अमेरिकाले बिक्री गरेको हतियारको पहिलो खेप इजरायल पुग्यो



प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

अमेरिकाले बिक्री गरेको अत्याधुनिक हतियारको पहिलो खेप आइपुगेको इजरायलले बताएको छ । अमेरिकामा निर्मित ‘भारी’ बम को पहिलो खेप आइपुगेको इजरायलले बताएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एमके–८४ युद्धसामग्री इजरायललाई बिक्री गर्न सहमति दिएको थियो ।

इजरायलमा आइपुगेको हतियारले वायु सेना र आईडीएफ का लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

अमेरिकाले बिक्री गरेको हतियारको पहिलो खेप इजरायल पुग्यो

यसले इजरायल र अमेरिकाबीचको बलियो गठबन्धनको थप प्रमाणको रूपमा काम गर्दछ,” रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ट्रम्प प्रशासनले फेब्रुअरीमा इजरायललाई ७ अर्ब ४० करोड अमेरिकी डलरभन्दा बढीको बम, क्षेप्यास्त्र र त्यससँग सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको थियो ।

इजरायलले सन् २०२३ को अक्टोबरमा गाजामा हमासविरुद्ध विनाशकारी आक्रमण सुरु गरेको थियो।

यस युद्धले गाजाको अधिकांश भागलाई तहसनहस पारेको छ । जसको परिणामस्वरूप त्यहाँको २४ लाख जनसङ्ख्याको अधिकांश हिस्सा विस्थापित भएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले विस्फोटक प्रदार्थको दुरूपयोग हुनसक्ने भन्दै इजरायलमा दुई हजार पाउन्डको बमको ढुवानीमा रोक लगाएको थियो ।

अमेरिकाले बिक्री गरेको हतियारको पहिलो खेप इजरायल पुग्यो

तर ट्रम्पले पदभार ग्रहण गरेपछि उक्त रोकलाई हटाउदै ढुवानीका लागि अनुमति दिएका थिए ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School