अमेरिका र चीन व्यापार युद्धको प्रभाव : चीनमा टेस्ला कम्पनीका गाडीको अर्डर लिन बन्द



प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

अमेरिका र चीनबीचकोे व्यापार युद्धको प्रभाव देखिन थालेको छ । यसैको कारण टेस्लाले चीनमा मोडेल एस र एक्स को अर्डर लिन बन्द गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच चलिरहेको व्यापार युद्धको बीचमा टेस्लाले चीनको वेबसाइटमार्फत मोडेल एस र मोडेल एक्स गाडीहरूको नयाँ अर्डर लिन रोक लगाएको छ ।

यी दुवै मोडेल अमेरिकामा निर्माण गरिन्छ । चीनमा यसको आयात गरिन्छ। टेस्लाको विच्याट मिनी प्रोग्राममा पनि यी मोडेलहरूको अर्डर विकल्प देखिएको छैन ।

अमेरिका र चीन व्यापार युद्धको प्रभाव : चीनमा टेस्ला कम्पनीका गाडीको अर्डर लिन बन्द

अमेरिका र चीन व्यापार युद्धको प्रभाव : चीनमा टेस्ला कम्पनीका गाडीको अर्डर लिन बन्द

टेस्लाले यसबारे औपचारिक टिप्पणी नगरेको भए पनि यो कदम चीन र अमेरिकाबीचको चर्किएको व्यापार द्वन्द्वसँग सम्बन्धित देखिन्छ ।

शुक्रबार चीनले अमेरिकी वस्तुहरूमा आयात शुल्क बढाएर १२५ प्रतिशत पुर्याएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा १४५ प्रतिशत शुल्क लगाउने निर्णयपछि चीनबाट चालिएको यो कदम हो ।

उच्च शुल्कका कारण चिनियाँ ग्राहकहरूका लागि टेस्लाका मोडेल एस र मोडेल एक्स निकै महँगा बन्न पुगेका छन् । स्थानीय रूपमा उत्पादित विद्युतीय गाडीहरू (इभी) को तुलनामा यी अमेरिकी मोडेलहरूको मूल्य अत्यधिक भएको छ ।

टेस्लाले मोडेल तीन र मोडेल वाई गाडीहरू शाङ्घाईस्थित कारखानामा निर्माण गर्छ । त्यहीँबाट चीन र युरोप लगायतका बजारमा बिक्री गरिन्छ । यी मोडेलहरूले टेस्लाको चीनमा हुने अधिकांश बिक्री सम्हालिरहेका छन् ।

२०२४ मा चीनले १ हजार ५५३ वटा मोडेल एक्स र ३११ वटा मोडेल एस गाडी आयात गरेको चीन अटो डिलर्स एसोसिएसनका विश्लेषक ली यानवेइले जानकारी दिएका छन् ।

अमेरिका र चीन व्यापार युद्धको प्रभाव : चीनमा टेस्ला कम्पनीका गाडीको अर्डर लिन बन्द

यी दुई मोडेलले टेस्लाका कुल ६ लाख ५७ हजार गाडी डेलिभरीमध्ये ०.५ प्रतिशन भन्दा कम हिस्सा राखेका थिए।

टेस्लाको चीनको बजारमा बिक्री बिवाइडी र अन्य स्थानीय निर्माता कम्पनीहरूसँगको कडा प्रतिस्पर्धाका कारण घटिरहेको छ ।

मोडेल एस र मोडेल एक्स र साइबर्ट्रक पर्ने सेग्मेन्टमा २०२५ को पहिलो त्रैमासिकमा डेलिभरी २५ प्रतिशत ले घटेको हो।

यसको कारण पुराना मोडेलहरूमा नयाँ सुधार नहुनु र सिइवो एलन मस्कको राजनीतिक दृष्टिकोणप्रति बढ्दो असन्तुष्टि समेत रहेको बताइएको छ।

चीन र अमेरिकाबीचको व्यापार द्वन्द्वका बीच टेस्लाको यो निर्णयले दुई देशबीचको आर्थिक सम्बन्ध र कार बजारमा देखिएको अस्थिरता झल्काएको छ ।

यो अवस्थाले भविष्यमा विद्युतीय गाडी उद्योगमा नयाँ रणनीति अपनाउन दबाब सिर्जना गर्न सक्ने संभावना देखिएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School