोला । ठूलो राष्ट्र चीनसँगको सम्बन्ध त विवादित नै छ र त्यो बुझ्न सकिने कुरा हो
भारतको कति थिचोमिचो र अर्घेलो थियो ? त्यसका ’boutमा लामै कुरा हुनसक्छ । तर, महेन्द्रको राष्ट्रवादको मूल जरो नै नेपाल देशको भक्ति नभई भारतको तथानाम विरोध नै थियो । त्यसक्रममा चीनको नाजायज पक्षपोषणलाई समेत राष्ट्रवादको जामा पहिराइएको थियो । महेन्द्रको सुनियोजित भारतविरोधी अभियानले नेपालीहरूको दुई–तीन पुस्ताको दिमाग पुरै अतिक्रमित भएको थियो भन्दा फरक नपर्ला । आज अवस्था के छ भने पक्का नेपाली कहलिन नेपाललाई माया गरेर वा सेवा गरेर पुग्दैन, ठूलो स्वरमा भारतलाई गाली गर्नुपर्छ ! अझ त्यो हद नाघेर चीनको प्रशस्तीगान गाउनुपर्छ भन्नेसम्म पुग्दै छ ।
तर, के नेपालमा भारतविरोधी भावना सल्कनुको पछाडि महेन्द्र मात्र जिम्मेवार छन् त ? भारत जिम्मेवार छैन ? २०१७ सालअघि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपालको औपचारिक भ्रमणमा आएका थिए । त्यसबेलाको एउटा अत्यन्तै रमाइलो लाग्ने तर बिझ्ने खालको घटनाका ’boutमा यहाँ उल्लेख गर्दै छु । यो घटना मलाई त्यस घटनाका आफैं एक पात्र मेरा आफ्ना स्वर्गीय फुफाजुले मलाई सुनाउनुभएको हो । भ्रमणका क्रममा नेहरूलाई काठमाडौंको लैनचौरको खुला मैदानमा एउटा नागरिक अभिनन्दन वा स्वागत कार्यक्रम राखिएको रहेछ । त्यस कार्यक्रमको माइक मिलाउने इत्यादि प्राविधिक कामको जिम्मेवारी फुफाजुले पाउनुभएको रहेछ । उहाँले सबै बन्दोबस्त मिलाउनुभयो । नेहरू कार्यक्रमस्थलमा आइपुगे । ठीक कार्यक्रम सुरु हुनेबेला माइकले काम गरेनछ । मुख्य प्राविधिकको नाताले फुफाजुले माइक ठीक गर्ने प्रयास गर्नुभएछ । नेहरू चुपचाप हेर्दै थिए । निकैबेरसम्म पनि माइकले काम गरेन । एक्कासि नेहरू उठे र माइक ठीक गर्न कोसिस गर्दै गरेका मेरा फुफाजुको कठालो समातेर चिच्याएछन्– ‘यह क्या हो रहा है ?’
कल्पना गर्नोस् त एउटा देशको प्रधानमन्त्री अर्को देशको एउटा सामान्य कालिगढको कठालो समात्न पुग्छन्, त्यो पनि सार्वजनिक समारोहका बीच ! नेहरूले प्रधानमन्त्री पदको गरिमा र मर्यादा पुरै बिर्सिए । सायद उनलाई आफ्नो देशमा त्यस्तै व्यवहार गर्ने बानी परेको थियो । तर, उनले आफू विदेशी भूमिमा रहेको समेत बिर्सिए ! सायद नेपाल भनेर याद हुँदाहुँदै पनि नेपाललाई आफ्नै सानो टुक्रो सम्झिए वा उपनिवेश भनेरै बुझे ! भारत सयौं वर्षसम्म अंग्रेजको गुलाम उपनिवेश थियो । अंग्रेजले भारतीयलाई दास नै मान्थे । स्वतन्त्रता संग्राम लडेका नेहरूजस्ता राजनीतिज्ञमा पनि त्यो मालिक–दास मनोवृत्ति कायमै रह्यो । भारतीय कर्मचारीतन्त्र त त्यसै पनि अंग्रेजकै तालिमका उपज नै थिए । सानालाई थिच्ने मिचाहा प्रवृत्ति भारतले अंग्रेजबाट अपुतालीमा पाएको हो । स्वतन्त्रतापछि भारतीय शासकहरू र कर्मचारीतन्त्रले आफू ’roundका साना मुलुकलाई स्वतः दाइजो वा अपुतालीमा आएको दास, एकल प्रभावक्षेत्र र उपनिवेश भन्ने ठाने र तदनुरूप व्यवहार गरे । भारतबाट नियुक्त भएर आउने राजदूतहरूले आफूलाई भायसराय वा गभर्नर जनरल नै भन्ने ठाने ! आजपर्यन्त भारतीय निर्णयकर्ताको व्यवहारमा त्यस्तै झल्को पाइन्छ । नेपालमा भारतविरोधी भावना झाँगिनुको एउटा कारण यो पनि हो ।
