अमेरिकामा जेटब्लू विमानको आकस्मिक अवतरण, १५ जना घाइते



प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार

अमेरिकामा जेटब्लू विमानको आकस्मिक अवतरण, १५ जना घाइते

अमेरिकामा जेटब्लूको विमानमा आकस्मिक रूपमा उचाइ घट्दा १५ जना घाइते भएका छन्। अधिकारीहरूले उनीहरूलाई अस्पताल भर्ना गर्नुपरेको बताएका छन्।

फ्लाइट कन्ट्रोलमा समस्या आएका कारण आकस्मिक रूपमा उचाइ घटेको जेटब्लू विमानले आपतकालीन अवतरण गर्नुपरेको हो। उक्त घटनामा बालबालिकासहित कम्तीमा १५ जना घाइते भएपछि अस्पताल भर्ना गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

यो विमान मेक्सिकोको क्यानकुनबाट न्यू जर्सीतर्फ जाँदै थियो। उडानको क्रममा विमानको उचाइ अचानक घटेपछि पाइलटहरूले तत्काल मेडिकल सहायता मागेका थिए।

अमेरिकामा जेटब्लू विमानको आकस्मिक अवतरण, १५ जना घाइते

अमेरिकामा जेटब्लू विमानको आकस्मिक अवतरण, १५ जना घाइते

अमेरिकी संघीय विमान प्रशासनका अनुसार विमानलाई ट्याम्पा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन रूपमा अवतरण गराइएको थियो। राडारको तथ्याङ्कअनुसार विमान सात सेकेन्डभित्र करिब १०० फिट तल झरेको थियो। अवतरणपछि ट्याम्पा विमानस्थलमा स्वास्थ्यकर्मीहरू तयार थिए।

जेटब्लूका अनुसार विमानमा “फ्लाइट कन्ट्रोल समस्या” भएको प्रारम्भिक जानकारी आएको छ। नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड (एनटीएसबी ) ले पनि घटनाबारे जानकारी पाएको बताएको छ, तर हालसम्म आधिकारिक अनुसन्धान सुरु गरेको छैन।

जेटब्लूका अनुसार विमानको पूर्ण रूपमा प्राविधिक परीक्षण गरिँदैछ। हालसम्म विमानले उचाइ किन घटायो भन्ने स्पष्ट छैन। उपलब्ध अडियोअनुसार पाइलटहरूले एयर ट्राफिक कन्ट्रोललाई “फ्लाइट कन्ट्रोल इश्यू” भएको जानकारी दिएका थिए।

एयरबस ए ३२० विमान ‘फ्लाई–बाइ–वायर’ प्रणालीमा आधारित हुन्छ, जसमा पाइलटको निर्देशन कम्प्युटरमार्फत् नियन्त्रण सतहमा पठाइन्छ। यस्ता प्रणालीमा सुरक्षाका लागि ‘रिडन्डेन्सी’ (दोहोरो जगेडा) हुन्छ।

तर, इतिहासमा यस्तै कम्प्युटर त्रुटिका कारण सन् १९९० तिर नर्थवेस्ट एयरलाइनको एक ए ३२० विमान पनि पाइलटको आदेश बिना १०० फिट तल झरेको थियो, जसको अनुसन्धान एनटीएसबीले गरेको थियो।

अमेरिकामा जेटब्लू विमानको आकस्मिक अवतरण, १५ जना घाइते

उडानमा रहेका १५–२० जनालाई उपचारका लागि अस्पताल पठाइएको थियो। ती सबैको अवस्था खतरामुक्त रहेको छ। अस्पतालले दुई बालबालिका र १२ वयस्कलाई सानो चोटपटकका साथ ट्याम्पा लगिएको र सबैलाई डिस्चार्ज गरिएको जनाएको छ।

यस वर्ष अमेरिकी हवाई यात्रामा दुर्घटना र आपतकालीन अवस्थाहरूको सङ्ख्या बढिरहेको छ। हालको सरकारी ‘शटडाउन’ (सरकारी काम ठप्प हुने अवस्था) का कारण एयर ट्राफिक कन्ट्रोलरहरूको अभावले पनि जोखिम बढाएको विज्ञहरूले चेतावनी दिएका छन्।





Source link

Leave a Comment