अष्ट्रेलिया सरकारले बढायो अधिकांश भिसा शुल्क, विद्यार्थी भिसाका लागि १६ सय डलर

अष्ट्रेलिया सरकारले बढायो अधिकांश भिसा शुल्क, विद्यार्थी भिसाका लागि १६ सय डलर



प्रकाशित मिति : असार २६, २०८१ बुधबार

अष्ट्रेलिया सरकारले बढायो अधिकांश भिसा शुल्क, विद्यार्थी भिसाका लागि १६ सय डलर

जुलाई १ देखि लागु हुनेगरी अष्ट्रेलिया सरकारले अधिकांश भिसा प्रकारका लागि भिसा आवेदन शुल्क बढाएको छ । छोटो अवधिको अस्थायी स्कील सर्टेज सबक्लास ४८२, श्रम सम्झौता चाहिने र मध्यम अवधिको सबक्लास ४८२, दक्ष रोजगारदाता प्रायोजित क्षेत्रीय सबक्लास ४९४, अस्थायी काम सबक्लास ४००, तालिम सबक्लास ४०७, रोजगारदाता नामांकन योजना सबक्लास १८६ र ग्लोबल ट्यालेन्ट सबक्लास ८५८ भिसाको शुल्क बढाइएको हो ।

अष्ट्रेलियाको नागरिकताका लागि आवेदन शुल्क र भिसा, प्रायोजन र नामांकन सम्बन्धी निर्णयहरूको प्रशासनिक पुनरावेदन न्यायाधिकरणको समीक्षा शुल्क पनि बढेको छ। अलग रूपमा फेयर वर्क कमिशनले ले फेयरवर्क हाइ इन्कम थ्रेसहोल्ड पनि १ लाख ६७ हजार ५ सय डलरबाट बढाएर १ लाख ७५ हजार बनाएको छ । यसको अर्थ ४५ वर्ष भन्दा माथिका आवेदकहरूलाई बढेको आम्दानीभन्दा कम आम्दानी भएको खण्डमा छुट प्रदान गरिनेछैन ।

अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको शुल्क ७१० डलरबाट बढाएर १६ सय डलर बनाइएको छ । यो शुल्क न्यसजिल्याण्ड, क्यानडा, युके र अमेरिकाको विद्यार्थी भिसा शुल्कभन्दा कैयन गुणा महँगो रहेको छ । भिसा शुल्कमा आश्चर्यजनक वृद्धिले अष्ट्रेलियाको भिसा आवेदन शुल्कलाई विश्वमा सबैभन्दा महँगो बनाएको छ ।

अष्ट्रेलियाले आफ्नो चौथो ठूलो निर्यातको “सत्यता” लाई बढावा दिन र समग्र माइग्रेसन सुस्त बनाउन मद्दत गर्न भिसा आवेदन शुल्क १२५% बढाएर सोमबार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ठूलो धक्का दिएको छ।

यस अगाडि अष्ट्रेलियाले आगामी दुईबर्षमा अध्यागमन आधा घटाउने योजना अन्तरगत विद्यार्थी भिसामा कडाई गर्ने नियम ल्याएको थियो । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको आवश्यकताहरु परिमार्जन गरेपछि मार्च २३ पछि पेश गरिएका विद्यार्थी भिसा आवेदनहरूका सन्दर्भमा नयाँ नियम लागु भइसकेको छ ।

अष्ट्रेलिया सरकारले बढायो अधिकांश भिसा शुल्क, विद्यार्थी भिसाका लागि १६ सय डलर

मार्च २३ , २०२४ पछि अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) मा समग्र स्कोर ६ वा त्योभन्दा माथि भएकाहरुलेमात्र अष्ट्रेलियाको विद्यार्थी भिसा पाउन सक्नेछन् । विगतमा ५ दशमलव ५ वा त्योभन्दा माथि स्कोर भएकाहरुले समेत भिसा पाउनसक्ने व्यवस्था रहेको थियो । विद्यार्थी र स्नातक भिसा आवेदकहरू दुवैका लागि अंग्रेजी भाषा प्रवीणताको मापदण्ड बढाइएको छ। अर्थात् अस्थायी स्नातक भिसा आवेदकहरूले पनि अब अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) मा ६ दशमलव ५ वा त्योभन्दा माथि स्कोर ल्याउनुपर्छ, विगतमा उनीहरुले ६ स्कोर ल्याए पुग्ने व्यवस्था थियो ।

