अमेरिकामा गोली लागेर घाइते नेशनल गार्ड सैनिकमध्ये एक जनाको मृत्यु



प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार

अमेरिकामा गोली लागेर घाइते नेशनल गार्ड सैनिकमध्ये एक जनाको मृत्यु

अमेरिकाको वासिङ्टन डी.सी.मा भएको गोली प्रहारबाट घाइते भएका दुई जना नेशनल गार्डका सदस्यमध्ये एक जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युको पुष्टि गर्दै अर्का एक जना नेशनल गार्ड सैनिकको गम्भीर अवस्थामा उपचार भइरहेको बताएका हुन्।

मृत्यु हुने नेशनल गार्ड सैनिक २० वर्षीया  साराह बेक्सट्रम हुन । २४ वर्षीय एन्ड्रू वोल्फको उपचार भइरहेको छ ।

दुवै जना बुधबार फरागट स्क्वायर नजिकै नजिकैबाट भएको गोली प्रहारबाट घाइते भएका थिए। प्रहरीले गोलीकाण्डका एक संदिग्ध २९ वर्षीय रहमानुल्लाह लकनवाललाई पक्राउ गरेको छ। उनी अफगान नागरिक हुन्।

अमेरिकामा गोली लागेर घाइते नेशनल गार्ड सैनिकमध्ये एक जनाको मृत्यु

राष्ट्रपति ट्रम्पले भनेका छन्, “वेस्ट भर्जिनियाकी साराह बेक्सट्रम, अत्यन्त सम्मानित, युवती र अद्भुत व्यक्तित्वकी, अहिले हामीसँग हुनुहुन्न।”

ट्रम्पले मृतकका अभिभावकहरूसँग पनि कुरा गरेको व्हाइट हाउसका अधिकारीले बताएका छन्।

साराह बेक्सट्रम जुन २६, २०२३ मा भर्ती भएकी थिइन्। त्यसपछि उनी वेस्ट भर्जिनिया आर्मी नेशनल गार्डको ८६३ औँ मिलिटरी पुलिस कम्पनी, १११औँ इन्जिनियर ब्रिगेडमा कार्यरत थिइन्।

एटर्नी जनरल प्याम बोन्डीले बेक्सट्रमले अमेरिकाको थ्याङ्क्सगिभिङ (धन्यवाद ज्ञापन) बिदाका बेला राजधानीमा स्वयंसेवा गर्न चाहेको बताएकी थिइन्।

वेस्ट भर्जिनिया नेशनल गार्डले बेक्सट्रम र वोल्फलाई अगस्तमा तैनाथ गरिएको पुष्टि गरेको छ।

नेशनल गार्ड सदस्यहरू आरक्षित बल हुन्। तिनीहरूलाई सैनिकको रूपमा सक्रिय गरिन्छ, तर सामान्यतया कानुन लागू गर्ने शक्ति वा गिरफ्तारी गर्ने अधिकार सीमित हुन्छ।

गोलीकाण्ड भएको ठाउँ नजिकै भएकोले थुप्रै कानुन प्रवर्तन अधिकारी तत्काल पुगेर घाइतेहरूको उपचार र संदिग्धलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।

प्रहरी स्रोतहरूले बताएअनुसार संदिग्धलाई नियन्त्रणमा लिँदा उनलाई पनि चार चोटि गोली लागेको थियो।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment