जेनजी आन्दोलन र सुशासन खोजी : RajdhaniDaily.com


नेपालको राजनीतिक इतिहासमा विभिन्न कालखण्डमा जनआन्दोलन भए । त्यसमध्ये सबैभन्दा पहिलो २००७ सालको राणाविरोधी आन्दोलन, २०४६ को प्रजातान्त्रिक आन्दोलन, २०६२÷६३ को जनआन्दोलन थिए । यी आन्दोलनको साझा लक्ष्य थियो– सुशासन, समानता र न्यायको खोजीमा लडाइ“ । तर पछिल्ला वर्षको जेनजी आन्दोलन विशेष महŒव राख्छ । यो आन्दोलनले भ्रष्टाचार, नातावाद, अवसरको असमानता र सामाजिक सञ्जालमाथि नियन्त्रणविरुद्ध विद्रोह गर्दै सुशासनको नयाँ परिभाषा प्रस्तुत गरेको छ ।

जेनजी अर्थात् सन् १९९० को दशकको मध्यदेखि २०१० को दशकको सुरुमा जन्मेको पुस्ता आज विश्वव्यापी रूपमा राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको संवाहक बनिरहेको छ । जसमा ‘डिजिटल नेटिभ्स’का रूपमा सूचना र प्रविधिमा सहज पहुँचसाथ हुर्केको यो पुस्ता विश्वलाई एउटा नयाँ दृष्टिकोणबाट हेर्छ । परम्परागत राजनीतिक प्रणाली र शासकीय शैलीबाट आजित भएर, जेनजीले सुशासनको मागमा आधारित भएर विभिन्न आन्दोलनलाई जन्म दिएको छ । यी आन्दोलनको मूल ध्येय केवल नेतृत्व परिवर्तन होइन, बरु प्रणालीगत सुधारमार्फत पारदर्शिता, जवाफदेहिता र न्यायमा आधारित शासन व्यवस्था स्थापना गर्नु हो । जेनजीको परिभाषामा सुशासन नारामात्र होइन । यो एक यस्तो जीवन्त प्रणाली हो, जहाँ हरेक नागरिकका आवाज सुनिन्छ र सरकारी सेवा चुस्त, दुरुस्त र प्रभावकारी हुन्छन् ।

जेनजी आन्दोलनको पृष्ठभूमि अवलोकन गर्ने हो भने जेनजी पुस्ता सन् १९९७ देखि २०१२ बीच जन्मिएका पुस्ता, जो डिजिटल युगबीच जन्मे हुर्केका छन् । जुन आन्दोलनको कारण सरकारी निकायमा व्यापक भ्रष्टाचार, नातावाद र अवसरको असमान वितरण, सामाजिक सञ्जालमाथि प्रतिबन्ध, जनताका आवाज दबाउने प्रयास, आन्दोलनको स्वरूप, सडक प्रदर्शन, जुलूस, दंगा, सामाजिक सञ्जालमा अभियान र सरकारी कार्यालयमा प्रतिरोध रहेका हुन् ।

हालैका वर्ष नेपालमा जनताको आक्रोश, असन्तोष र परिवर्तन चाहनाले नयाँ प्रकारका नागरिक आन्दोलनको जन्म दिएको छ । त्यसमध्ये जेनजी आन्दोलन सबैभन्दा उल्लेखनीय, प्रभावशाली र व्यापक रूपमा फैलिएको आन्दोलनका रूपमा उदाएको छ । सन् २००० पछिको पुस्ता, जसलाई सामान्यतया ‘जनरेसन जेड’ भनिन्छ । डिजिटल युगमा हुर्किएको, विश्व परिवर्तन नजिकबाट बुझेको र पारदर्शिता एवं द्रुत सुधार चाहने पुस्ता हो ।

यही पुस्ताले नेपाली समाज, राजनीति, अर्थतन्त्र र शासन व्यवस्थामा देखिएका दीर्घकालीन अव्यवस्थाविरुद्ध आवाज उठाउँदै सुशासन स्थापना मुख्य उद्देश्य अघि सारेकाले यो आन्दोलन विशेष महŒव बोकेको छ । फलतः देशमा सुशासनका चुनौती नयाँ छैनन् । जसमा भ्रष्टाचार, ढिलासुस्ती, गैरजवाफदेही संस्कृति, राजनीतिक अस्थिरता, कानुनको कमजोर शासन, नातावाद, कृपाबाद, सेवा प्रवाहमा कमी, सार्वजनिक स्रोत दुरूपयोग, बेरोजगारी, प्रतिभा पलायनले दशकौंदेखि मुलुकको प्रगति रोक्दै आएको छ । यिनै समस्यालाई समाधान गर्दै न्याय, पारदर्शिता, जवाफदेहिता र जनमैत्री राज्य–व्यवस्था निर्माण गर्न जेनजी आन्दोलनका प्रमुख माग सुशासनसँग सीधा सम्बन्धित छन् ।

