प्रकाशित मिति : पुस २७, २०८१ शनिबार
अमेरिकाले रुसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको छ । बाइडेन प्रशासनले रसियामाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको हो । जसको उद्देश्य युक्रेनमाथि भइरहेको युद्धलाई आर्थिक रूपमा सहयोग गर्ने रुसको ऊर्जा राजस्वलाई असर गर्नु हो ।
यी प्रतिबन्धहरूले २०० भन्दा बढी संस्था र व्यक्तिहरूलाई लक्षित गरेका छन् । जसमा व्यापारी, अधिकारीहरू, बिमा कम्पनीहरू, र सयौं तेल ट्यांकरहरू समावेश छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलोपटक बेलायतले अमेरिका सँगै ग्याजप्रोम नेफ्ट र सुरगुटनेफ्टेग्यास नामक रसियाली ऊर्जा कम्पनीहरूलाई प्रत्यक्ष रूपमा प्रतिबन्ध लगाउनेछ ।
रसियाली तेल कम्पनीहरूलाई लक्षित गर्दा रसियाको युद्ध कोष कमजोर हुनेछ । पुटिनको हातबाट निकालिएको प्रत्येक रूबलले युक्रेनी जीवन जोगाउन मद्दत गर्दछ, बेलायती विदेशमन्त्री डेभिड लेमीले भने ।
शुक्रबार अमेरिकी वित्त विभागले घोषणा गरेका केही उपायहरू कानुनमा परिणत हुनेछन् । जसले गर्दा आगामी ट्रम्प प्रशासनले ती प्रतिबन्धहरू हटाउन चाहेको खण्डमा कंग्रेसको सहमति आवश्यक पर्नेछ ।
अमेरिकाले रसियाली ऊर्जा खरिद गर्ने कानूनी सीमाहरू कडा बनाउँदैछ । रसियाको तेल विश्वभर पुर्याउने जहाजहरूलाई लक्षित गर्दैछ ।
अमेरिकी वित्तमन्त्री जेनेट येलेनले यो कदमले रसियाको तेल व्यापारसँग सम्बन्धित जोखिमलाई अझ कडा बनाउने र रसियाको तेल निर्यातलाई समर्थन गर्ने ढुवानी र वित्तीय गतिविधिहरूलाई असर गर्ने बताइन् ।
राष्ट्रपति जो बाइडेनले रसियाली नेता भ्लादिमिर पुटिन गम्भीर दबाबमा रहेको भन्दै उनले युक्रेनमाथि नराम्रो काम गर्नलाई कुनै राहत नपाउन बताए ।
ग्यासको मूल्य अमेरिकामो प्रति ग्यालन तीन वा चार सेन्टले बढ्न सक्छ। तर उनले यो पनि भने कि यस कदमले रसियाली अर्थतन्त्रको वृद्धिमा गहिरो असर पर्नेछ बाइडेनले भनेका छन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र यसको दलीय समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन । युद्ध सुरु भएदेखि नै तेलमाथिको मूल्य सीमाले रसियाको ऊर्जा निर्यातमा रोक लगाउने प्रमुख उपायको रूपमा काम गर्दै आएको छ ।
तर अटलान्टिक काउन्सिलको ग्लोबल इनर्जी सेन्टरकी ओल्गा खाकोवाका अनुसार, यो कदमको प्रभाव कमजोर बनेको थियो ।
किनकि बजारमा रसियाको तेलको आपूर्ति घट्दा त्यसले विश्व अर्थतन्त्रमा असर पार्ने चिन्ता थियो । तर विज्ञहरूले तेल बजार अहिले बलियो अवस्थामा रहेको बताएका छन् ।
अमेरिकी तेल उत्पादन र निर्यात ऐतिहासिक रूपमा उच्च स्तरमा छ । र बढ्दो पनि छ, जसका कारण बजारबाट रसियाली तेल हटाउँदा मूल्यमा पर्ने प्रभाव कम हुनेछ अटलान्टिक काउन्सिलका विशिष्ट सदस्य ड्यानियल फ्राइडले भनेका छन ।
अमेरिकी सरकारले रसियाको तेल क्षेत्रमाथि ठूलो प्रहार गर्ने उद्देश्य राखेको छ, जुन सम्भवतः निर्णायक साबित हुन सक्छ ।
अमेरिकाका पूर्व युक्रेनी राजदूत जोन हर्बस्टले यी कदमहरू उत्कृष्ट रहेको बताए । तर तिनको कार्यान्वयन महत्त्वपूर्ण हुने बताएका छन् ।