प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने घोषणा गरेका छन्।
चीनका राष्ट्रपति सि चिनफिङसँग फोन वार्तापछि ट्रम्पले आगामी अप्रिलमा बेइजिङ भ्रमण गर्न सहमत भएको बताएका हुन्।
उनले आगामी वर्ष कुनै पनि समयमा सि चिनफिङलाई अमेरिकाको भ्रमणका लागि निम्तो दिएको समेत बताएका छन्।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार सोमबार भएको करिब एक घण्टाको फोन वार्ताको मुख्य विषय व्यापार थियो। “हामी चीनतर्फबाट गरिएका व्यवहारप्रति सन्तुष्ट छौँ, र उनीहरूले पनि त्यसैगरी महसुस गर्छन्,” उनले भनिन्।
व्यापारबाहेक, सि र ट्रम्पबीच रुस–युक्रेन युद्ध र ताइवानबारे पनि छलफल भएको थियो।
दुवै नेताहरू करिब एक महिनाअघि दक्षिण कोरियामा भेट भएका थिए। भेटको क्रममा व्यापार, रुसको युक्रेनमाथिको आक्रमण, फेन्टानिल र ताइवान लगायतका विषयमा छलफल भएको अमेरिका र चीनका विदेश मन्त्रालयले जनाएका छन्।
“हाम्रो चीनसँगको सम्बन्ध अत्यन्तै बलियो छ,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
चिनियाँ वक्तव्यमा भने दुवै देशले “गति कायम राख्नुपर्छ, समानता, सम्मान र पारस्परिक फाइदाका आधारमा सही दिशातर्फ अगाडि बढिरहनुपर्छ” भन्ने उल्लेख छ।
अक्टोबरमा बुसानमा भेट भएका उनीहरूले शुल्क (ट्यारिफ) सम्बन्धी विवादमा अस्थायी सहमति गरेका थिए। फेन्टानिलको आपूर्ति घटाउने उद्देश्यसहित अमेरिकाले २० प्रतिशत ट्यारिफलाई आधामा झारेको थियो।
अहिले पनि चिनियाँ सामानहरूमा लाग्ने औसत ट्यारिफ झन्डै ५० प्रतिशत कायम छ।
ट्रम्प र सि बीच अस्थायी सहमति भएको र चीनले लामो रणनीतिक खेल खेलिरहेको विश्लेषकहरूले बताउँदै आएका छन्।
व्यापार, शुल्क र टिकटकको प्रसङ्गमा दुवै नेताको संवाद फेरि सुरु हुनु महत्त्वपूर्ण मानिएको छ।
अमेरिकाले १०० प्रतिशत अतिरिक्त शुल्क लगाउने धम्की फिर्ता लिएपछि चीनले दुर्लभ खनिजको निर्यातमा नियन्त्रण कडा पार्ने आफ्नो योजनामा ढिलाइ गरेको छ।
चीन अहिले जापानसँग पनि ताइवानको सार्वभौमिकतासम्बन्धी लामो समयदेखि रहेको “रणनीतिक अस्पष्टता” का कारण कूटनीतिक तनावमा छ। जापान भने अमेरिकाको प्रमुख सहयोगी हो।
यसै महिनाको सुरुमा जापानी प्रधानमन्त्री सनाए ताकाइचीले ताइवानमाथि कुनै पनि चिनियाँ आक्रमण भए जापानलाई सैन्य कदम चाल्न बाध्य पार्न सक्ने चेतावनी दिएका थिए।
तर ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा ताइवानबारे केही उल्लेख गरेनन्।
जापानस्थित अमेरिकी राजदूत जर्ज ग्लासले चीनको “बलपूर्वक दबाब” को सामना गर्न अमेरिकाले जापानको साथ दिएको बताएका थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