सुशासन अवधारणा भन्नाले राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता, समानता, विधिको शासन र नागरिक सहभागितालाई बुझिन्छ । यसमा पनि मुख्य मुख्य तŒवमा भ्रष्टाचार नियन्त्रण, विधिको शासन, मानवअधिकारको सम्मान, अवसरको समान पहुँच र पारदर्शी प्रशासन छन् । त्यसरी नै जेनजी आन्दोलनको पहिलो माग भ्रष्टाचार अन्त्य गरी राज्यको स्रोत र साधनलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्ने प्रवृत्ति रोक्ने रहेको छ । त्यसरी नै दोस्रोमा नातावादविरुद्ध लडाइँमा अवसर र पदमा समान पहुँच सुनिश्चित गर्नेखाले कदम चाल्नुपर्ने हुन्छ । त्यसरी नै तेस्रोमा सामाजिक सञ्जाल स्वतन्त्रतामा कुनै पनि नागरिक अभिव्यक्ति स्वतन्त्रता र सूचना पहुँचलाई अवरोध नगर्नेखाले हुनुपर्छ । त्यस्तै चौथामो ंजवाफदेहिताका साथ जनप्रतिनिधि र कर्मचारीले जनताप्रति उत्तरदायी हुने व्यवस्था हुनुपर्छ । र, पाँचौंमा पारदर्शिताका निर्णय प्रक्रियामा खुलापन अपनाउनुपर्छ ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनका उपलब्धि र चुनौती नियाल्दा सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा, प्रधानमन्त्रीको राजीनामा, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा चुनाव रहेका छन् । यो आन्दोलन हिंसात्मक रूप लि“दा अर्बौं क्षतिका साथै ७६ जनाको ज्यानसमेत गयो । अहिले संस्थागत सुधारमा ढिलाइ हुनुका साथै पुराना राजनीतिक संरचनाको प्रतिरोध भएको छ ।

जेनजी आन्दोलनले देखाएको बाटोमा सुशासन स्थापनाका लागि संस्थागत सुधारमा संवैधानिक निकायलाई स्वतन्त्र र सक्षम बनाइनुपर्छ । प्रशासनिक पारदर्शितामा ‘ई–गभर्नेन्स’ प्रणाली मजबुत बनाउनुपर्छ । नागरिक सहभागितामा नीति निर्माणमा युवा सक्रियता बढाइनुपर्छ । शिक्षा र चेतनामा सुशासन’bout जनचेतना अभिवृद्धि जरुरी छ ।

हालैका वर्ष नेपालमा जनताको आक्रोश, असन्तोष र परिवर्तन चाहनाले नयाँ प्रकारका नागरिक आन्दोलनको जन्म दिएको छ । त्यसमध्ये जेनजी आन्दोलन सबैभन्दा उल्लेखनीय, प्रभावशाली र व्यापक रूपमा फैलिएको आन्दोलनका रूपमा उदाएको छ । सन् २००० पछिको पुस्ता, जसलाई सामान्यतया ‘जनरेसन जेड’ भनिन्छ । डिजिटल युगमा हुर्किएको, विश्व परिवर्तन नजिकबाट बुझेको र पारदर्शिता एवं द्रुत सुधार चाहने पुस्ता हो ।

कानुनी सुधारमा भ्रष्टाचारविरुद्ध कडा कानुन निर्माण गर्नुपर्ने हुन्छ । जेनजी आन्दोलनको उदय कुनै आकस्मिक घटना होइन । यो दशकौंदेखि जम्मा भएको निराशा विस्फोट भएको हो । जसमा परम्परागत शासकीय प्रणालीले जन्माएका मूलभूत समस्या नै यो पुस्ताको असन्तुष्टिको मुख्य कारण हुन् । यसमा भ्रष्टाचार र नातावादमा सार्वजनिक पद दुरुपयोग, राजनीतिक संरक्षणमा हुने अनियमितता र आफ्ना मान्छेलाई मात्र अवसर दिने प्रवृत्तिले युवामा चरम निराशा पैदा गरेको छ । उनीहरू आफ्नो योग्यताभन्दा बढी ‘पहुँच र पावर’का आधारमा भविष्य निर्धारण हुने देखेर आक्रोशित छन् । अपारदर्शिता र गोपनीयतामा सरकारी निर्णय गोप्य राखिने, खर्च विवरण पारदर्शी नहुने र नागरिकलाई सूचना अधिकारबाट वञ्चित गरिने परम्पराले विश्वासको संकट निम्त्याएको छ ।

जेनजी हरेक प्रक्रियामा ‘अडिभिटेबल र ट्रान्सप्यारेन्ट’ शासन चाहन्छ । नीति निर्माणमा युवा सहभागिता अभावमा राजनीतिक नेतृत्वमा पुरानो पुस्ताको वर्चस्व र नीति निर्माण प्रक्रियामा युवाका अनुभव, दृष्टिकोण र आवश्यकतालाई पूर्ण रूपमा बेवास्ता गरिनु हो । यसले युवालाई शासन प्रणालीको हिस्सा नभई मतदाता वा विद्रोहको शक्तिमा सीमित गरेको छ । यसमा खासगरीकन अप्रभावी सेवा प्रवाहमा सरकारी कार्यालयमा झन्झटिलो प्रक्रिया, ढिलासुस्ती र सेवा लिनका लागि दलालको भर पर्नुपर्ने बाध्यताले डिजिटल पुस्तालाई सह्य भएको छैन ।

