अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले भन्नुभयो : युक्रेनमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिएको छ

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले भन्नुभयो : युक्रेनमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिएको छ



प्रकाशित मिति : असार ८, २०८१ शनिबार

रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात “ठूलो“ आक्रमण गरेको युक्रेनले बताएको छ ।

जापोरिझिया र लिभिभ क्षेत्रका अपरेटर युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

उसले विगत तीन महिनामा ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो, संयुक्त आक्रमण भएको बताएको छ ।

रूसी आक्रमणको दुई वर्ष भन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई किभलाई युरोपियन युनियनबाट उर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।

युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा “गम्भीर क्षति“ भएको बताएको छ ।

रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ । गर्मीको समयमा बिजुलीमा प्रवाव पार्ने रुसी प्रयासहरू असफल गर्न अवाश्यक प्रयास गरिरहेको उहाँले बताउनु भयो ।

जेलेन्स्कीले युक्रेनका सहयोगीलाई देशको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न थप हवाई रक्षा प्रणाली पठाउन बारम्बार आग्रह गर्नु भएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले भन्नुभयो : युक्रेनमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिएको छ

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वासिङ्टनले किभमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिने तथा अन्य देशहरूले अर्डर दिएको जानकारी दिनु भयो ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा अमेरिकाको कदमका लागि आभार व्यक्त गर्नु भएको छ । यसका अतिरिक्त उहाँले हवाई रक्षा क्षमताले युक्रेनी सहरहरू र नागरिकको सुरक्षा गर्ने उल्लेख गर्नु भएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School