प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका छन । उनले साउदी अरेबियामा भएको वार्तापछि उनले एक अर्काका कुरा सुन्ने र बुझ्ने काम मात्रै भएको बताए ।
रुसी विदेशमन्त्री सर्गेइ लावरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीचमा साउदी अरेबियामा युक्रेन युद्धका सन्दर्भमा भएको पहिलो चरणको वार्तापछि राष्ट्रपति ट्रम्पको पछिल्लो धारणा बाहिर आएको हो ।
उनले युक्रेनको सम्लग्नताबिना भएका कुनैपनि सहमति र सम्झौतालाई पालना गर्न युक्रेन बाध्य नहुने राष्ट्रपति भोलोदोमिर जेलन्स्कीको टिप्पणीलाई निशाना बनाएका छन । उनले युक्रेनले चाहेको भए सम्झौता हुनसक्थ्यो भनेर जेलेन्स्कीको विरोध समेत गरे ।
वार्ताको क्रममा रुसले युक्रेनमा शान्ति स्थापना गर्ने नाममा नेटोका सेनाको उपस्थितीलाई स्वीकार नगर्ने बताएको छ ।
युक्रनका सम्बन्धमा युरोपेली सँघले धेरै पहिला शान्ति प्रकृया सुरु गर्न सक्नुपर्ने थियो तर किन गरेनन भनरे ट्रम्पले प्रश्न उठाएका छन ।
अब हाम्रो पालो आएको छ अमेरिकाले शान्ती स्थापना गराउनसक्ने छ भन्नेमा आशावादी रहेको उनले प्रष्टाए । रूस र अमेरिकाले युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नका लागि टोली नियुक्त गर्ने सहमति समेत जनाएका छन् ।
ट्रम्पले भने, ‘म अब धेरै आशावादी छु । उनीहरू धेरै राम्रो थिए । रूस केहि गर्न चाहन्छ । उनीहरू जंगली क्रूरता रोक्न चाहन्छन्।’
‘मलाई लाग्छ कि म यो युद्ध अन्त्य गर्न सक्ने शक्ति राख्छु, उनले भने।’ युक्रेनी युद्धमा युरोपका देशहरूले सेना पठाए अमेरिकाले समर्थन गर्ने समेत उनले बताएका छन ।