अमेरिकामा पूर्व सूचना ‘लीक’ प्रकरण : ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारको बचाउ



प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य सुरक्षा जानकारी लीक भएको घटनामा आफ्नो टोलीको बचाउ गरेका छन ।

उनले यो विवादलाई संगठित प्रयास भएको आरोप समेत लगाएका छन । राष्ट्रपतिका उपलब्धिहरूबाट ध्यान अन्यत्र मोडनका लागि यो विषयको उठान गरिएको दावी ट्रम्पले गरेका छन ।

ट्रम्पले लीकको महत्त्वलाई कम गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जको बचाउ गरेका थिए । माइक वाल्ट्जले पाठ सिकेका छन् भन्दै उनले वाल्ट्ज एकजना राम्रो व्यक्ति हुन पनि ट्रम्पले भनेका छन ।

अमेरिकामा पूर्व सूचना ‘लीक’ प्रकरण : ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारको बचाउ

अमेरिकामा पूर्व सूचना ‘लीक’ प्रकरण : ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारको बचाउ

उनले जेफ्री गोल्डबर्ग ग्रुपमा समावेश हुनु गल्ती भएपनि यसले सुरक्षाका पूर्व सूचनामा असर नपुराएको दावी गरे । यस्तै अमेरिकी राष्ट्रिय खुफिया निर्देशक तुलसी गाबार्ड र सीआईए निर्देशक जोन राटक्लिफले ग्रुप च्याटमा गोप्य जानकारी नभएको दावी गरेका छन ।

सिनेटको सुनुवाइमा उनीहरुले च्याटमा कुनै पनि गोप्य जानकारी सेयर नगरिएको बताएका हुन । राटक्लिफ र गाबार्डका साथै सिग्नल ग्रुप च्याटमा उपराष्ट्रपति जेडी भान्स र व्हाइट हाउसका प्रमुख कर्मचारी सुसी वाइल्स पनि सामेल थिए ।

सिनेटका डेमोक्र्याट सदस्यहरूले क्याबिनेट सदस्यहरूलाई असक्षम भनेर आलाचना गरे । यो घटनाले अमेरिकालाई ठूलो धक्का पुर्याएको छ ।

संवेदनशील विषयलाई असुरक्षित नागरिक एपमा छलफल किन गरिएको भन्ने बारेमा प्रश्न उठाउदै मुद्धा समेत दायर गरिएको छ ।

एटलान्टिक म्यागजिनका सम्पादक जेफ्री गोल्डबर्गलाई १८ सदस्यीय ग्रुपमा सामेल गरिएपछि यो प्रकरण बाहिर आएको हो ।

अमेरिकामा पूर्व सूचना ‘लीक’ प्रकरण : ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारको बचाउ

ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीको च्याट एप लीकले अमेरिकालाई अचम्मित बनाएको छ । यो ग्रुप च्याटमा यमनका हुथी विद्रोही बिरुद्ध सुरु गर्न थालिएको आक्रमणका विषयमा कुराकानी भइरहेको थियो ।

अमेरिकाले यमनमा हुथी विद्रोही बिरुद्ध मार्च १५ मा हवाई आक्रमण गर्दा ५३ जनाको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूले इरानसँग समर्थित हूथी विद्रोहीहरूमाथि निशाना बनाएका थिए ।

हुथी विद्रोहीहरुले समुद्री व्यापार अबरोध गर्ने र इजरायललाई धम्की दिने गरेका अमेरिकाले आरोप लगाएको छ । राटक्लिफले च्याटमा कुनै विशिष्ट अपरेशनल जानकारी जस्तै हतियार, लक्ष्य वा समयहरूको बारेमा चर्चा नगरिएको बताएका छन ।

गाबार्डले पनि कुनै गोप्य जानकारी लिक नगरिएको दावी गरिन । उनीहरूले रक्षा मन्त्री हेगसेथलाई यो प्रकरणमा दोषी र जिम्मेवार ठहराएका छन ।

ग्रुप च्याटमा सेयर गरिएका संवेदनशील जानकारी धेरैजसो हेगसेथको एकाउन्टबाट आएको बताइएको छ । सिनेट डेमोक्र्याटहरूले गाबार्ड र राटक्लिफको कडा आलोचना गरेका थिए ।

कोलोराडोका माइकल बेनेटले च्याटमा संलग्न व्यक्तिहरूको कामको लापरवाही, अक्षमता र अमेरिकी गुप्तचर एजेन्सीहरूको अपमान भएको आरोप लगाए ।

जर्जियाका जोन ओसोफले यो घटनालाई लाजमर्दो भनेर टिप्पणी गरेका छन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School