प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार

अमेरिकामा ट्रम्प प्रशासनले १९ देशबाट आएका व्यक्तिहरूलाई जारी गरिएका ग्रीन कार्डहरूको पुनः मूल्यांकन गर्ने घोषणा गरेको छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार १९ देशका नागरिकलाई दिइएका प्रत्येक ग्रीन कार्डको “पूर्ण र कडा पुनः परीक्षण” गरिने बताए।
युएससीआईएसले अफगानिस्तान, क्युबा, हाइटी, इरान, सोमालिया तथा भेनेजुएला लगायतका देशबाट अमेरिका आएर ग्रीन कार्ड लिएका व्यक्तिहरूको पुनः परीक्षण हुने बताएको छ। ग्रीन कार्ड पुनः परीक्षणमा पर्ने अन्य देशहरूमा बर्मा, चाड, कङ्गो गणतन्त्र र लिबिया पनि छन्।
यो घोषणा वासिङ्टन डी.सी.मा बुधबार दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाइएको घटनापछि आएको हो।
आरोपी रहमानुल्लाह लकनवाल सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी फौज फिर्तापछिको ‘अफगान विशेष सुरक्षा कार्यक्रम’ अन्तर्गत अमेरिका आएका थिए।
राष्ट्रपति ट्रम्पले उक्त गोलीकाण्डले राष्ट्रिय सुरक्षामाथि ठूलो खतरा देखाएको बताएका छन्।
एड्लोले सामाजिक सञ्जालमार्फत ग्रीन कार्ड पुनः परीक्षणबारे लेखे पनि उनले उक्त गोलीकाण्डको प्रत्यक्ष उल्लेख भने गरेका छैनन्। उनले देशको सुरक्षा र अमेरिकी जनताको संरक्षण सबैभन्दा प्राथमिक विषय भएको भन्दै अघिल्लो प्रशासनका ‘लापरवाहीपूर्ण पुनर्वास नीतिको मूल्य अहिले अमेरिकीहरूले तिरिरहनु परेको’ बताए।
पुनः परीक्षण कस्तो हुने भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन।
जुन महिनाको ह्वाइट हाउस प्रोक्लेमेसन (घोषणापत्र) ले विदेशी आतंकवादी तथा अन्य सुरक्षा जोखिमबाट जोगिन केही देशका नागरिकको प्रवेशमा प्रतिबन्ध वा कडाइ आवश्यक रहेको बताएको थियो।
त्यसमा व्यापार, विद्यार्थी तथा पर्यटन भिसा ओभरस्टे दर (म्याद नाघेर बस्ने) र सुरक्षा चिन्ता प्रमुख आधार भएको उल्लेख छ।
अफगानिस्तानमा पासपोर्ट वा नागरिक कागजात जारी गर्ने विश्वसनीय निकाय नरहेको बताइएको छ।
यसअघि गत हप्ता यही युएससीआईएसले जो बाइडेन प्रशासनअन्तर्गत स्वीकृत भएका सबै शरणार्थीहरूको पुनः परीक्षण गर्ने घोषणा गरेको थियो।
बुधबार नै अमेरिकाले अफगान नागरिकका सबै आप्रवासन निवेदनको प्रक्रिया स्थगित गरेको थियो।
युएससीआईएसले “सुरक्षा तथा भेरिफिकेशन प्रक्रिया पुनः समीक्षा नगरुन्जेलसम्म” यो रोक कायम रहने जनाएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