यही मिचाहा र जबर्जस्तीपन बृहत् व्यवहारमा पनि देखियो । सुगौली सन्धिनुसार महाकाली नदीको उद्गमस्थल चुच्चे नक्साको पुछार उपल्लो बिन्दू नै हो । महाकाली नदी कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको पश्चिममा बग्छिन् । त्यस क्षेत्रमा युद्धमा हारेर थकित भारतीय सेनालाई विश्राम गर्न नेपालले दिएको हो । तर, त्यहाँबाट भारतीय सेना हटेन । कालापानी क्षेत्रको पूर्वी कुनातिर भारतले एउटा काली मन्दिर बनायो र त्यहाँबाट बगेर तल महाकालीमा मिसिने एउटा खोल्सोलाई महाकालीको उद्गम घोषणा ग¥यो । यो मिचाहा जबर्जस्तीपन नै हो । सुस्तालगायत पशुपतिनगर तथा अन्य कैयन् दसगजा क्षेत्रमा निर्माण पनि मिचाहा प्रवृत्तिको परिणाम हो । तर, यस्तो मिचाहापन नेपालजस्तो सानो मुलुकलाई मात्र हो । चीनले ठीक यही तरिकाले चिनियाँ नाम दिँदै अरुणाचललगायत सीमाका कैयन् इलाका खाइदिँदा भारत रुनबाहेक केही गर्न सक्दैन । नेपालीहरू भारतविरोधी हुनुको अर्को कारण यो हो ।
जनस्तरबाट र तल्लो तहबाट हुने हेपाइ त छँदै छन् । सीमामा बसेका एउटा टन्न रक्सी पिएका दरोगाले ‘साला बहादुर’ भन्दै गरिब श्रमजीवीको पैसा लुट्दा, बीएसएफको एउटा जवानले एक स्थानीयलाई कुटपिट गर्दा र धर्म गर्न गएका सोझा नेपालीलाई पण्डाले ठग्दा भारतविरोधी भावना जाग्नु अस्वाभाविक हुँदै होइन । समग्रमा भारतीयले सानो नेपाल र कमजोर नेपालीको पनि आत्मसम्मान र स्वाभिमान हुन्छ भन्ने बिर्सनु नेपालमा भारतविरोधी भावना जाग्नुको थप कारण हो ।
भारतले स्वतन्त्रता दिवस मनायो । स्वतन्त्रता संग्रामका तमाम सेनानी एवं शहीदहरूलाई श्रद्धाञ्जली अर्पण ग¥यो । महात्मा गान्धीको नेतृत्वमा भएको अंग्रेज शासनविरुद्धको सन् १९४२ को ‘भारत–छोडो’ आन्दोलनमा सक्रिय भएर अंग्रेजको जेलमा बन्दी जीवन बिताएका स्व. बीपी कोइराला, स्व. मनमोहन अधिकारी, स्व. सूर्यप्रसाद उपाध्याय, स्व. रुद्रप्रसाद गिरी, स्व. गोपालप्रसाद भट्टराई, स्व. राजेश्वरी उपाध्याय तथा स्व. डिल्लीरमण रेग्मीलाई सम्झेन । भारतले स्वतन्त्रता दिवसका अवसरमा यी महान् नेपालीहरूलाई विशेष रूपमा सम्झिनुपथ्र्यो, किनकि यी भारतीय थिएनन् । यी महान् हस्तीहरूको नाम लिएर दुई शब्द खर्चेको भए के नेपालीहरू गद्गद हुन्नथे र !? हुन त यस अवसरमा भारत राष्ट्रले नेपाल राष्ट्रप्रति कृतज्ञता प्रकट गर्नुपथ्र्यो । आजको भारतको सीमा रक्षाका लागि र भारतीय जनताको जीवन रक्षाका लागि नेपाली रगत दिनानु दिन बगिरहेको छैन र ? कृतघ्नता र अहंकारको जालोले छोपेपछि केही लाग्दैन !
(Visited 10 times, 1 visits today)