अमेरिकाले एक सेन्टको सिक्का अन्तिम पटक किन बनाउँदै होला ?



प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार

अमेरिकाले एक सेन्टको सिक्का अन्तिम पटक किन बनाउँदै होला ?

अमेरिकाले अन्तिम पटक १ सेन्टको सिक्का उत्पादन गर्न लागेको छ। फिलाडेल्फिया मिण्टले अन्तिम ब्याचका पेनीहरू तयार गर्नेछ। करिब २३० वर्षपछि अमेरिकाले १ सेन्टको सिक्का बनाउन रोक्न लागेको हो।

अधिकारीहरूका अनुसार यी सिक्काहरू केही समयसम्म चलनमा रहने भए पनि तिनको चरणबद्ध अन्त्य सुरु भइसकेको छ। पेनीहरू फेला पार्न कठिन हुँदै गएपछि व्यवसायीहरूले मूल्य समायोजन गर्न थालिसकेका छन्।

सरकारका अनुसार यो कदमले खर्च बचत गर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा यो योजना घोषणा गर्दा ‘एक पेनीकै हिसाबले भएपनि राष्ट्रको बजेटबाट फजुल खर्च हटाउने’ बताएका थिए।

अमेरिकाले एक सेन्टको सिक्का अन्तिम पटक किन बनाउँदै होला ?

तत्कालीन राष्ट्रपति अब्राहम लिङ्कनको तस्बिर अङ्कित यी पेनीहरू तामाको पत्रले लेपित जिङ्कबाट बनेका छन्। हाल एउटा सिक्का बनाउन करिब चार सेन्ट लाग्छ।

दशकअघिको तुलनामा यो मूल्य दोब्बरभन्दा बढी हो। अर्थ मन्त्रालयले पेनीको उत्पादन रोक्दा हरेक वर्ष करिब ५६ मिलियन डलर बचत हुने अनुमान गरेको छ।

सन् १७९३ मा पहिलो पटक उत्पादन सुरु भएको पेनी इलेक्ट्रोनिक कारोबारको बढ्दो प्रचलनका कारण अहिले अप्रासङ्गिक बन्दै गएको अधिकारीहरूको तर्क छ।

अर्थ मन्त्रालयका अनुसार हाल करिब ३०० बिलियन पेनी चलनमा छन्। तर, तीमध्ये धेरै पेनीहरू प्रयोगमा आउँदैनन्। सन् २०२२ को सरकारी अध्ययनअनुसार, सबै सिक्कामध्ये करिब ६० प्रतिशत — औसत अमेरिकी घरधुरीमा करिब ६० देखि ९० डलर — घरमै बचतको रूपमा थन्क्याइएका छन्।

रिचमन्ड फेडरल रिजर्भका अनुसन्धानकर्ताहरूको अध्ययनअनुसार यसले उपभोक्तालाई वार्षिक ५५ मिलियन डलर बढी खर्च गराउनेछ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।







Source link

Leave a Comment