त्यस्तै विगतमा ३ सय शब्दको बयान लेखेमात्र हुनेमा अब विभिन्न प्रश्नहरुको जवाफ दिनुपर्नेछ । उक्त जवाफ १५० शब्दमा सिमित गर्नुपर्नेछ । परिवार, समुदाय, रोजगारी र आर्थिक परिस्थितिसँगको सम्बन्ध लगायत आवेदकको वर्तमान परिस्थितिको विवरण, आवेदकले सम्बन्धित विषय अष्ट्रेलियामा पढ्न चाहनुको कारण, पढाई पूरा गरेपछि आवेदकलाई हुने फाइदाबारे तीनवटाप्रश्नको जवाफ पेश गरेपछि १५० शब्दमा आवेदकको थप जानकारी दिनुपर्नेछ । जसमा आवेदकको अध्ययनको इतिहास, विद्यार्थी भिसा बाहेक अन्य भिसा भएका भए नभएको विवरण, विद्यार्थी भिसाको लागि आवेदन गर्ने कारणहरू, आवेदक र प्रायोजकको अध्यागमन इतिहास, अष्ट्रेलिया सहित कुनै पनि देशबाट भिसा अस्वीकार भए नभएको विवरण जस्ता कुराहरु समावेश छन् ।

त्यस्तै विद्यार्थी भिसा घोषणालाई विद्यार्थी भिसाका सर्तहरू बुझ्नको लागि परिमार्जन गरिएको छ । नयाँ नियमले पढ्ने प्राथमिक उद्देश्य नभई काम गर्ने प्राथमिक उद्देश्य भएकाहरुलाई र अष्ट्रेलियामा अन्य भिसामा आइसकेपछि विद्यार्थी भिसामा जान चाहनेहरुलाई निरुत्साहित गरेको छ । अष्ट्रेलिया सरकारले अब शिक्षा संस्थाहरूलाई लगातार नियमहरूको उल्लंघन वापत अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाट रोक्ने अधिकार समेत रहेको छ ।

अष्ट्रेलिया सरकारले बढायो अधिकांश भिसा शुल्क, विद्यार्थी भिसाका लागि १६ सय डलर

विद्यार्थी भिसाका आवेदकहरूको लागि आर्थिक आवश्यकताहरू पनि वृद्धि गरिएको छ। व्यक्तिहरूले कम्तिमा २४ हजार ५ सय ५ डलर बचत देखाउनुपर्नेछ , जुन पहिलेको भन्दा १७ प्रतिशत बृद्धि हो । अब भिसा प्रदान गर्दा पाठ्यक्रम चयन, शैक्षिक प्रगति, अघिल्लो अध्यागमन इतिहास र भिसा सर्तहरूको अनुपालन जस्ता कारकहरू मूल्याङ्कन गरिनेछ।

अष्ट्रेलियाले सन् २०२५ को जुनसम्म अध्यागमन घटाएर २ लाख ५० हजारमा झार्ने लक्ष्य लिएको छ । सन् २०२३ को सेप्टेम्बरसम्मको एकबर्षमा ५ लाख ४८ हजार व्यक्ति अष्ट्रे्रलिया आएपछि अष्ट्रेलियामा आप्रवासन उच्च बिन्दुमा पुगेको थियो । सबैभन्दा पछिल्लो तथ्यांक अनुशार हाल अष्ट्रेलियामा झण्डै ७ लाख १४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरु रहेका छन् । जसमध्ये भिजिटर भिसामा आएर विद्यार्थी भिसामा जानेहरुको संख्या उल्लेख्य छ । सरकारले भिजिटर भिसामा आएर विद्यार्थी भिसामा जाने लहर रोक्न भिजिटर भिसामा आएर थप समय बस्न नपाइने सर्तहरू बढाएको छ ।

जनवरीसम्मको सरकारी तथ्यांक अनुशार अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा नेपालीहरु तेश्रो नम्बरमा रहेका छन् । कुल अध्ययनरत ५ लाख ६७ हजार ५ सय ७ मध्ये चीनका १ लाख १५ हजार ४ सय १५ जना, भारतका ९७ हजार १ सय ५२ जना र नेपालका ४८ हजार २ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत रहेका थिए । जसमध्ये न्यू साउथ वेल्समा ३१ हजार ४ सय ३९, भिक्टोरियामा ६ हजार ४ सय ७८, क्वीन्सल्याण्डमा ३ हजार ४, साउथ अष्ट्रेलियामा २ हजार ३ सय १६, वेष्टर्न अष्ट्रेलियामा २ हजार १ सय २३, तास्मानियामा ८७१, नर्दन टेरोटोरीमा १ हजार २६, अष्ट्रेलियन क्यापिटल टेरोटोरीमा ११ सय १४ जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School