प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार
युरोपेली सङ्घ ( इयु)ले भारतसँग सुरक्षा र रक्षा साझेदारीको अन्वेषण गरिरहेको बताएको छ । इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुअघि यो धारणा बाहिर आएको हो ।
भोन डेर लेयन आफ्नो परम्परागत सहयोगी अमेरिकासँग सम्बन्ध बचाउन प्रयास भइरहेको बेला उनी भारत आएको देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र र शत्रु दुवैका विरुद्ध धेरै शुल्क लगाउने घोषणा गरेपछि प्रतिनिधिमण्डलले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रसँग आफ्नो कूटनीतिक र व्यापारिक सम्बन्धलाई गहिरो बनाउने लक्ष्य राखेको छ ।
इयुले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबारे साझा चिन्ताहरू, लचिलो आपूर्ति शृङ्खला निर्माण र कृत्रिम बौद्धिकता ९एआई० सहित नयाँ प्रविधिहरूको शासनबारे भारतसँग साझा आधार खोज्ने आशा पनि राखेको छ ।
जापान र दक्षिण कोरियासँगको साझेदारीको ढाँचामा भारतसँग भविष्यको सुरक्षा र रक्षा साझेदारीको अन्वेषण गर्दैछौँ उनले भनेका छन ।
इयुले सन् २०२३ मा १ खर्ब २४ अर्ब युरो ९एक खर्ब ३० अर्ब डलर० मूल्य बराबरको वस्तुहरूको व्यापार गरेको थियो ।
ब्रसेल्सका अनुसार यो कूल भारतीय व्यापारको १२ प्रतिशतभन्दा बढी हो । भारतीय बजारले रक्षादेखि कृषि, कार र स्वच्छ ऊर्जासम्मका क्षेत्रहरूका लागि धेरै अवसरहरू प्रदान गर्दछ ।
भारतले स्वच्छ ऊर्जा, सहरी पूर्वाधार र पानी व्यवस्थापन जस्ता क्षेत्रहरूमा उच्च इयु लगानीको आशा गरेको छ ।
मोदीले संयुक्त स्थानीय उद्यम र यसका कुशल व्यवसायीहरूका लागि थप सुव्यवस्थित आप्रवासन नीतिका लागि जोड दिएका छन ।
आफ्नो परम्परागत सैन्य हार्डवेयरको आपूर्तिकर्ता एवं ऐतिहासिक रूपमा रुससँग नजिक भारतले युक्रेनको आक्रमणपछि मस्कोबाट टाढा रहन पश्चिमी दबावको विरोध गरेको छ ।