जेनजी आन्दोलन सुशासन खोजीको प्रतीक बनेको छ । सुशासन पारदर्शी, जवाफदेही, कानुनको शासनयुक्त र जनमुखी शासन प्रणाली हो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सुशासन अपेक्षा बढेको थियो । तर भ्रष्टाचार, नातावाद र स्रोत दुरुपयोगले जनविश्वास घट्दै गएको छ । जेनजी आन्दोलनले यही असन्तुष्टि सडकमा उतारेको हो । फलतः जनजीविका आन्दोलन केवल एक क्षणिक विद्रोह थिएन । यो नेपालमा सुशासनको नयाँ अध्याय लेख्ने प्रयास थियो । यो आन्दोलनले देखाएको छ कि सुशासन कुनै विदेशी अवधारणा होइन, यो नेपाली जनताको आधारभूत आवश्यकता पनि हो । जबसम्म राज्यले जनताको करको एकपैसा पनि दुरुपयोग गर्छ, जबसम्म घुस नदिई काम हुँदैन, जबसम्म भ्रष्टाचारीले उन्मुक्ति पाउँछन्, तबसम्म जेनजी आन्दोलनको भावना जीवित रहनेछ । जेनजी आन्दोलनले खोजेको सुशासन सरकारको सुशासन होइन, यो त राज्य र नागरिकबीचको नयाँ सामाजिक साझेदारी हो । यो आन्दोलनले एउटै सन्देश दियो ‘सुशासन हाम्रो अधिकार हो, कुशासन हाम्रो सहनशीलताको सीमा हो ।’ आन्दोलनले नेपाललाई एउटा अवसर दिएको छ । अब सुशासनको जग बसाल्ने कि फेरि अर्को जेनजी आन्दोलन सामना गर्ने ? निर्णय अब सत्ताको होइन, जनताको हो ।

जेनजी आन्दोलन नेपालको सुशासन खोजीको महŒवपूर्ण मोड हो । यो आन्दोलनले देखायो कि युवा पुस्ता निष्क्रिय छैन र कुशासन सहन तयार छैन् । तर, परिवर्तनका लागि शान्तिपूर्ण र संस्थागत आन्दोलन आवश्यक छ । सरकारले भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी र पारदर्शी नीति लागू गर्नुपर्छ । राजनीतिक दलले युवालाई नेतृत्व दिनुपर्छ । सुशासन खोजी निरन्तर प्रक्रिया हो । जेनजी आन्दोलनले दिएको सन्देश आत्मसात् गर्दै पारदर्शी, जवाफदेही र समावेशी शासनतर्फ अघि बढ्नुपर्छ । यो पुस्ताको ऊर्जालाई सकारात्मक दिशातर्फ मोड्न सकेमात्र नयाँ नेपालको सपना साकार हुनेछ । अन्यथा, आन्दोलन दोहोरिरहनेछन् र विकासको गति अवरुद्ध हुनेछ ।

जेनजी आन्दोलन विद्रोहमात्र होइन, यो सुशासनको खोजीमा नवपुस्ताको आवाज हो । यसले नेपालमा लोकतन्त्र बलियो बनाउन, भ्रष्टाचार अन्त्य र पारदर्शी प्रशासन स्थापना गर्न मार्ग प्रशस्त गरेको छ । यदि माग संस्थागत सुधारमार्फत कार्यान्वयन गरियो भने नेपालले दीगो सुशासन र समृद्धिको यात्रा तय गर्न सक्छ ।

जेनजी आन्दोलन कुनै प्रहरी, अदालत वा नेताको आलोचनामात्र गर्ने होइन । यो सुशासन, पारदर्शिता, जवाफदेहिता र न्यायपूर्ण राज्यको खोज पनि हो । जुन राष्ट्रले दशकौंदेखि भोगिरहेको कुप्रशासन, भ्रष्टाचार, अव्यवस्था, ढिलासुस्ती र असमान अवसर अन्त्य गर्दै सक्षम, पारदर्शी, आधुनिक र जनकेन्द्रित शासन प्रणाली निर्माण गर्नु नै यो आन्दोलनको मूल लक्ष्य हो ।

यदि जेनजी आन्दोलनले उठाएका सुशासनका माग कार्यान्वयन भए नेपालले आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा नयाँ युगको सुरुवात गर्नेछ । यसले भविष्यका पुस्तालाई स्थिर, समृद्ध र न्यायपूर्ण राष्ट्र हस्तान्तरण गर्न मद्दत गर्नेछ ।
(लेखकको यो निजी विचार हो ।)

(Visited 18 times, 1 visits today)





Source link

Leave a Comment