अमेरिकामा हीटवेभको उच्च जोखिम, १२ करोड मानिस प्रभावित हुन सक्ने



प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

अमेरिकामा हीटवेभको उच्च जोखिम, १२ करोड मानिस प्रभावित हुन सक्ने

फोटो : रासस

अमेरिका र क्यानडामा भीषण गर्मीको लहरको जोखिम बढेको छ। अमेरिका र क्यानडाका विभिन्न क्षेत्रमा यस साता लामो समयसम्म भीषण गर्मीको लहर (हीटवेभ) रहने र थप तीव्र हुने मौसमविद्हरूले चेतावनी दिएका छन्।

अत्यधिक तापक्रम, उच्च आर्द्रता र रातको समयमा पनि गर्मी नघट्ने अवस्थाले स्वास्थ्य जोखिम बढाउने अनुमान गरिएको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार मंगलबारसम्म देशभर करिब १२ करोड मानिस अत्यधिक गर्मीको चेतावनी अन्तर्गत परेका छन्।

यो अवस्था अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) को सार्वजनिक बिदाको सप्ताहन्तसम्म जारी रहने सम्भावना छ।

उत्तरी छिमेकी क्यानडामा पनि मंगलबारदेखि गर्मीको लहर सुरु भएको छ। विशेषगरी ओन्टारियो प्रान्तमा तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

अमेरिकामा हीटवेभको उच्च जोखिम, १२ करोड मानिस प्रभावित हुन सक्ने

यसअघि युरोपमा पनि असामान्य रूपमा चाँडै सुरु भएको गर्मीको लहरले धेरै देश प्रभावित भएका थिए। त्यहाँ विभिन्न स्थानमा नयाँ तापक्रमले कीर्तिमान कायम गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गर्मीका कारण करिब १,३०० जनाको मृत्यु भएको छ। जर्मनीमा तापक्रम ४१.७ डिग्री सेल्सियस पुगेको थियो।

मौसमविद्हरूका अनुसार अमेरिकाको पूर्वी तटदेखि देशको मध्य भागसम्म फैलिएको ठूलो क्षेत्रमा गर्मीको लहरको प्रभाव पर्नेछ।

वायुमण्डलमा बनेको “हीट डोम” का कारण अत्यधिक तापक्रम उत्पन्न भएको हो। यसको प्रभाव बिहीबारसम्म मिडवेस्ट र मिसिसिपी उपत्यकामा सबैभन्दा बढी रहनेछ। त्यसपछि यो ओहायो उपत्यका र पूर्वी तटीय क्षेत्रमा फैलिँदै स्वतन्त्रता दिवसको सप्ताहन्तसम्म कायम रहने अनुमान छ।

प्रभावित क्षेत्रमा तापक्रम ३५ देखि ४०.६ डिग्री सेल्सियससम्म पुग्नेछ। उच्च आर्द्रताका कारण मानिसले महसुस गर्ने तापक्रम (हीट इन्डेक्स) भने ३८ देखि ४६ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसम सेवाले जनाएको छ।

बिहीबार र शुक्रबार दैनिक तापक्रमका पुराना कीर्तिमानहरू भंग हुन सक्ने तथा केही स्थानमा मासिक र सर्वकालीन उच्च तापक्रमसमेत कायम हुन सक्ने सम्भावना रहेको छ।

अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सकेसम्म बाहिर कम समय बिताउन, प्रशस्त पानी पिउन तथा वातानुकूलित स्थान वा कुलिङ सेन्टरको प्रयोग गर्न आग्रह गरेका छन्।

न्युयोर्क सहरका मेयर जोहरान मामदानीले गर्मी आपत्कालीन योजना लागू गर्दै बुधबारदेखि सहरभर सयौँ कुलिङ सेन्टर सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

त्यसैगरी, मिशिगन राज्यको डेट्रोइटमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएकाले स्थानीय प्रशासनले नागरिकका लागि वातानुकूलित एक दर्जनभन्दा बढी मनोरञ्जन केन्द्र खुला गरेको छ।

भीषण गर्मीका कारण केही फिफा विश्वकप खेलहरू खेलाडीहरूको सुरक्षाका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिइएको छ।

विश्व फुटबल खेलाडीहरूको संगठन “फिफप्रो” ले तोकेको सुरक्षित सीमाभन्दा माथि हीट इन्डेक्स पुग्न सक्ने भएकाले खेल सञ्चालनमा चुनौती देखिएको हो।

सबैभन्दा बढी गर्मी टेक्सासमा रहने अनुमान गरिएको छ। यसले ह्युस्टन र आर्लिङ्टनस्थित वातानुकूलित रंगशालामा खेल हेर्न आउने समर्थकहरूको आवतजावतमा बढी असर पार्न सक्छ।

जर्जियाको एटलान्टामा हुने इङ्गल्यान्ड र डिआर कङ्गोबीचको खेल पनि गर्मीबाट प्रभावित हुन सक्ने बताइएको छ।

क्यानडामा विशेषगरी ओन्टारियो प्रान्तमा बिहीबारसम्म अत्यधिक गर्मी कायम रहने अनुमान गरिएको छ। त्यहाँ तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।

टोरन्टोमा बिहीबार विश्वकपको एक खेल आयोजना हुँदैछ। सो दिन तापक्रम करिब ३५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।





Source link

Leave a Comment