अमेरिकाबाट कतारले ९६ बिलियन डलरका बोइङ विमान किन्ने



प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार

कतारले बोइङ विमान किन्न अमेरिका संग ९६ बिलियन डलरको सम्झौता गरेको छ । कतारले अमेरिकी विमान निर्माता कम्पनी बोइङ बाट कतार एयरवेजका लागि विमान खरिद गर्न बुधवार ठुलो सम्झौता गरेको हो ।

यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमीर शेख तमीम बिन हमद अल थानीले खाडी मुलुक कतारमा ट्रम्पको भ्रमणको क्रममा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

व्हाइट हाउसले जारी गरेको विवरणअनुसार, यो ९६ बिलियन अमेरिकी डलर बराबरको सम्झौता हो । जसअन्तर्गत कतारले अमेरिकामा निर्मित २१० बोइङ विमान खरिद गर्नेछ। तर ट्रम्पले भने १६० विमान रहेको उल्लेख गर्दै यस सम्झौताको मूल्य २०० बिलियन डलर रहेको दाबी गरेका थिए।

अमेरिकाबाट कतारले ९६ बिलियन डलरका बोइङ विमान किन्ने

अमेरिकाबाट कतारले ९६ बिलियन डलरका बोइङ विमान किन्ने

यो २०० बिलियन डलरभन्दा बढीको सम्झौता हो । तर १६० विमानको हिसाबले हेर्दा यो अत्यन्त शानदार हो।’ ‘यो त रेकर्ड नै हो । क्याली लाई बधाई,’ भन्दै ट्रम्पले बोइङका सीईओ क्याली ओर्टबर्गतर्फ हेरेर भनेका थिए ।

यो सम्झौता बोइङ कम्पनीका लागि ठूलो राहत हुनसक्छ। सन् २०२४ को सुरुवातमा अलास्का एयरलाइन्सको ७३७ म्याक्स विमानबाट ढोका खुली हावामा फ्याँकेपछि बोइङको अर्डर दरमा ठूलो गिरावट आएको थियो।

त्यसै वर्षको अन्त्यतिर केही अर्डर आए पनि सन २०२४ भरिमा बोइङले जम्मा ५६९ विमानको अर्डर मात्र पाएको थियो । जुन २०२३ को तुलनामा ६० प्रतिशतले कम हो।

सेप्टेम्बर २०२४ मा ३३ हजार मेशिनिष्टहरूले गरेको ठूलो हड्तालका कारण पनि उत्पादन प्रभावित भएको थियो ।

ट्रम्पको ट्यारिफ कार्यक्रमले पनि बोइङमाथि थप दबाब सिर्जना गरेको छ । बोइङ अमेरिकाको सबैभन्दा ठूलो निर्यातकर्ता कम्पनी हो ।

अमेरिकाबाट कतारले ९६ बिलियन डलरका बोइङ विमान किन्ने

ट्यारिफका कारण विमान निर्माणको लागत अझै बढ्न सक्ने संभावना रहेको छ । बोइङले विभिन्न पुर्जाहरू अन्तर्राष्ट्रिय आपूर्तिकर्ताबाट ल्याउने गरेको छ ।

ट्रम्प प्रशासनले बोइङका लागि अर्डर जुटाउने प्रयासलाई व्यापार वार्ताको रणनीतिको हिस्सा बनाएको देखिएको छ।





Source link

Leave a Comment